प्रशिक्षक आबश्यकता सम्बन्धमा ।

Youth Alliance for Development

Details / requirements:

विषय: प्रशिक्षक आबश्यकता सम्बन्धमा ।

मिति: २०८०/०८/२०

विकासका लागि युवा ऐक्यवद्धत (यार्ड) कैलाली र लुथरन वर्ल्ड  रिलिफ (एलडब्लुआर) संगको साझेदारी तथा गोदावरी नगरपालिका लगायत विभिन्न सरोकारवाला निकाय संगको समन्वयमा कैलाली जिल्लाको गोदावरी नगरपालिकामा युवा उद्यमशीलता: उद्यमीहरुको पुस्ता निर्माण परियोजना संचालन गर्न गईरहेको छ । उक्त परियोजनाले गोदावरी नगरपालिकामा बसोबास गर्ने प्लस टु, क्याम्पस पढिरहेका तथा विचैमा छोडेका युवाहरुका लागि उद्यमशिलता र स्वरोजगारका अवसरहरु निर्माण गर्ने उद्देश्य राखेको छ । उक्त उद्देश्य प्राप्त गर्नका लागि परियोजनाले लक्षित युवाहरुलाई बजार सुहाउदो ज्ञान र सीप प्रदान गरी सूचना र व्यवसाय विकासका अवसर तथा सेवाहरुमा पहुँच बढाएर युवाहरुको लागि उद्यमशीलता र स्वरोजगारका अवसरहरु अभिबृद्धि गर्न विभिन्न किसिमका प्राविधिक तालिम प्रदान गर्नुका साथै व्यवसाय विकास सहयोग गर्ने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ । उक्त परियोजनाका लागि निम्न अनुसारका प्राविधिक तालिमहरु संचालन तथा सहजीकरणका लागि प्रशिक्षकहरुको आबश्यकता भएकोले सम्बन्धित विषयको प्रशिक्षणको लागि इच्छुक व्यक्ति, कम्पनी, वा फर्मले यो सूचना प्रकाशित भएको ७ दिन भित्र तपशिलमा उल्लेखित कागजातहरु संलग्न गरी आवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

सि नं

तालिमको विषय

तालिममा सहभागी संख्या

३ महिने मन्टेश्वरी तालिम (३-६ महिने इन्टर्नसिप सहित)

२० जना

१ महिने शिक्षक तालिम (३-६ महिने इन्टर्नसिप सहित)

२० जना

१.५  महिने व्यावसायिक लेखा बिधि तालिम (३ महिने इन्टर्नसिप सहित)

२५ जना

सात दिने फ्लोरिकल्चर तथा नर्सरी व्यवस्थापन तालिम (३-६ महिने इन्टर्नसिप सहित)

१० जना

१५ दिने ब्राइडल (दुलही) फेन्सी चप्पल बनाउने तालिम

२० जना

३ महिने डिजिटल मार्केटिंग तालिम (३ महिने इन्टर्नसिप सहित)

१५ जना

३ महिने ग्राफिक डिजाइनिंग तालिम

१५ जना

प्रशिक्षकका लागि चाहिने योग्यता तालिम र अनुभव सम्बन्धी विवरण: सम्बन्धित विषयमा मान्यता प्राप्त संस्था/विश्व विद्यालयबाट स्नातक उत्तीर्ण गरी शिक्षण/प्रशिक्षणको तालिम लिएको वा सम्बन्धित विषयमा प्रमाण पत्र/डिप्लोमा तह उत्तीर्ण गरी शिक्षण/प्रशिक्षणको तालिम लिएको र कम्तीमा ५ वर्षको कार्य अनुभव भएको वा सम्बन्धीत विषयमा सीप तह - ३ उत्तीर्ण गरी ५ वर्षको कार्य अनुभव भएको ।

पेश गर्नुपर्ने कागजातहरु

  • संस्था दर्ता प्रतिलिपि, स्थायी लेखा प्रमाण पत्र प्रतिलिपि, कर चुक्ता प्रमाणपत्र प्रतिलिपि । (आवेदक संस्था भएको खण्डमा मात्र)
  • सम्बन्धित विषयमा प्रशिक्षण कार्य गरेको र सम्बन्धित विषयमा तालिम प्राप्त बिवरण खुलेको प्रशिक्षकको व्यक्तिगत बिवरण । 
  • प्रशिक्षण शुल्क दररेट ।   
  • सम्बन्धित तालिमको विषयवस्तुर तालिम सहजीकरण विधी तालिका । 
  • प्रशिक्षकको नेपाली नागरिकता प्रमाणपत्र र व्यक्तिगत लेखा प्रमाणपत्रको प्रतिलिपि।

द्रष्टव्य

  • तोकिएको मिति र समय अवधि भित्र प्राप्त नभएका वा रीत नपुगी आएको आवेदन उपर कुनै कारवाही हुने छैन । आवेदन पत्र मिति २०८०।०८।२६ गते दिउँसो ५ बजे भित्र संस्थाको केन्द्रीय कार्यालय धनगढी वा संस्थाको इमेल ठेगाना procurement.yard@gmail.com  मार्फत पेश गर्न सकिनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings Few
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 06 Dec, 2023
Apply Before 12 Dec, 2023
City Kailali