फिल्ड सहायक (Field Assistant)
Details / requirements:
कर्मचारीको आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति: २०८०/०८/२१
LIVELIHOODS FUNDS को आर्थिक सहयोग तथा प्राक्टिकल एक्सन नेपालको साझेदारीमा सामाजिक रुपान्तरण तथा मानविय सहायता संघ (आस्था) नेपालले सुदुरपस्चिम प्रदेशको अछाम (तुर्माखाँद गा.पा., ढकारी गा.पा., चौरपाटी गा.पा., मेल्लेख गा.पा., रामारोसन गा.पा., वान्नीगढ जयगढ गा.पा. र पञ्चदेवल विनायक न.पा.), डोटी (पुर्बिचौकी गा.पा., आदर्श गा.पा., सायल गा.पा., के.आई.सिंह गा.पा., बडीकेदार गा.पा., बोगटान फुडसिल गा.पा., जोरायल गा.पा.) डडेल्धुरा (अजयमेरु गा.पा., नवदुर्गा गा.पा., गन्यापधुरा गा.पा., भागेश्वर गा.पा., आलिताल गा.पा., अमरगढी न.पा) र बैतडी (सिगास गा.पा., सुर्नया गा.पा., पञ्चेश्वर गा.पा., शिवनाथ गा.पा., दोगडाकेदार गा.पा. र डिलासैनी गा.पा.) मा Transforming The Cook Stove Market in Nepal (TTCM) परियोजना संचालन गरीरहेको छ । परियोजनाले स्वच्छ चुलो प्रयोग तथा प्रवद्र्धनमा सहजीकरणको माध्यमबाट कार्बन उत्सर्जन न्युनिकरणमा योगदान गर्ने अपेक्षा राखेको छ । यस परियोजना कार्यान्वयनका लागि डडेल्धुराको लागि निम्नानुसारका कर्मचारी आवश्यक रहेकोले यो सूचना प्रकाशित भएको मितिले ५ (पाच) दिन भित्र तल उल्लेखित न्युनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिहरुले आफ्नो आवेदन पत्र र बायोडाटा यस संस्थाको ईमेल astha.vacancy@gmail.com पेश गर्न सक्नुहुनेछ ।
पद: फिल्ड सहायक
१. डडेल्धुरा जिल्लाको लागि आवश्यक १ जना (अजयमेरु गा.पा. र भागेश्वर गा.पा.को लागि १ जना)
आवश्यक न्युनतम शैक्षिक योग्यता र अनुभव: १०+२ वा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरी सामाजिक परिचालनका क्षेत्रमा २ बर्षको अनुभव भएको ।
दरखास्त दिने अन्तिम मिति: २०८०/०८/२५
पारिश्रमिक: कार्यक्रमको नियमानुसार
परिक्षाको किसिम: लिखित र अर्न्तवार्ता
नोट: माथि आवश्यक संख्या उल्लेख भएकै स्थानिय तहहरु व जिल्लामा स्थायी बसोबास भएका स्थानिय महिला दलित तथा जनजाती उम्मेदवारलाई प्राथमिकता दिईने छ । उन्नत चुलो प्रबद्र्धनको क्षेत्रमा काम गरेको साथै मोटरसाइकल सवारी चालक अनुमती पत्र भएको उम्मेदवारलाई विषेश ग्राहयता दिईनेछ ।। संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य गरिएमा सम्बन्धित उम्मेदवारलाई स्वत: अयोग्य ठहर गरिने छ ।
थप जानकारीका लागि: www.asthanepal.com.np
Overview
Category | Development and Project, Development / NGO |
Openings | 1 |
Position Type | Full Time |
Experience | 2 Years |
Education | Intermediate (10+2) |
Posted Date | 07 Dec, 2023 |
Apply Before | 11 Dec, 2023 |
City | Dadeldhura |