परियोजना संयोजक (Project Coordinator cum WASH Engineer)

Sundar Nepal Sanstha (BNA), surkhet

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८२।१०।२७)

विज्ञापन नं ०६ । २०८२।२०८३

सुन्दर नेपाल संस्था (SNS) सुर्खेत समुदायिक विकासमा क्रियाशील एक मुनाफारहित सामाजिक गैह्रसरकारी संस्था हो। सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै जनस्तरमा सहभागितात्मक विकासमूलक कार्यक्रमबाट समाजमा महिला, गरीव, विपन्न, दलित, तथा पछाडी पारिएका समुदायका समूह तथा व्यक्तिहरूलाई संस्थाको लक्षित समुदाय बनाइ जीवनस्तर माथि उठाउनका लागि विधिवत रुपमा २०५३ साल माघ ६ गतेका दिन जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई ग्रामीण समुदायमा वैकल्पिक ऊर्जा, कृषि, सिचाईं, शिक्षा, स्वास्थ्य, चेतनाविकास, खानेपानी, मानव अधिकार, महिला, बाल–बालिका, पछाडी पारिएका वर्गका समुदायमा कार्यरत रहेको छ ।

यसै सन्दर्भमा सुन्दर नेपाल संस्थाको प्राबिधिक तथा सामाजिक सहजीकरणमा सञ्चालित परियोजनाका लागि सुर्खेतवेस हुने गरी १ जना कर्मचारी आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आव्हान गरिन्छ ।

पद: परियोजना संयोजक (Project Coordinator cum WASH Engineer)

आवश्यक संख्या: १ जना

आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता

  • मान्यता प्राप्त संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक (Bachelor) गरी खानेपानी तथा सरसफाई (WASH) क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव सहित समग्रमा ७ वर्षको कार्य अनुभव भएको हुनु पनेछ
  • वास सम्बन्धी कम्तिमा ५ वटा तालिम लिएको 
  • Auto-cad drafting, competencies to prepare design estimate report, work completion (MB) report etc., team handling
  • सफ्टवेयरमा दखल भएको, Excel, word, PowerPoint र IT सम्बन्धी ज्ञान भएको, तथ्यांक विश्लेषण र HR व्यवस्थापनमा सीप र ज्ञान भएको।
  • समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको।
  • स्थानीय तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गर्न सक्ने।
  • डाटा विश्लेषण उपकरण र रिपोर्टिङसँग परिचित।

नोट: उल्लेखित पदहरूको लागि बिस्तृत कार्य विवरण (detailed job description) सुन्दर नेपाल संस्थाको वेबसाईट https://www.sundarnepal.org.np मा notice हेर्न सकिन्छ ।

JD Link: https://drive.google.com/file/d/1KtLAJvNQ3HwPQSN9X0q8fpA3Jfp0o8sp/view?usp=sharing

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:

१. नेपाली नागरिकताको र सवारी चालकको प्रमाण—पत्र

. शैक्षिक र तालिमको प्रमाण—पत्रको प्रतिलिपि

३. यस भन्दा अघि काम गरेको अनुभव पत्र (experience letter) 

४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) र निवेदन (cover letter)

छनौटको किसिम: लिखित र अन्तरवार्ता (दुवै)

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ ।

दरखास्त दिने अन्तिम मिति: १२ फागुन, २०८२ (२४ फेबुंअरी, २०२६) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागि जानकारी गरिन्छ।

सुन्दर नेपाल संस्था

वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत

फोन न: ०८३–५२०९२६/५२३५३०

वा ईमेल: vacancy@sundarnepal.org.np

Overview

Category Engineering - Civil, Development Project
Openings 1
Position Type Contract
Experience 5+ years
Education Bachelor's in Civil Engineer
Posted Date 10 Feb, 2026
Apply Before 24 Feb, 2026
City Surkhet