प्राविधिक सहजकर्ता/सब इन्जिनियर
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति: २०८०। ०६ । ०५ गते)
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) ले हेल्भेटास नेपालको आर्थिक सहयोगमा कालिकोट जिल्लाका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका र शुभकालिका गाउंपालिकामा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा आवश्यक सामाजिक तथा प्राविधिक सहयोग गरिरहेको छ । यस कार्यक्रमले आफ्नो कार्यक्षेत्र भएका पालिकाहरुमा जलश्रोतको पहिचान गरि तिनको समुचित उपयोगका लागि जल उपयोग गुरुयोजना तथा खानेपानी सरसफाइ स्वच्छता योजना तर्जुमा गर्न स्थानीय तहलाइ सहजिकरण गर्ने, प्राथमिकतामा परेका केहि खानेपानी सरसफाइ तथा बहुउपयोग योजनाहरुको निमार्णमा सहयोग गर्ने, सरसफाइ र स्वच्छता प्रर्वदनमा समुदाय परिचालन गर्ने तथा स्थानीय समुदाय एवं संघ संस्थाहरुको क्षमता विकासमा सहजिकरण गर्ने कार्य गरिरहेको छ । हाल सो कार्यक्रम कार्यान्वयनका लागि मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) लाई तपसिल बमोजिमका कर्मचारीे आवश्यकता भएकोले तपशिलमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएकोे छ ।
१. पद: प्राविधिक सहजकर्ता (PPIA)-१ जना
कार्यक्षेत्र: क्लस्टर वा पालिका कार्यालय
सुपरिवेक्षक: सव इन्जिनियर (PPIA)
मुख्य कार्यहरु र जिम्मेवारी
बार्षिक कार्यक्रम अनुसार खानेपानी तथा सरसफाई योजनाको निर्माणपूर्व तथा पश्चात चरणमा तयगरिएका विभिन्न क्रियाकलापहरु जस्तै योजनाको सम्भाब्यता अध्ययन गर्ने, योजनाको विस्तृत प्राविधिक सर्भेक्षण गर्ने, डिजाइन तथा लागतअनुमान तयार गर्न सव इन्जिनियर (PPIA) लाई सहयोग गर्ने, योजना कार्यान्वन पुर्व उपभोक्ता समितिलाई अभिमुखिकरण गर्ने, मर्मत सम्भार कार्ययोजना बनाउन उपभोक्ता समितिलाई सहजिकरण गर्ने तथा योजना निर्माण पश्चातका अनुगमनहरु गर्ने जिम्मेवारी प्राविधिक सहजकर्ता (PPIA) को हुनेछ। प्राविधिक सहजकर्ता (PPIA) लाई सव इन्जिनियर (PPIA) ले सुपरिवेक्षण गर्ने छन् । विस्तृत कार्यविवरण निम्नानुसार हुने छन् ।
- पालिकामा सन्चालन हुने खानेपानी तथा सरसफाई योजनाहरुको प्रारम्भिक छनौट कार्यमा पालिकालाई सहजिकरण गर्ने।
- खानेपानी तथा सरसफाई योजनाको सम्भाब्यता अध्ययन गर्ने।
- खानेपानी तथा सरसफाई योजनाको विस्तृत प्राविधिक सर्भेक्षण गर्ने एवं डिजाइन तथा लागत अनुमान तयार गर्न सव इन्जिनियर (PPIA) लाई सहयोग गर्ने।
- उपभोक्ता समितिहरुलाई योजना कार्यान्वयन पुर्वको अभिमुखिकरण गर्ने।
- खानेपानी तथा सरसफाई योजनाहरुको सार्वजनिक सुनुवाई गर्ने कार्यमा सहजिकरण गर्ने।
- खानेपानी तथा सरसफाई योजनाहरुको पहिलो अनुगमन गर्ने।
- पानी सुरक्षा योजना तालिम सन्चालनमा सहजिकरण गर्ने।
- उपभोक्ता समितिलाई मर्मत सम्भार कार्ययोजना निर्माण गर्न सहजिकरण गर्ने।
- खानेपानी तथा सरसफाई योजना निर्माण पश्चातका अनुगमनहरु गर्ने।
- स्थानिय तह, उपभोक्ता समिति, उपभोक्ताहरु एवं दातृ संस्थाहरु संग समन्वय गरि कार्यक्रम सन्चालनमा सहजिकरण गर्ने।
- पुराना योजनाहरुको सुचारुपना तथा दिगोपनाका लागि नियमित अनुगमन तथा सहयोग गर्ने।
- फिल्ड संयोजक (प्राविधिक तथा सामाजिक) एवं सव इन्जिनियर (PPIA) ले आवश्यक ठानेका कार्यक्रमसंग सम्बन्धित अन्य कार्यहरु गर्ने ।
आवश्यक शैक्षिक योग्यता,अनुभव तथा सम्वन्धित कार्यमा दक्षता
- मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा पास गरी खानेपानी तथा सरसफाई क्षेत्रमा कम्तिमा १ वर्ष कार्यअनुभव भएको वा सव ओभरसियर पासगरी खानेपानी तथा सरसफाई क्षेत्रमा कम्तिमा ३ वर्ष कार्यअनुभव भएको वा खा.पा.स.टे को तालिम लिई कम्तिमा ७ बर्ष कार्य अनुभव भएको।
- सर्भे उपकरणहरु (GPS, Abney Level, Auto Level, Smart Phone) प्रयोग गर्न सक्ने ।
- तोकिएको कार्यविवरण अनुसार सम्बन्धित योजना क्षेत्रहरुमा नै रही कार्यगर्न इच्छुक भएको ।
अन्य
- समुदाय, उपभोक्ता समिति र संस्था संग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंगिक तथा समावेशिकरणका सवालमा सचेत भएको
२. पद: सब इन्जिनियर (PPIA)-१ जना
कार्यक्षेत्र: क्लस्टर वा पालिका कार्यालय
सुपरिवेक्षक: कार्यक्रम संयोजक वा कार्यकारी निर्देशक
मुख्य कार्यहरु र जिम्मेवारी
वार्षिक कार्यक्रम अनुसार खानेपानी तथा सरसफाइ योजनाको निर्माण पूर्व तथा पश्चात चरणमा तय गरिएका विभिन्न क्रियाकलापहरु जस्तै योजनाहरुको विस्तृत प्राविधिक सर्वेक्षण गर्ने, कार्यक्रमले तोके बमोजिमको डिजाइन लागत अनुमान तयार पार्ने तथा अन्य क्रियाकलापहरु कार्यान्वयनका लागि मुख्य भूमिका निर्वाह गर्ने जिम्मेबारी सब इन्जिनियरको हुनेछ । सब इन्जिनियरलाई कार्यक्रम संयोजकले सुपरिवेक्षण गर्नेछन भने प्राविधिक सहजकर्ता (PPIA) लाई निजले सुपरिवेक्षण गर्ने छन् । विस्तृत कार्य विवरण तल उल्लेख गरिएको छ ।
- पालिकामा सञ्चालनहुने विभिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना, बहुउपयोग,लघु सिंचाइ योजना, स्वच्छता तथा पूर्ण सरसफाइ संग सम्वन्धित योजनाहरुको सम्भाव्यता अध्ययन, विस्तृत सर्वेक्षण र डिजाइन लागत तयार गर्ने । लागत अनुमान स्विकृति प्रक्रियाका लागि सहजिकरण गर्ने।
- पुराना योजनाहरुको सुचारुपनका लागि नियमित अनुगमन गर्ने ।
- कार्यक्रमको नीति अनुसार खानेपानी तथा सरसफाइ योजनाहरुको सार्वजनिक सुनुवाइ, समिक्षा तथा लेखापरिक्षण र विभिन्न चरणका अनुगमनमा सहयोग गर्ने ।
- कार्यक्रम संयोजक वा फिल्ड निरिक्षकले आवश्यक ठानेका कार्यक्रमसंग सम्वन्धित अन्य कार्यहरु गर्ने ।
आवश्यक शैक्षिक योग्यता,अनुभव तथा सम्वन्धित कार्यमा दक्षता
- प्राविधिक निरिक्षक पदका लागि कुनै पनि मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा पास गरी खानेपानी तथा सरसफाइ क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।
- खानेपानी तथा सरसफाइ योजनाहरुको सर्भेक्षण,डिजाइन तथा लागत इष्टिमेट तयार गर्न सक्ने ।
- Computerर IT सम्बन्धी ज्ञान भएको र खास गरी Excel, Word र खानेपानी योजना सम्वन्धी डिजाइन तथा लागत इस्टिमेट सप्टवयर मा दखल भएको हुनुपर्ने ।
- सर्भे उपकरणहरु (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने ।
अन्य
- समुदाय , उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिगतथा समावेशीका सवालमा सचेत भएको ।
दरखास्त दिने विधि:
आवेदन र ब्यक्तिगत बिवरण सहित vacancy.hurendec@gmail.com ईमेल ठेगानामा यो सुचना प्रकाशित भएको मितिले ९ दिन भित्र (२०८० असोज १४ गते आईतवार सांझ ५:०० बजेसम्म) दरखास्त दिन सकिनेछ । यसरी दरखास्त दिदा बायोडाटामा सन्दर्भ व्यक्तिहरुको (Reference) नाम, सम्पर्क नम्बर, आफ्नो इमेल र सम्पर्क नं. समावेश गर्नुपर्नेछ । म्याद नाघी आएका निवेदनहरु थप छनौट प्रक्रियामा समावेश गरिनेछैनन् र भर्ना समितिले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ ।
कार्यक्रमले सकारात्मक बिभेदिकरण नीति अवलम्बन गर्ने भएकोले महिला, दलित, जनजाति, सीमान्तकृत तथा स्थानीयलाई प्राथमिकता दिईनेछ ।
Overview
Category | Engineering - Civil, Development and Project |
Openings | 2 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 22 Sep, 2023 |
Apply Before | 01 Oct, 2023 |
City | Kalikot |