सूची दर्ता गर्ने सम्बन्धी सूचना
Details / requirements:
सूची दर्ता गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८२ श्रावण २१
आकाशा प्रतिष्ठान सबै युवाहरू—विशेष गरी महिलाहरूको क्षमता, आत्मनिर्भरता र सुन्दर भविष्यमा विश्वास गर्छ । प्रत्येक दिन हामी नेपालको गाउँ तथा शहरहरूमा युवाहरूलाई स्वास्थ्य, वातावरण र जीवन सीपसम्बन्धी शिक्षाको माध्यमबाट सक्षम बनाउने काम गर्छौँ । हामी शिक्षा, स्वास्थ्य, र वातावरणलाई जोड्दै व्यवहारिक तालिम र समावेशी कार्यक्रमहरू सञ्चालन गर्छौँ ताकि सहभागीहरूले आफ्नो जीवन र समाजमा सकारात्मक परिवर्तन ल्याउन सकून्।
आकाशा प्रतिष्ठान, नेपाल अन्तर्गत काठमाडौँको शिवपुरी क्षेत्र नजिकै सञ्चालनमा रहेको केन्द्रमार्फत शिक्षा, स्वास्थ्य सेवा, तालिम कार्यक्रम, सामुदायिक सचेतना तथा वातावरणीय संरक्षणमा आधारित कार्यक्रमहरू सहज, समावेशी र प्रभावकारी ढंगले सञ्चालन गर्दै आएको छ । यस प्रतिष्ठानले सहकार्य गर्ने हरेक व्यक्ति, संस्था तथा सहभागीहरूले सार्वभौमिक नैतिकता, करुणा, जिम्मेवारी र सुरक्षित वातावरण कायम राख्ने प्रतिबद्धता जनाउनुपर्ने अपेक्षा राख्दछ ।
आकाशा प्रतिष्ठानका विभिन्न तालिम, स्वयंसेवी तथा सहयोग कार्यक्रमहरूमा सहभागी हुन, सेवा वा सामग्री आपूर्ति गर्न तथा सहकार्यका लागि सूचीकरणमा दर्ता हुन इच्छुक ईजाजत प्राप्त दर्तावाला व्यक्ति, संस्था, कम्पनी वा फर्महरूलाई यो सूचना प्रकाशित गरिएको छ । यस सूचनाको प्रकाशन मितिले १५ (पन्ध्र) दिनभित्र इच्छुक सेवा प्रदायकहरूले निवेदन पत्र तथा आवश्यक कागजातहरू सहित दर्ता गराइ दिनुहुन अनुरोध गरिन्छ ।
आवश्यक सामाग्री तथा सेवाहरुको वर्गीकरण
१. Office Supplies, Stationaries and Utilities (कार्यालय सामग्री, स्टेशनरी, र सुविधा सामग्री) | १६. Cargo & Courier Services (कार्गो तथा कुरियर सेवा) |
२. Furniture and Decoration / Furnishing Related Materials (फर्निचर तथा सजावट/फर्निसिङ सम्बन्धी सामग्रीहरू) | १७. Advertising Agency – Digital and Print (विज्ञापन एजेन्सी – डिजिटल र छापा) |
३. Computer, Printers and Accessories (कम्पुटर, प्रिन्टर तथा अन्य सुचना प्रविधि सम्बन्धि सामाग्रीहरू– टोनर, हार्डड्राइभ, पेनड्राइभ आदि | १८. Health related materials / Equipment (स्वास्थ्य सम्बन्धी सामाग्री) |
४. Maintenance Service for Computer and other Electrical & Electronic Equipment (कम्पयुटर, तथा अन्य विधुतीय सामाग्रीहरू/उपकरण मर्मत तथा संभार सेवा ) | १९. Non-Food Relief Items Supply: Shelter, Search and Rescue, WASH, Child Protection, and Education (अखाद्य राहत सामग्री आपूर्तिः आश्रय, खोज तथा उद्धार, पानी, सरसफाइ तथा स्वच्छता (ध्ब्क्ज्), बाल संरक्षण, र शिक्षा) |
५. Vehicle/motorcycle Sales, Spare Parts and Repair & Maintenance (सवारी साधन अतिरिक्त पार्टपूर्जा र मर्मत संभार) | २०. Child-Related Books and Publications (बालबालिकासँग सम्बन्धित किताबहरू र प्रकाशनहरू) |
६. Electrical and Electronic Goods (विधुतीय सेवा तथा विधुतीय उपकरण/सामग्रीहरू) | २१. Supply of Drinking Water (पिउने पानी आपुर्ती) |
७. Offset Press and Printing works (प्रेस तथा छपाई कार्य) | २२. Photocopying and Flex Print (फोटोकपी तथा फलेक्स प्रिन्ट) |
८. Transportation & Vehicle Hiring (Car, Jeep, cargo vehicle, Truck, and Tractor) (यातायात र सवारी साधन भाडामा (कार, जिप, कार्गो सवारी, ट्रक, र ट्र्याक्टर) | २३. Visibility, Promotion Items (T-shirt, cap, bag, pen, copy, jacket) (प्रचार तथा प्रवर्द्धन सामग्री (टि–शर्ट, टोपी, झोला, कलम, कापी, ज्याकेट)) |
९. Hotel Services (होटेल सेवा) | २४. Consultancy Services, परामर्श सेवाहरू |
१०. Generator Servicing (जेनेरेटर मर्मत तथा संभार सेवा) | २५. Food Package Services (खाजा/भोजन प्याकेज सेवा) |
११. WASH Construction Materials (खानेपानी, सरसफाइ र सरसफाइ व्यवस्थापन (WASH) सम्बन्धि निर्माण सामग्री) | २६. Fruits, Vegetables and Meat Items (फलफुल, तरकारी तथा मासुजन्य पदार्थ) |
१२. Battery, UPS, and inverter system (ब्याट्री, युपिएस र इन्वर्टर सिस्टम ) | २७. Office Groceries (कार्यालयका किराना सामग्रीहरू) |
१३. IT Related Equipment's Parts, and Servicing (Laptops, keyboard, mouse, cartage) (आईटी सम्बन्धित उपकरणका पुर्जा र मर्मत सेवा (ल्यापटप, किबोर्ड, माउस, काट्र्रिज)) | २८. Educational Materials – For Early Childhood Development Centers and Special Education Learning Resources (शैक्षिक सामग्री – शिशु विकास केन्द्र तथा सांकेतिक शिक्षण सिकाई सामाग्रीहरू) |
१४. Electrician, Mason, Plumbing and carpentering (इलेक्ट्रीसियन, मेसन, प्लम्बिङ, तथा डकर्मी, सेवा) | २९. Sports, Exercise, Fitness Equipment & Yoga Equipment (खेलकुद, व्यायाम, फिटनेस र योग उपकरण) |
१५. Agriculture equipment and products (कृषिजन्य सामाग्री तथा विउ विजन ) | ३०. Fuel Provider (इन्धन आपूर्तिकर्ता/पेट्रोल पम्प) |
दरखास्त फारम साथ पेश गर्नु पर्ने कागजातहरू
निवेदन पत्र पूर्ण रूपमा भरि, छाप र दस्तखत गरी, निम्न लिखित कागजातहरू procurement@akasha–academy.org मा इमेल गरेर वा आकाशा प्रतिष्ठानको मुख्य कार्यालय, बौद्ध–६, काठमाडौं वा फिल्ड कार्यालय, सुन्ताखान–३, गोकर्णेश्वरमा पठाउन अनुरोध गरिन्छ ।
१. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी
२. स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
३. २०८०/२०८१ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
४. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि – प्रोपराईटर/कम्पनी
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 07 Aug, 2025 |
Apply Before | 21 Aug, 2025 |
City | Kathmandu |