प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना
Details / requirements:
प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना
(REF.: WVIN/SIDS/NRL/RFP/2026/002)
प्रकाशित मिति : २०८३/०३/२५ गते
वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिन्धुली एकीकृत विकास समाज (SIDS) सिन्धुलीको आयोजनामा संचालित बाल सम्बृद्ध तथा एकीकृत विकासको लागि हातेमालो परियोजना (IPF/SHIELD) अन्तर्गत परियोजना संचालित गोलन्जोर, फिक्कल र तीनपाटन गाउँपालिकाहरूमा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना/ढाँचा (LDCRF) निर्माण गर्नु पर्ने भएको हुनाले सो योजना/ढाँचा निर्माण गर्न इच्छुक सम्भावित फर्म, कम्पनी, संस्थाहरू तथा व्यक्तिहरूबाट यस कार्यालयमा तल उल्लेखित कागजात सहित मिति २०८३/०३/३१ गते (१५ जुलाई, २०२६) भित्र कार्यालय समयमा दिनको ५ बजे सम्ममा प्रस्तावना पेश गर्न आह्वान गर्दछौ ।
संचालन गर्नुपर्ने कार्यको विवरण
- स्थानीय विपद तथा जलवायु उत्थानशील योजना/ढाँचा (Local Disaster and Climate Resilience Framework) निर्माण ( तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिका)
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:
संस्था तथा कम्पनीहरूको हकमा
१. निवेदन
२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)
३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
४. आर्थिक बर्ष डज्ञरडद्द को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. कम्पनी तथा फर्मको प्रोफाइल
६. सहजकर्ताहरुको व्यक्तिगत विवरण तथा अनुभवको प्रतिलिपीहरू
७. सम्बन्धित क्षेत्रमा विगतमा विभिन्न निकायहरु सँग कारोवार गरेको प्रमाणित गर्ने कागजातहरू ।
८. प्राविधिक तथा वित्तिय प्रस्तावना
९.यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
व्यक्तिहरूको हकमा
१. निवेदन
२. प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपी
३. LDCRF वा विपद सम्बन्धी योजना तथा ढाँचाहरू तयार गरेको प्रमाणको प्रतिलिपीहरू
४. व्यक्तिगत विवरण (बायोडेटा)
५. प्राविधिक तथा वित्तिय प्रस्तावना
(नोट : यदि प्रस्तावना बुझाउने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदाको दिन परेमा सो को भोलिपल्ट दिनको १२ बजे सम्ममा प्रस्तावना पेश गर्न सकिनेछ । प्राविधिक मुल्यांनको लागि प्रस्तावना पेश गर्ने फर्म, कम्पनी वा व्यक्तिहरु सँग TOR अनुसारको प्रस्तुतीकरण गरिने छ । प्रस्तावना बुझाउँदा प्राविधिक तथा वित्तिय प्रस्तावना फरक फरक खाममा शिलबन्दी गरि एउटा मुल खाममा सिड्स नेपाल सिन्धुलीलाई सम्बोधन गरि निर्धारित समयभित्र पेश गर्नु पर्नेछ । समायावधी भन्दा पछि प्राप्त भएको प्रस्तावना मान्य हुने छैन )
आवश्यक सूची दर्ता फाराम तथा TOR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।
https://drive.google.com/drive/folders/1GM9iX5x4oaoY0qkVWPHjTFGQSKhNUE82?usp=sharing
शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना : (Accepted and Valid only Hardcopy)
सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली
कमलामाई–०६, सिन्धुली
फोन नं.: ९८५२०७३२४१/९८४३६०७८६७
इमेल : scm.sids@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 09 Jul, 2026 |
| Apply Before | 15 Jul, 2026 |
| City | Sindhuli |