प्रस्तावना पेस गर्ने सम्बन्धी सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

प्रस्तावना पेस गर्ने सम्बन्धी सूचना 

(REF.: WVIN/SIDS/NRL/RFP/2024/003)

पहिलो पटक प्रकाशित मिति: २०८१/०३/२५ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिन्धुली एकीकृत विकास समाज (SIDS) सिन्धुलीको आयोजनामा सञ्चालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL)  परियोजना को पोषण कार्यक्रम अन्तर्गत गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकाको पोषण पाश्र्वचित्र  (Nutrition Profile) तथा तीनपाटन गाउँपालिका वडा नं. १० को पोषण स्थिती पत्र (Nutrition Status Paper)  तयार गर्नु पर्ने भएको हुनाले सो कार्य गर्नको निम्ति यस संस्थालाई उपयुक्त परामर्शदाता/सहजकर्ताको आवश्यकता भएकाले योग्य तथा इच्छुक सम्भावित इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, संस्थाहरू एवं व्यक्तिहरूबाट यस कार्यालयमा तल उल्लेखित कागजात  सहित मिति २०८१/०३/३१ गते (१५ जुलाई, २०२४) भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न आह्वान गर्दछौँ  ।

सञ्चालन गर्नुपर्ने कार्यको विवरण

  • गाउँपालिका स्तरीय पोषण पाश्र्वचित्र निर्माण तथा वडा स्तरीय पोषण स्थिती पत्र (Nutrition Profiling of Rural Municipality and Nutrition Status Paper of Ward)

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

    १. निवेदन

    २. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)

    ३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि 

    ४. आर्थिक बर्ष 79/80 को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

    ५. कम्पनी तथा फर्मको प्रोफाइल

    ६. सम्बन्धित क्षेत्रमा विगत तिन बर्ष सम्म विभिन्न  निकायहरूसँग कारोवार गरेको प्रमाणित गर्ने कागजातहरू ।

    ७. सम्बन्धित क्षेत्रमा मान्यता प्राप्त प्रशिक्षकहरूको बायोडाटा

    ८. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र

    ९. यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

आवश्यक सूची दर्ता फाराम तथा TOR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।

https://drive.google.com/file/d/10DLTCiLRkd-bvFpzu-TqXdaB8ia_j67r/view?usp=drive_link 

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy)

सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली

कमलामाई–०६, सिन्धुली

फोन नं: ९८६२१२३५७९/९८५२०७३२४१

इमेल: scm.sids@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 09 Jul, 2024
Apply Before 15 Jul, 2024
City Sindhuli