परियोजना संयोजक (Project Coordinator)

Mountain Social welfare Center(MSWC)

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

पहिलो पटक प्रकाशन 

मिति: २०८१/०२/२८ गते 

विज्ञापन नं.३

मन्थली नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै श्री पहाडी समाज कल्याण केन्द्र मन्थली रामेछापको सहजिकरणमा संचालित “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता साझेदारी विकास कार्यक्रम” को लागि तपशिलमा उल्लेखित पदको कर्मचारीे आवश्यकता भएकाले संस्थाको कर्मचारी नियमावली २०६० को संशोधित २०७३ बमोजिम सूचना प्रकाशन गरिएको छ । यो सूचना प्रकाशन भएको मितिले ७ दिन असार २ गते कार्यालय समय (५ः०० वजे) भित्र योग्यता पुगेका नेपाली नागरिकहरुले दरखास्त दिनु हुन अनुरोध गरिन्छ ।

१. पद: परियोजना संयोजक: १ (एक) जना

परियोजना क्षेत्र – मन्थली नगरपालिकाको सवै वडाहरु 

न्युनतम योग्यता र कार्यअनुभव:

  • कृषि, भेट्नेरी मा स्नातक तह उर्तिर्ण गरेको वा समाजशास्त्र, ग्रामीण विकास (RD) विषयमा स्नातकोत्तर तह उतिर्ण गरि सामुदायिक विकास, कृषि तथा पशु वस्तुको मुल्य श्रृखलमा २ वर्षको अनुभव भएको । 
  • योजना तर्जुमा, बजेट व्यवस्थापन,परियोजना व्यवस्थापन कार्यन्वयन,अनुगमन तथा मूल्यांकनको र प्रतिवेदन लेखन तथा दस्तावेजीकरणको क्षेत्रमा ज्ञान सिप तथा अनुभव भएको ।
  • साना किसान सवलीकरण  तथा उद्यमशीलता साझेदार कार्यक्रम सम्वन्धि ज्ञान सिप र अनुभव भएको ।
  • स्व नेतृत्व क्षमता,कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन तथा सहजिकरण, प्रतिवेदन लेखन जस्ता सम्वन्धीत विषयमा व्यवाहारिक ज्ञान सिप तथा अनुभव भएको । 
  • कृषि तथा पशुवस्तुमा आधारित व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • परियोजनाका सरोकारवालाहरू जस्तै स्थानीय सरकार,प्रदेश सरकारहरू तथा जिल्ला स्थित सरकारी तथा गैह सरकारी निकायहरुसँग समन्वय तथा सहकार्य गर्न सक्ने । 
  • कम्प्युटरको Office Package (micro-soft word, excel, power point, English Nepali typing and  email internet) सम्वन्धी दक्षता भएको ।
  • परियोजना क्षेत्रमा (field based) कम्तीमा ७०% प्रतिशत समय फिल्डमा काम गर्नुपर्ने ।
  • मोटर साईकल चालक अनुमति पत्र प्राप्त भइ आफ्नै सवारी साधन भएका आवेदकहरुलाइ प्राथमिकता दिईनेछ ।

नोट:

१. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।

२. दरखास्त दिने अन्तीम मिती: सूचना प्रकाशन भएको मितिले ७ दिन अथवा असार २ गते ५ वजे भित्र 

३. परिक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

४.आवश्यक कागजातहरु: पदको आवेदन खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभवपत्र, स्थायी लेखा नम्बर र अन्य कागजातहरुको प्रतिलिपी सहित तपसिलमा उल्लेखित पहाडी समाज कल्याण केन्द्र मन्थलीको इमेल: mswcvacancy@gmail.com मार्फत वा सोको कार्यालय मन्थली नगरपालिका वडा नं. १ ट्राफिक चोक नजिक मन्थली ,रामेछाप दरखास्त फाईल बुझाउनु सकिनेछ । 

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित,मौखिक तथा प्रयोगात्मक परिक्षामा समावेश गराईनेछ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार पहाडी समाज कल्याण केन्द्रको कर्मचारी पदपूर्ति समतिमा निहित रहनेछ । नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

पदपुर्ति समिति:

पहाडी समाज कल्याण केन्द्र

म.न.पा–१, ट्राफिक चोक नजिक मन्थली, रामेछाप

सम्पर्क नं.: –०४८–५४०२८७

Email:- mswcvacancy@gmail.com

Overview

Category Agriculture + Livestock, Development Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 10 Jun, 2024
Apply Before 16 Jun, 2024
City Manthali, Ramechhap