सूचि दर्ता गर्ने सम्बन्धी सूचना

Child Development Society

Details / requirements:

सूचि दर्ता गर्ने सम्बन्धी सूचना

प्रकाशित मितिः २०८२/१०/२३

बाल विकास समाजलाई वर्ष सन् २०२६ लाई आवश्यक पर्ने तपशिल बमोजिमका वस्तु तथा सेवा उपलब्ध गराउन इच्छुक ईजाजत पत्र प्राप्त फर्म/कम्पनी/संस्था तथा व्यक्तिबाट सूचिदर्ता गर्नका लागि यो सूचना प्रकाशित गरेको छ । सम्बन्धित कागजातहरुः- संस्था/फर्म दर्ता (नविकरण/म्याद थप सहित), मुल्य अभिवृद्धि करदर्ता/प्यान दर्ता, कर चुक्ता  प्रमाण पत्र लगायत व्यक्ति/संस्था/फर्मको सम्बन्धित कागजातसहित आफ्नो कारोवारको व्यहोरा उल्लेख गरी उपलब्ध गराइएका फारमहरु भरी तल दिइएको Link मा अनलाइन विवरण पेश गर्नुहुन अनुरोध गरिन्छ । 

कृपया पेश गर्न आवश्यक पर्ने कागजातहरु यस लिंकबाट डाउनलोड गर्नुहोला । [Please download the documents that need to be attached while submission from this link] Link:  Policies and documents

विवरण
निवेदन पेश गर्नको लागि Link

Registered Goods/Service Provider

(रजिष्टर्ड वस्तु तथा सेवा प्रदायक-कम्पनी/संस्था)

Individual Consultants

(व्यक्तिगत परामर्शदाता)

आपूर्तिकर्ता सूचीदर्ता फारम-बाल विकास समाज 

[Supplier Registration Form-CDS]

वस्तु तथा सेवा सम्बन्धि तपशिलः

क्र.सं.
विवरण
क्र.सं.
विवरण

कार्यालय/संस्थाको आवश्यक मसलन्द/स्टेशनरी सामग्री/पाठ्यपुस्तक सामग्री
१४
विभिन्न किसिमका छपाई र प्रिन्ट सम्बन्धी कामहरू

खाद्यान्न सामग्री (पानी जारसहित),
१५
फर्निचर, फर्निसिङ्ग तथा सजावट सम्बन्धी सामाग्रीहरु

किचेन सामग्री (भाडाकुँडा, ग्याँससहित)
१६
गैरखाद्य राहत सामाग्री (ब्लाङ्केट, लत्ताकपडा, झुल, कम्बल, त्रिपाल, सिरानी, कार्पेट, पि  फर्म लगायतका)

बालबालिकाका लागि खेलौनाका सामग्री र बाल पुस्तिका/शिक्षण सिकाई सामग्री
१७
निर्माण तथा जडानका सामाग्री आपूर्ति र सेवा प्रदान (हार्डवयर, प्लम्बीङ्ग तथा खानेपानी सम्बन्धी कार्य गर्ने)

फलफुल तथा तरकारी-दुध, मासुसहित
१८
गाडी भाडामा लिने सम्बन्धमा (उपत्यका भित्र र बाहिरका लागि), हवाई टिकट, Travel & Ticketing

विद्यालय पोशाक, व्याग, स्वीटर, छाता, रैनकोट तथा रेडिमेड कपडा र जुत्ता (लेदर र कपडाको)
१९
होटल सेवा- Lodging Fooding, Training Hall (residential and non-residential package), खाजा र खानाको व्यवस्था र डेलीभरी सुविधासहित क्याटरिङ्ग सर्भिस,

विभिन्न साइजका अभ्यास पुस्तिका/कापी फ्लेक्स होर्डिङ्ग बोर्ड स्टिकर (छपाई बिना र छपाइसहित),
२०
सिपमुलक तथा व्यवसायिक प्राविधिक तालिम (residential/non-residential)

पशुपंक्षी र पशुपंक्षी पालनका लागि आवश्यक खाद्य, अखाद्य बस्तु तथा सेवा आपूर्ति
२१
व्यवसायिक सिप सम्बन्धी औजार/सामग्रीहरु जस्तै सिलाइकटाइको मेसिन र अन्य सामग्री  साथै विउबिजन र कृषिऔजारहरु

पशुपंक्षी पालन/भेटेनरी सेवा तथा औषधी उपचार र तालिम व्यवस्थापन
२२
Bulk SMS, विज्ञापन (पत्रपत्रिका, online) रेडियो कार्यक्रम, भिडियो, जिङ्गल, PSA/टेलिभिजन कार्यक्रम उत्पादन/प्रशारण, Website/apps develop and update  र इन्टरनेट सेवा उपलब्ध गराउने
१०
सामग्री ढुवानी/कार्गो /कुरियर सेवा
२३
सन्देशमूलक सामाग्री प्रिन्ट, लोगो/टिसर्ट/व्याग/क्याप प्रिन्ट सम्बन्धी
११
परामर्श (Consultancy) सेवा (व्यक्तिगत तथा संस्थागत-Capacity building facilitation on DRR/Climate Change/Child Protection/Program Managment/Social protection schemes/Health screening technician/Child profile/CFLG/ Child Labour/ research/survey/IEC materials development/motivational speaker/most significant change story/case story/ Data collection & other service
२४
विद्युतीय उपकरण आपूर्ति (फोटोकपि मेसिन, प्रिन्टर, कार्टेज, ल्यापटप, कम्प्यूटर, माउस (desktop) फोन सेट, हार्डड्राइभ, वायरिङ्ग, भ्याकुम क्लिनर आदि...)
१२
मानवीय औषधीहरु, स्वास्थ्य सम्बन्धी सामग्री तथा उपकरण
२५
विद्युतीय उपकरण मर्मत सेवा सम्बन्धी
१३
स्वास्थ्य/दुर्घटना/जीवन र अन्य बिमा सेवा प्रदान
२६
मोटरसाइकल मर्मत, सर्भिसिङ्ग तथा बिमा सेवा 

अनलाइन विवरण पेश गर्ने क्रममा केही समस्या भएमा बाल विकास समाजको कार्यालय, बूढानीलकण्ठ-१२ कपन, काठमाडौं (सम्पर्क नं.०१-४८२०९३८,9801240398) वा शाखा कार्यालय कीर्तिपुर–१, कलंकी/खसीबजार वा procurement_committee@cds.org.np मा सम्पर्क गर्न सकिनेछ ।

पेश गर्नुपर्ने अन्तिम मिति: आगामी फागुन १६, २०८२ – (February 28, 2026)

नोटः रितपूर्वक समयमा र सम्पूर्ण फारमहरु भरी पेश गरिएको निवेदन मात्र आवश्यक खरीद प्रक्रियामा समावेश गरिनेछ । सूचिकरण/छनौट प्रक्रिया बाल विकास समाजमा नीहित रहनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 06 Feb, 2026
Apply Before 28 Feb, 2026
City