पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL) परियोजना आ.व २०२४/०२५ समापन सम्बन्धमा

Rastriya Rojgar Prawardhan Kendra RRPK

Details / requirements:

सूचना सूचना सूचना

वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र (RRPK) को सहकार्यमा सञ्चालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL) परियोजना आ.व २०२४/०२५ समापन सम्बन्धमा ।

प्रथम पटक प्रकाशित मितिः २०८२//०६ गते

राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द (RRPK), सर्लाही जिल्लामा दर्ता भई विगत २० वर्ष देखि संचालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूसँगको समन्वय सहकार्यमा बालबालिका तथा महिला संरक्षण, शिक्षा, जीविकोपार्जन, खानेपानी स्वास्थ्य तथा सरसफाई, विपद व्यवस्थापन, जलवायू परिवर्तन, प्राकृतिक स्रोत साधन व्यवस्थापन, सुशासन, सामाजिक परिचालन, लघु उद्यम विकास जस्ता कार्यहरूमा सुदृढीकरण तथा समाजिक सुशासन दिगोपना बढाउने हेतुले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई, सहयोग गर्न विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आइरहेको छ । यस संस्थाले सञ्चालन गर्दै आएको परियोजनाहरू मध्ये वर्ल्ड भिजन इन्टरनेश्नल नेपालराष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र (RRPK) को सहकार्यमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाको सम्पुर्ण वडाहरूमा सञ्चालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL) परियोजना कार्यान्वयन गरि सञ्चालन गरिरहेको छ । यस आ.व २०२४/०२५ मा यस परियोजना लागु गर्न तथा सफल बनाउनको लागि सहयोग गर्नु हुने प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नगरपालिका, गाउँपालिका, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय अन्य सरकारी तथा गैर सरकारी कार्यालयहरू, नगरपालिका, गाउँपालिका, सुरक्षा निकाय, संचार माध्यमहरू, व्यवसायीहरू, बालबालिकाहरू, अभिभावकहरू साथै अन्य साझेदार निकायहरूको सक्रिय सहभागिता तथा सहयोगका निम्ति राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द (RRPK) आभारी छ ।

यस परियोजनाले विगत आ.व.२०२० देखि ०२५ सम्म्मको ५ बर्षे रणनीतिक चक्रको कार्यक्रम साथै यस आ.व २०२४/०२५ मा सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधिहरू ३० सेप्टेम्वर २०२५ तदनुसार २०८२, असोज १४ सम्ममा समापन हुने जानकारी गराउन चाहान्छौँ। साथै यस परियोजना मार्फत सञ्चालन र सम्पन्न भएका गतिविधिहरूको प्रतिवेदन आउदो असोज मसान्तभित्र सम्बन्धित निकायहरूमा पेश गरिने र हामीले सेवा प्रदान गर्ने समुदायप्रति हाम्रो जवाफदेहिता सुनिश्चित गर्नेछौँ भन्ने कुरा यसै सूचना मार्फत जानकारी गराउन चाहान्छौँ ।

साथै, यसै सूचना मार्फत परियोजनासँग सम्बन्धित यसवर्षको सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान भइ भुक्तानी चुक्ता वा फर्छ्यौट भईसकेको जानकारी गराउन चाहान्छौँ । यदि कुनै संस्था वा व्यक्तिसँग परियोजनासँग सम्बन्धित सेवा वा वस्तु वापतको हिसाब मिलान र भुक्तानी हुन बाँकी भए, यस सूचनालाई आधार मानी पहिलो पटक सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र दाबी गर्न आउन अनुरोध गर्दछौँ । म्याद नाघी आएको दाबी उपर यस संस्था वा संस्थाको साझेदार संस्थाहरू जवाफदेही हुन असमर्थ हुने व्यहोरा यसै सूचना मार्फत अवगत गराउँदछौँ ।

थप जाकारीका लागिः

राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द (RRPK) ,लालबन्दी, सर्लाही

फोन नंः ०४६ ५०१२६१ व ९८०१९७२१६५

ईमेलः rrpk.sarlahi@gmail.com

टोल फ्रि नं. १६६००१०००१३

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 22 Aug, 2025
Apply Before 05 Sep, 2025
City Sarlahi