सामग्री तथा सेवा आपूर्तिकर्ताहरुलाई सूची दर्ताको लागि आह्वान

Community Family Welfare Association (CFWA)

Details / requirements:

सामुदायिक परिवार कल्याण संघ (CFWA)

सामग्री तथा सेवा आपूर्तिकर्ताहरुलाई सूची दर्ताको लागि आह्वान

(प्रथम पटक प्रकाशित मिति २०८२/०३/१८)

धनुषा जिल्लाको लागि मात्रै

सामुदायिक परिवार कल्याण संघ (CFWA), धनुषा जिल्लाको विभिन्न पालिकाहरुमा स्वास्थ्य, शिक्षा,वाल संरक्षण, जिवीकोपार्जन, विपद ब्यवस्थापन, क्षमता अभिवृद्धि आदी क्षेत्रहरुमा काम गरिरहेको एक गैर सरकारी संस्था हो । यस संस्थालाई आ. व. २०८२/२०८३ मा आवश्यक पर्ने तपशिल बमोजिमका  सेवा तथा सामाग्रिहरुको आपुर्ती गर्न गराउनको लागी सूची तयार गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, दर्तावाल फर्म, संस्था तथा कम्पनीहरुले आफुले प्रदान गर्ने सेवा तथा सामग्रिहरुको छुट्टाछुट्टै विवरण उल्लेख गरी मिति २०८२/०३/३२ गते भित्रमा तल उल्लेखित यस संस्थाको कार्यालय ठेगानामा आवश्यक कागजातहरु सहित मौजुदा सूचीमा दर्ता गराउनु हुन आह्वान गरिन्छ ।

तपसिलको सेवा तथा सामाग्रीहरको हकमा सुचिदर्ता तथा दर रेट समेत उपलब्ध गराउनु पर्नेछ र दर रेटका लागि आबश्यक फर्मेट कार्यालयबाट उपलब्ध गराईनेछ ।

तालिका–१

S.N.particularCategory Item
1Stationeryमसलन्द  र  स्टेशनरीसामग्री ।
2Food/Beverage/Waterनस्ता, खाना र  मिनरल वाटर आपुर्ति (धनुषा जिल्लाका १८ ओटै पालिका) (फिल्ड स्तरका होटेलहरु, खाजा खाना ईत्यादी)
3Kitchen & Household Itemहाइजिन किट (Plastic Bucket, Jug, Soap, Towel) आदी,  लगायत घरायसी प्रयोगमा  आउने सामाग्रिहरु तथा किराना सामानहरुको आपूर्ती गर्ने ।
4Repairs and Maintenanceधारा,  सोलार,  विद्युतिय  सामान,  जेनरल  वाईरिङ्ग,  प्लम्बिङ्ग  लगाएत  अन्य  मर्मत   सेवाहरु ।
5Vehicles/Auto Motorsसवारी  साधन,  मोटर  पाटर्स  मर्मत  तथा सर्भिसिङ्ग  सेवाहरु ।
6Hotel/Restaurants/Venueतालिम तथा सेमिनारको लागि हल तथा  क्याटरिङ्ग  सेवा  सम्बन्धी । होटल  र  होमस्टे सेवा ।
7Printingछपाई  सम्बन्धी  कामहरु (बुकलेट,  प्रोफइल,  स्टीकर, क्यालेण्डर, डायरी डिजाइन तथा प्रिन्ट, सम्बन्धी कार्यहरु तथा अन्य । ) होडिङ र्बोड तथा फलेक्स सम्बन्धी कार्यहरु, छपाइ सम्बन्धी कार्यहरु ।

तपसिलको सेवा तथा सामाग्रीहरको हकमा सुचिदर्ताका लागि आवश्यक कागज पत्र संलगन राखि दर्ता गराउनु पर्नेछ:

तालिका–२

S.N.particularCategory Item
1Computer/ Equipment / Accessories/Repair maintainकम्प्यूटर,  ल्यापटप,  प्रिन्टर,  कार्टिज  आपूर्ती तथा मर्मत  गर्ने ।
2Electronic Itemमोबाईल,  क्यामरा र  इलेक्ट्रोनिक सामान (पंखा, हिटर, एयर कण्डिसनर,  सोलार बत्ति) र सो सँग  सम्बन्धित  आपूर्ती   तथा   मर्मत गर्ने ।
3Furniture/Fixtures/Woodफर्निचर तथा फर्निसिङ्ग  सामानहरुको आपूर्ती तथा मर्मत गर्ने ।
4Transportजनकपुर देखी  अन्य  स्थानहरु सम्म साना तथा  ठुला गाडी  भाडामा  लिने  साथै  मालसामान ढुवानी  गर्ने । (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक,पिकअप भ्यान)

पेश गर्नु पर्ने आवश्यक कागजातहरु:

१) फर्म/संस्था, कम्पनी दर्ता, स्थायी लेखानम्बर, मू.अ.कर दर्ताप्रमाण–प्रत्रको प्रतिलिपिहरु । 

२) आ.व.२०८१/८२ को कर चुक्ता प्रमाण–प्रत्रको प्रतिलिपि ।

३) निवेदन पेश गर्ने फर्म र संस्था वा कम्पनीले कुन समूह अन्तर्गत सूचीकृत हुन चाहेको हो ? स्पष्ट खुलेको पत्र वा निवेदन ।

४) विगतमा सम्बन्धित समूह अन्तर्गतका कार्यहरु सफलतापूर्वक सम्पन्न गरेको प्रमाणित विवरणहरु ।

५) प्रचलित कानुन बमोजिम अयोग्य नभएको, कालोसुचीमा नपरेको व्यहोरा फर्म, कम्पनी आफैले स्वघोषणा गरी निवेदन साथ संलग्न गर्नुप र्नेछ ।

थप जानकारीहरु:

१) म्याद नाघि पेश भएको, आवश्यक कागजातहरु पुरा नभएको निवेदन उपर कुनै कारवाही हुने छैन ।

२) सूचीकृत भएको आपूर्तीकर्ता फर्म र संस्था वा कम्पनीहरुसंग प्रचलित नियमानुसार लिखित दर रेट माग गरी कार्यालयको आवश्यकता अनुसारको सामान, आपुर्ति, मर्मत, परामर्श सेवा अन्य सेवा खरिद गर्न सकिनेछ ।

३) सूचीकृत भएका फर्म र संस्था वा कम्पनीहरुले सन्तोषजनक सेवा तथा सामान आपूर्ति नगरेको खण्डमा लिखित जानकारी दिई सूचीकृतबाट हटाउन सकिनेछ । यस उपर कुनै दावी बिरोध गर्न पाईने छैन ।

४) फर्म र संस्था वा कम्पनीहरु सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यसकार्यालयमा निहित रहनेछ ।

५) सूचीकृत भएका फर्म र संस्था वा कम्पनीहरुको नामावली यस कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ । 

आपूर्तिकर्ताहरले (अन्य विस्तृत जानकारीको लागी कार्यालय समयमा यस सँस्थाको कार्यालयमा सम्पर्क गरी बुझ्न सक्नु हुनेछ ।)

सामुदायिक परिवार कल्याण संघ,

जनकपुरधाम १२, शारदानगर

सम्पर्क नं. ०४१४२५२०३

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 02 Jul, 2025
Apply Before 16 Jul, 2025
City Dhanusha