प्राविधिक सुपरभाइजर (निरिक्षक)
Detailed Job description / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक सूचना प्रकाशित मितिः २०७९ चैत्र ०२ गते)
हेल्भेटास नेपालको आर्थिक सहयोगमा कर्णाली तथा सुदुरपश्चिम प्रदेशको जाजरकोट, कालिकोट, दैलेख, सुर्खेत र अछाम जिल्लाहरूमा स्थानिय साझेदार संस्थाहरूको सामाजीक तथा प्राविधिक सहजीकरणमा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम सञ्चालन भइ आइरहेको छ । यसै अन्तर्गत अछाम जिल्लाको कमलबजार र पञ्चदेवल बिनायक नगरपालिकाहरू कार्यक्षेत्र भएको ग्रामीण विकास केन्द्र (रुडेक)–नेपाल संस्थालाई प्राविधिक सुपरभाइजर (निरिक्षक) पदको कर्मचारी आवश्यकता भएकोले तपशिलमा योग्यता पुगेका नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले ९ (नौ) दिन भित्र आवेदन पेश गर्ने गरि दरखास्त आह्वान गरिएको छ ।
पद: प्राविधिक सुपरभाइजर (निरिक्षक)
जम्मा माग पद संख्या: १ (एक)
कार्यस्थलः कमलबजार र पञ्चदेवल बिनायक नगरपालिका, अछाम
कार्यअवधि: २०७९ चैत्र देखि २०८० श्रावण १५ सम्म (आवश्यकता तथा स्रोतको आधारमा कार्य अवधि थप हुन सक्ने)
मूख्य जिम्मेवारी:
- नगर तथा गाउँपालिकाहरूमा वार्षिक कार्यक्रम अनुसार पहिचान भएका योजनाहरूको ए.ज.व्य. कार्यक्रम मापदण्ड अनुसार सर्वेक्षण गर्ने र सोको लागत इस्टिमेट तयार गरी स्विकृतिका लागि ए.ज.व्य.कार्यक्रममा पेश गर्ने,
- सम्पन्न भएका खानेपानी तथा सरसफाइ योजनाहरूको निर्माण पश्चातका क्रियाकलापहरू जस्तै प्रथम तथा दोस्रो अनुगमन गर्ने, खानेपानी योजनामा निर्देशिका अनुसारको मर्मत सम्भार संयन्त्र निर्माण गर्ने र खानेपानी सुरक्षा योजना तयार गरी कार्यान्वयनमा उपभोक्ता समितिहरूलाई सहजिकरण गर्ने ।
- वार्षिक कार्ययोजना अनुसारका खानेपानी, सरसफाइ तथा अन्य योजनाहरूको निर्माण सुपरिवेक्षण गर्ने,
- योजना कार्यान्वयनको क्रममा उपभोक्ता समितिले गरेको निर्माण कार्यको मूल्याकन गरी उपभोक्ता समितिलाई विल भर्पाइ तयार गर्न सहजिकरण गर्ने, योजनाको निर्माण सकिएपछि अन्तिम अनुगमन एवं कमिसनिङ गर्ने,
- सम्पूर्ण प्राविधिक तालिम तथा अन्य कार्यका लागि प्राविधिक सहजकर्तालाई सहजिकरण तथा सहयोग गर्ने,
- ए.ज.व्य.कार्यक्रमको प्राविधिक टिमसँग नियमित सम्पर्क समन्वय गर्दै निर्माण क्रियाकलापहरू सञ्चालन गर्ने
- निर्माण पश्चात चरणमा नगर तथा गाउँ पालिकामा गठित संवद्ध समिति तथा उपभोक्ता समितिहरूलाई आश्यकता अनुसार सहयोग गर्ने ।
- योजनामा पारदर्सि र सुशासन कायम गर्दै सम्पन्न गर्नका लागि उपभोक्ताले आयोजना गर्ने सार्वजनिक सुनुवाइ,समिक्षा तथा लेखा परिक्षणमा सक्रिय सहभागी भई आवश्यक सुझाव र सल्लाह दिने ।
- उपभोक्ता समितिहरूलाई वाह्य निर्माण सामाग्री खरिद गर्दा गुणस्तरियता सुनिस्चित गर्नका लागि सहयोग एवं सहजीकरण गर्ने ।
योग्यता तथा अनुभव:
- प्राविधिक निरीक्षकका लागि कुनै पनि मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट सिभिल ईञ्जिनियरिङ विषयमा डिप्लोमा पास गरी खानेपानी तथा सरसफाई क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको।
- खानेपानी तथा सरसफाइ योजनाहरूको सर्भेक्षण, डिजाइन तथा लागत इष्टिमेट तयार गर्न सक्ने ।
- Computer/IT सम्बन्धि ज्ञान भएको र खास गरी excel, word र खानेपानी योजना सम्वन्धी डिजाइन तथा लागत इस्टिमेट सप्टवयर मा दखल भएको हुनुपर्ने ।
- सर्भे उपकरणहरु (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने ।
- समुदाय, उपभोक्ता समिति र संस्थासँग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिग तथा समावेशीका सवालमा सचेत भएको ।
- तोकिएको कार्यविवरण अनुसार सम्बन्धित कार्यक्षेत्रमा नै रही कार्य गर्न इच्छुक ।
अन्य
- समुदाय, उपभोक्ता समिति र संस्थासँग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिग तथा समावेशीका सवालमा सचेत भएको ।
- पारिश्रमिकः दातृनिकायसँग सम्झौता भए अनुसार
दरखास्त दिने विधिः
- दरखास्त पेश गर्ने समय मितिः २०७९ चैत्र १० गते कार्यालय समय भित्र हुनेछ ।
- rudec.vacancy@gmail.com इमेल ठेगानामा पनि दरखास्त पेश गर्न सकिनेछ । दरखास्त दिदा बायोडाटामा सन्दर्भ व्यक्तिहरूको (Reference) नाम, सम्पर्क नम्बर, इमेल र सम्पर्क नं. समावेश गर्नु पर्नेछ । म्याद नाघी आएका निवेदनहरू थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र भर्ना समितिले पूर्ण वा आशिंक रुपमा कुनै पनि आवेदन बिना शर्त स्विकृती गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
- प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ ।
- हेल्भेटास नेपाल र यसका साझेदार संस्थाले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकोले महिला, दलित, जनजाति, सीमान्तकृत तथा स्थानीयलाई प्राथमिकता दिईनेछ ।
ग्रामीण विकास केन्द्र (रुडेक)–नेपाल, अछाम ०९७–६२०२१८
Job Overview
Category | Development and Project |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 16 Mar, 2023 |
Apply Before | 24 Mar, 2023 |
City | Achham |