सूचि दर्ता गर्ने बारेको सूचना

JWAS Nepal

JWAS-Nepal is a non-government and non-profit making social organization which works to uplift the standard of living for the women, children and other marginalized people of rural community and to improve their economic, health and social conditions by proper mobilization of local resources with community participation. It was established in 2050 B.S. (1993A.D.) in Dhanusha District. The organization was founded and is operated by a group of women social workers.

Details / requirements:

सूचि दर्ता गर्नेबारेको सूचना

सूचना प्रकाशित मिति: २०८३।०३।२९ गते

जानकी महिला जागरण समाज (JWAS) का लागि आगामि आर्थिक वर्ष २०८३।०८४ मा यस कार्यालयलाई आवश्यक पर्ने तपशिलका विभिन्न वस्तु तथा सेवाहरू पटक पटक खरिद गर्नु पर्ने भएकाले सो वस्तु तथा सेवाहरू उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त गरेका संस्था, व्यक्ति, फर्म वा कम्पनीहरूले निवेदनका साथ आफ्नो फर्म दर्ता तथा कर चुक्ता गरेको प्रमाण पत्रका प्रतिलिपिहरू सम्बन्धित फर्मको आधिकारिक व्यक्तिवाट प्रमाणित गराई यो सूचना प्रकाशित भएको मितिले ०७ (सात) दिन भित्र यस संस्थाको आर्थिक प्रशासन नियमावली २०६२ को परिधिमा रहने गरी मौजुदा सूची (Standing List) मा दर्ता हुन पाऊँ भनी यस कार्यालयको लेखा तथा प्रसाशन शाखामा निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । आवेदकहरूलाई मौजुदा सूचीमा समावेश गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।

तपशिल:

  • स्टेशनरी तथा कार्यालय सञ्चालन सम्बन्धी विभिन्न सर सामानहरू
  • प्रिन्टिङ्ग, बाइन्डिङ्ग तथा छपाई तथा विज्ञापन प्रकाशन सम्बन्धी विभिन्न कार्यहरू
  • कार्यालयलाई आवश्यक फर्निचर, फर्निसिङ सप्लाई तथा मर्मत सम्बन्धी कार्यहरू
  • कम्प्युटर, विद्युतिय सरसामान उपकरण सप्लाई तथा मर्मत सम्बन्धी कार्यहरू
  • साना तथा मझौला सवारी साधन भाडामा लिने
  • जारको पिउने पानी आपूर्ति सेवा
  • साइकल, मोटर साइकल र जिप मर्मत र सो सम्बन्धी पाटपुर्जाहरू
  • कार्यालय भवनको सानोतिनो मर्मत र  रङ्गरोगन सम्बन्धी कार्यहरू
  • चिठीपत्र ढुवानी सम्बन्धी कुरियर सेवा
  • कार्यशाला, अभिमुखिकरण, तालिम सञ्चालन सहजिकरण, सर्वेक्षण तथा अनुगमनका लागि परामर्श सेवा
  • अन्य फुटकर तथा मसलन्द सरसामानहरू
  • राहत तथा उद्धार सामग्री सप्लाई कार्य
  • कम्प्युटर सफटवेयर तथा प्रोग्रामहरू
  • साईकल र सिलाई मेसिन सेट
  • टि–सर्ट, ब्याग, छाता, क्याप, विन्डचिटर आपूर्ति सम्बन्धी कार्यहरू
  • पशुपालन  तथा पशुपालन गरी विक्री गर्ने कृषी फर्महरू सम्बन्धि कार्य
  • किराना सामग्रीहरू
  • तालिम गोष्ठि सञ्चालनका लागि हल भाडा, क्याटरिङ्ग, आवासको लागि होटल आदि सम्बन्धि सेवाहरू
  • विविधि सामाग्रीहरू आपुर्ति गर्ने जनरल अडर सप्लायर्स सम्बन्धि सेवा
  • रु.१६,००,००० (सोह्र लाख) सम्मको निर्माण तथा मर्मत सँहार कार्य

इच्छुक आवेदक फर्म, कम्पनी वा व्यक्तिले माथि उल्लेखित कागजातहरू संलग्न गरी निर्धारीत मिति भित्र यस संस्थाको कार्यालयमा आवेदन पेश गर्नु पर्ने छ । 

सम्पर्कका लागि ठेगाना: जानकी महिला जागरण समाज (JWAS), जनकपुरधाम ४, कटैयाचौरी जानेबाटो, धनुषा ।

इमेलः jwas@ntc.net.np, jwasnepalngo@gmail.com

फोन नं: ०४१-५९१९५०