परियोजना अधिकृत / सामाजिक सहजकर्ता

Working for Access and Creation Nepal (WAC Nepal) Achham

Working for Access and Creation, Nepal (WAC- Nepal) a non-government organization, has been working in the field of Livelihood, WASH and Sanitation, quality education, Disaster Risk Management/Climate change Adaptation, Good governance and Right Protection and Institutional Capacity development.

Detailed Job description / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

मिति: २०८०/०२/१२

वाक नेपाल, सामाजिक विकास र परिवर्तनका लागि महिला बालबालिका र पिछडिएका समुदायको सामाजिक आर्थिक, शैक्षिक र स्वास्थ्य अवस्थामा सुधार ल्याउन क्रियाशिल गैरनाफामुखि सामाजिक संस्था हो । Kindernothilfe (KNH) को साझेदारीमा अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नः २ (जालपादेबि), १० (घुघुरकोट), १३ (बाब्ला) र वडा नः ४ मष्टामाण्डौमा सन् २०२१ देखि पाइलट चरणको Women Empowerment for Social Transformation (WEST) परियोजना कार्यान्वयन भई मुख्य चरणमा साँफेबगर नगरपालिका का थप वडा नं. ३ सिद्धेश्वर, ५ नवाठाना र ७ रिडिकोटमा समेत सञ्चालन हुने भएकाले तपशिल अनुसारको विभिन्न तहका दक्ष कर्मचारीहरूको आवश्यकता हुँदा यो सूचना प्रकाशित मितिले १० दिन भित्र तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले रितपूर्वक आफ्नो आवेदन पत्र र वास्तविक बायोडाटा उल्लेखित प्रक्रिया अनुरुप पेश गर्नहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

पद: परियोजना अधिकृत (केन्द्रिय कार्यालय साफेबगर बेस)

संख्याः १ जना ( महिला मात्र)  

प्रमुख जिम्मेवारीहरू:

  • कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने । 
  • संस्थाको नीति अनुरुप जिल्ला तथा स्थानिय सरोकारवाला निकायहरूबिच सम्पर्क, समन्वय तथा सरोकारवालाहरूसँगको प्रत्यक्ष समन्वयमा क्रियाकलापहरू सञ्चालन गर्ने । 
  • आत्म निर्भर समूह, क्षेत्रिय संगठन र संघको निर्माण तथा आवश्यक क्षमता अभिबृद्धिका लागि समुदाय सहजकर्ताहरूलाई आवश्यक सहयोग गरि आय आर्जनका क्रियाकलाप सञ्चालन सम्बन्धी अभिमूखिकरण गर्ने,
  • आफु मातहतका कर्मचारीहरूको नीरिक्षण तथा सुपरिवेक्षण गर्ने, परियोजना तथा संस्थाले तोकेको ढाँचामा निर्धारित समयमा प्रतिबेदन तयार गर्ने, 
  • पालिका तथा जिल्ला स्तरका कार्यक्रम कार्यान्वयन योजनाहरू तयार गर्ने, कार्यान्वयन गर्ने गराउने, आवश्यकता अनुसार विभिन्न तालिम, गोष्ठी, तथा कार्यशालामा समाबेश तथा सञ्चालन गर्ने, 
  • आफु मातहतका कर्मचारीहरूले तयार गरेको प्रतिबेदनमा आवश्यक पृष्ठपोषण प्रदान गर्ने, बाल अधिकार तथा बाल संरक्षणका बिषयमा पैरवी गर्ने गराउने आदि । 

आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभवः 

नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट समाज शास्त्र, ग्रामिण बिकास वा अन्य कुनै संकायमा कम्तिमा स्नातक तह उतिर्ण भई २ बर्षको परियोजना व्यवस्थापन, कार्यान्वयन तथा सञ्चालन सम्बन्धी अनुभव भएको ।

पदः सामाजिक सहजकर्ता

संख्या: ३ जना (महिला मात्र) 

प्रमूख जिम्मेवारीहरुः 

  • परियोजनाको कार्यक्षेत्र भएको वडा/नगरपालिका र सरोकारवालाहरूसँग सम्पर्क र समन्वय गर्ने । 
  • आत्म निर्भर समूहहरू गठन गरी क्षमता विकास तथा परिचालन गर्ने ।
  • स्थानिय महिला बालबालिकाका क्षेत्रमा देखिएका सवालहरू, सवल पक्ष, सुधारका पक्ष, अवसरहरू र जोखिम न्यूनिकरणका पहलहरू गर्ने गराउने ।
  • आत्म निर्भर समूह पद्धति मार्फत स्थानिय महिलाहरूको समाजिक, आर्थिक र राजनैतिक अवस्था सुधार गर्न विभिन्न क्रियाकलापहरू गर्ने,। 
  • वडा तथा पालिका स्तरमा सञ्चालन हुने वेष्ट परियोजना लगायत संस्थाका अन्य क्रियाकलापहरू सञ्चालन गर्ने र प्राविधिक तालिम तथा गोष्ठी सञ्चालन गर्न कार्यक्रम अधिकृतलाई सहयोग गर्ने ।
  • परियोजना तथा संस्थालाई आवश्यकता अनुसार प्रतिबेदन तयार तथा पेश गर्ने ।

आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव:

नेपाल सरकारको मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा प्रविणता प्रमाण पत्र तह उतिर्ण भई समुदाय सहजकार्तको रुपमा २ बर्षको कार्यानुभव भएको साँफेबगर नगरपालिकाको परियोजना सञ्चालन हुने सम्बन्धित वडा (वडा नः ३ सिद्धेश्वर, ०५ नवाठाँना, ०७ रिडकोट ) मा स्थायि रुपमा बसोबास भएका महिलाले मात्र आवेदन पेश गर्न पाउनेछन ।

थप जानकारीः 

सेवा सुविधाको हकमा संस्थाको नियमानुसार हुनेछ, आवेदन दिने अन्तिम मितिः २०८०/०२/२० गते कार्यालय समय भित्र (विज्ञापन प्रकाशित मितिले १० दिन भित्र), परीक्षाको किसिम लिखित र अन्तर्वार्ता, प्रारम्भिक छनौंटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित परिक्षामा सामेल गरिनेछ र परीक्षा हुने मिति, स्थान र समय पछि तय गरी जानकारी गराईने छ । 

नोटः स्थानिय, दलित तथा जनजातीलाई प्राथमिकता दिईनेछ । संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतः अयोग्य ठहर गरिनेछ ।  

दर्खास्त पेश गर्ने ठेगाना: 

समुदाय सहजकर्ताको हकमा वाक नेपाल को केन्द्रिय कार्यालय साँफेबगरमा पेश गर्नु पर्ने छ भने परियोजना अधिकृतको हकमा संस्थाको इमेल vacancy@wac.org.np मार्फत पनि पेश गर्न सकिने छ ।  

पदपुर्ति समिति

वाक नेपाल

Job Overview

Category Development and Project
Openings 4
Position Type Full Time
Experience 2 Years
Education Graduate (Bachelors)
Posted Date 26 May, 2023
Apply Before 03 Jun, 2023
City Achham