प्रस्तावना पेश (RFP) गर्ने सम्बन्धी सूचना

Integrated Rural Development Society

Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

Details / requirements:

प्रस्तावना पेश (RFP) गर्ने सम्बन्धी सूचना

प्रकाशित मिति: २०८३/०२/१४ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा एकिकृत ग्रामिण विकास समाज (IRDS) महोत्तरीको आयोजनामा सञ्चालित HATEMALO-for Child Wellbeing and Integrated Development Project अन्तर्गत युवाहरूलाई रोजगार मुलक तालिमहरू (CTEVT) बाट मान्याता प्राप्त ३९० घण्टाको तालिम प्रदान गर्नका लागि इच्छुक संस्थाहरूलाई  तल उल्लेखित तालिमहरू आवश्यक्ता अनुसार एकै पटक  वा पटक पटक गरी सञ्चालन गर्नु पर्ने भएकोले योग्य इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी एवं संस्थाहरूबाट यस कार्यालयमा आवेदन गर्न आह्वान गर्दछौँ ।

सञ्चालन गनुपर्ने रोजगार मुलक तालिमहरूको विवरण । 

कोटसन/RFP नं.वस्तु तथा सेवाको विवरणकैफियत
EFO-IRDS-RFP-FY26-02

१) माला पोते (माला पोते बुन्ने) (Level-1)

२) सिलाई कटाई (Tailoring level–2)


दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

१. निवेदन

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)

३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

४. आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. कम्पनी तथा फर्मको प्रोफाइल (Updated)

६. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को आवद्धता प्रमाण पत्रको प्रतिलिपि (नविकरण भएको)

७. सम्बन्धित क्षेत्रमा विगत तिन वर्ष सम्म विभिन्न  निकायहरूसँग कार्य गरेको प्रमाणित गर्ने कागजातहरू । 

८. सम्बन्धित क्षेत्रमा CTEVT बाट मान्यता प्राप्त प्रशिक्षकहरूको बायोडाटा ।

९. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र ।

१०. यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

११. हस्ताक्षर र छाप गरिएको Code of Conduct र Registration form।

शर्तहरू

१. Hard Copy बुझाउदा कोटेशनमा शिलबन्दी सहित नच्यातिएको खाम बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ ।

२. TOR अनुसार Technical & Financial Proposal छुट्टा छुट्टै खामबन्द गरी पठाउनु पर्नेछ । इमेल बाट पठाउदा Financial Proposal लाई Password Protect गरी पठाउनु पर्नेछ ।

३. RFP सँग सम्बन्धि उपलब्ध कागजात रीतपूर्वक भरी (प्रत्येक पानामा सही छाप सहित) शिलबन्दी गरी संस्थाको बर्दीबास स्थित कार्यालयमा स्वयम् उपस्थिति अथवा संस्थाको इमेलमा पासवर्ड राखी मिति २०८३/०२/१८ गते दिनको ५:०० बजे भित्र बुझाउन सकिनेछ ।

४. RFP खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ ।

Links:

Terms of Reference (ToR)

Registration form

Code of Conduct

सम्पर्क

एकिकृत ग्रामिण विकास समाज (IRDS)

बर्दिबास १, महोत्तरी

सम्पर्क फोन नं. ०४४–५५०४०१, ९८०१६६६४१५

इमेल: procurement.irds@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 29 May, 2026
Apply Before 01 Jun, 2026
City Mahottari