पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना र संरक्षण– सामुदायिक संलग्नता बाल प्रायोजन कार्यक्रम
Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.
Details / requirements:
सूचना सूचना सूचना
ग्रामिण विकास केन्द्र नेपाल
वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र ग्रामिण विकास नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना र संरक्षण– सामुदायिक संलग्नता बाल प्रायोजन कार्यक्रम (NRLTP,P-CESP) परियोजना समापन सम्बन्धमा
प्रथम पटक प्रकाशित मितिः २०८२/५/१८ गते
ग्रामीण विकास केन्द्र नेपाल Rural Development Centre (RDC) Nepal, मधेश प्रदेश को रौतहट जिल्लामा दर्ता भई विगत २३ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूसँगको समन्वय सहकार्यमा विपद व्यवस्थापन, बाल संरक्षण, शिक्षा, जीविकोपार्जन, खानेपानी स्वास्थ्य तथा सरसफाई, जलवायू परिवर्तन, प्रकृति स्रोत साधन व्यवस्थापन, सुशासन, सामाजिक परिचालन, लघु उद्यम विकास जस्ता कार्यहरूमा सुदृढीकरण तथा समाजिक सुशासन दिगोपना बढाउने हेतुले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई, सहयोग गर्न विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आइरहेको छ । यस संस्थाले सञ्चालन गर्दै आएको परियोजनाहरू मध्ये वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र ग्रामिण विकास नेपालको सहकार्यमा गरुडा नगरपालिका र माधवनारयण नगरपालिकामा सञ्चालित पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना र संरक्षण– सामुदायिक संलग्नता बाल प्रायोजन कार्यक्रम (NRLTP, P-CESP) परियोजना कार्याव्यन गरि सफलतापूर्वक सम्पन्न गरेको छ । परियोजना लागु गर्न तथा सफल बनाउनको लागि सहयोग गर्नु हुने प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, अन्य सरकारी कार्यालयहरू, गरुडा नगरपालिका प्रमुख तथा प्रतिनिधिहरू, माधवनारायण नगरपालिका प्रमुख तथा प्रतिनिधिहरू, सम्पूर्ण महानुभावहरू, सुरक्षा निकाय, संचार माध्यम, बालबालिकाहरू, अभिभावकहरू साथै अन्य साझेदार निकायहरूको सक्रिय सहभागिता तथा सहयोगका निम्ति ग्रामीण विकास केन्द्र नेपाल आभारी छ ।
यस परियोजना अवधिमा हाल सम्म सञ्चालन र सम्पन्न भएका गतिविधिहरूको प्रतिवेदन छिट्टै सम्बन्धित निकायहरूमा पेश गरिनेछ । हाल चालु रहेको गतिविधिहरू ३० सेप्टेम्बर २०२५ (असोज १४, २०८२) सम्म समापन गरेर हामीले सेवा प्रदान गर्ने समुदायप्रति हाम्रो जवाफदेहिता सुनिश्चित गर्नेछौँ भन्ने कुरा यसै सूचना मार्फत हामी तपाईलाई जानकारी गराउन चहान्छौँ ।
साथै, यसै सूचना मार्फत परियोजनासँग सम्बन्धित सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान भइ भुक्तनी चुक्ता वा फर्छ्यौट भईसकेको जानकारी गराउन चाहान्छौँ । यदि कुनै संस्था वा व्यक्तिसँग परियोजनासँग सम्बन्धित सेवा वा वस्तु वापतको हिसाब मिलान र भुक्तनी हुन बाँकी भए, यस सुचनालाई आधार मानी पहिलो पटक सूचना प्रकाशित भएको मितिबाट १० दिन भित्र दाबी गर्न आउन अनुरोध गर्दछौँ । म्याद नाघी आएको दाबी उपर यस संस्था वा संस्थाको साझेदार संस्थाहरू जवाफदेही हुन असमर्थ हुने व्यहोरा यसै सूचना मार्फत अवगत गराउँदछौँ ।
धन्यवाद !
यस सम्बन्धमा केहि सल्लाह तथा सुझाव भएमा ग्रामीण विकास केन्द्र नेपालका कर्मचारी वा फोन नं ०५५-५४०२०३ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
थप जानकारीका लागि:
ग्रामीण विकास केन्द्र नेपाल, चन्द्रपुर ०४,रौतहट
फोन नं ०५५—५४०२०३
बेटी पढाउ बेटी बचाऔँ । नेपाली जुटौँ बालविवाह रोकौँ ।
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 03 Sep, 2025 |
Apply Before | 30 Sep, 2025 |
City | Rautahat |