परियोजनाले सिर्जना/गरेका सफल उद्यमीहरूको कथा छपाई सम्बन्धी सूचना
Detailed Job description / requirements:
प्रथम पटक प्रकाशित मिति: २०८०/०५/२७
विषय: परियोजनाले सिर्जना/गरेका सफल उद्यमीहरूको कथा छपाई सम्बन्धी सूचना ।
उपरोक्त सम्बन्धमा UMN र प्रगतिशिल युवा समाजको साझेदारीमा सञ्चालित सिर्जना परियोजनाले थलारा गाउँपालिकामा सिर्जना गरेका एवं सहयोग गरेका सफल उद्यमीहरुको कथा पुस्तक डिजाइन तथा छपाई गर्नुपर्ने भएको हुँदा यो सूचनामा उल्लेखित सेवा दिन इच्छुक पुस्तक डिजाइनमा दक्ष शीपयुक्त व्यक्ति, नियमानुसार दर्ता भएका कम्पनी/फर्म तथा छापाखानाहरूबाट सो को मुल्य अभिवृद्धि कर सहित दरभाउ र कार्य सम्पन्न अवधि समेत खुल्ने गरी उल्लेखित न्युनतम शर्तहरूको अधिनमा रही यो सूचना प्रकाशन भएको ७ (सात) दिन भित्र यस संस्थामा प्राप्त हुने गरी तपशिल वमोजिमको गुणस्तर एवं परिमाण विवरणमा शिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सुचित गरिन्छ ।
तपशिल:
सफलताको कथा पुस्तक छपाई दरभाउ विवरण
आवश्यक कागजातहरू
- दरभाउ पत्रका साथ स्थायी लेखा नं. प्रमाण पत्र प्रतिलिपि ।
- संस्था दर्ता प्रतिलिपी, करचुक्ता प्रमाण पत्र प्रतिलिपि
- उल्लेखित विवरण बमोजिम गुणस्तरीय डिजाइन तथा पुस्तक छपाई गरी छपाई गरिएका पुस्तक उपलब्ध गराउन लाग्ने दिन वा समय तोक्नुपर्नेछ ।
- दर रेट, उल्लेखित कागजातहरू र पुस्तक छपाई गरी छपाई गरिएका पुस्तक उपलब्ध गराउन लाग्ने दिन वा समय समेत उल्लेख गरिएको प्रतिबद्धता पत्र सिलबन्दी खाममा संलग्न राखि तोकिएको मिति र समयभित्र यस कार्यलयमा पेश गर्नुपर्नेछ ।
- दरभाउ पत्र मिति २०८०।०५।२७ देखि २०८०।०६।०२ गते दिउसो ५ वजे भित्र प्रगतीशिल युवा समाजको कार्यलयमा वा संस्थाको इमेल pys.procurement21@gmail.com बुझाउनु पर्नेछ ।
- तोकिएको समय अवधिभित्र प्राप्त नभएका वा रित नपुगी प्राप्त भएका दरभाउपत्र उपर कुनै पनि कारवाही हुने छैन ।
- सम्पर्क ठेगाना: प्रगतिशील युवा समाज (PYS) बझाङ्ग- ०९२४२१३५७
खरीद समिती
प्रगतिशिल युवा समाज
चैनपूर, बझाङ्ग
Job Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 14 Sep, 2023 |
Apply Before | 19 Sep, 2023 |
City | Bajhang |