परियोजना संयोजक

Sundar Nepal Sanstha (BNA), surkhet

Details / requirements:

सुन्दर नेपाल संस्था, सुर्खेत

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

विज्ञापन नम्बर: ०२/२०८२/०८३

प्रथम पटक सूचना प्रकाशन मिति: १९ भाद्र २०८२, (४ सेप्टेम्बर २०२५)

सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE Nepal को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Mother and Child Wellbeing (MCW) project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरूमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरूको व्यवहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागि सुर्खेत जिल्लाको वराहताल गाउपालिका,  वीरेन्द्रनगर,  भेरीगंगा,  गुर्भाकोट र लेकवेशी नगरपालिकामा Mother and Child Wellbeing (WCM) परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

क्र.सपदसंख्यायोग्यताबिषय क्षेत्र तथा अनुभव
परियोजना संयोजक स्नातकोत्तर/स्नातक तहमान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य Public Health, Nutrition वा नर्सिङ्ग विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ५ वर्ष कार्य अनुभव भएको  वा स्नातकोत्तर तह उत्तीर्ण भएमा ३ वर्षको कार्य अनुभव भएको ।

नोट: उल्लेखित पदहरूको लागि बिस्तृत कार्य विवरण (detailed job description) सुन्दर नेपाल संस्थाको वेबसाईट https://www.sundarnepal.org.np मा notices हेर्न सकिन्छ ।

Or, Click on the link below for detailed JD:

https://drive.google.com/file/d/1TxOSmYFVVyItwJynK7NYXGF8121KzK4M/view?usp=sharing

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:

    १. नेपाली नागरिकताको र सवारी चालकको प्रमाण—पत्र

    . शैक्षिक र तालिमको प्रमाण—पत्रको प्रतिलिपि

    ३. यस भन्दा अघि काम गरेको अनुभव पत्र ( experience letter) को साथमा नियुक्तिपत्र ।

    ४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) र निवेदन (cover letter)

छनौटको किसिम: लिखित र अन्तरवार्ता (दुवै)

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ ।

दरखास्त दिने अन्तिम मिति: २९ भाद्र, २०८२ (१ सेप्टेम्बर, २०२५) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।

सुन्दर नेपाल संस्था

वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत

फोन न: ०८३–५२०९२६/५२३५३०

वा ईमेल: vacancy@sundarnepal.org.np

Overview

Category Public Health, Development Project, Nursing, Nutrition
Openings 1
Position Type Contract
Experience 5+ years
Education B.P.H. (Bachelors in Public Health), B.Sc. / B.N. (Bachelors in Nursing), BSc Nutrition
Posted Date 04 Sep, 2025
Apply Before 18 Sep, 2025
City Surkhet