प्रस्तावना आह्वान
Details / requirements:
हिँसा, जोखिम , सुरक्षित छुवाई र असुरक्षित छुवाई सम्बन्धि चित्र पत्ती प्रकाशन सम्बन्धि
प्रस्तावना आह्वान
मिति: ९ मे २०२५
राष्ट्रिय बहिरा महासंघ नेपाल देशभर रहेका सुनाइ सम्बन्धी अपांगता भएका व्यक्तिहरूको छाता संस्था हो । यस महासंघ अन्तर्रगत ७ प्रदेश समिति र ५४ जिल्ला बहिरा संघहरू आवद्ध रहेका छन् । महासंघले नेपाली बहिरा समुदायको पहिलो भाषा नेपाली सांकेतिक भाषाको अनुसन्धान, पहिचान, प्रवर्दन, विकास र विस्तार गर्दै आएको छ सांकेतिक भाषा शब्द संकलन, संकेत निर्माण र शब्दकोश प्रकाशन समेत गर्दै आएको छ । हाल महासंघले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा सेन्स इन्टरनेशनलसँगको साझेदारीमा “नेपालमा समावेशी शिक्षा प्रणाली तथा सेवा सुदृढीकरण” परियोजना कार्यान्वयन गरिरहेको छ । महासंघले अपाङ्गता भएका बालबालिकाको सिकाइ लाइ प्रभावकारी बनाउन शिक्षकका तथा बालबालिकका लागि उपयोगी हुने ३४८ (शब्द संकेत, चित्र र अक्षर सहितका ) वटा शब्द पत्तिहरू यस संस्थाले निर्माण तथा प्रकाशन गर्न लागेको हुदाँ उक्त समग्रीहरूको मुद्रण गर्नका लागि यो तपशिल बमोजिमको प्रस्तावना आह्वान गरिएको छ ।
समावेश गर्नुपर्ने कागजात तथा प्रमाण पत्र
१ | कम्पनीको आधिकारिक लेटरहेडमा NDFN लाई सम्बोधन गरिएको कभर लेटर र सामग्रीको छाप्नका लागी प्रस्तावना सहितको सम्बन्धित कार्यालयको आधिकारीक हस्ताक्षरकर्ताद्वारा विधिवत हस्ताक्षर गरिएको र स्ट्याम्पको सहितको |
२ | दर्ता कागजातहरू (PAN, कर चुक्ता, सम्बन्धित सरकारी प्राधिकरणमा कम्पनी दर्ता प्रमाणित) अनिवार्य छन् । |
३ | खुलेको मिति: ९ मे २०२५ |
४ | पेश गर्ने अन्तिम म्याद: १५ मे २०२५ |
५ | आवेदकहरूको अनुभव विवरण |
६ | मुद्रण सामग्रीको लागि कुल लागत भ्याट, डेलिभरी लागत र वा कुनै अन्य लागत भएमा सो सहित समावेश गरेर पठाउनु पर्ने छ । |
मुद्रण सामग्रीको गुणस्तर:
क. मुद्रण सामग्रीको नाम: हिँसा, जोखिम तथा सुरक्षित र असुरक्षित छुवाई सम्बन्धि चित्र पत्ती
१. आर्ट पपेर
२. ३५० ग्रामको (दुवै पट्टि लेमिनेशन)
३. रङ: ४ रङ (रङ्गिन)
४. साइज: ८ इन्च लम्बाइ र ६ इन्च चौडाई
५. शब्दपत्ति डिजाइन: दुवै तर्फ चित्र
६. १ सेटमा जम्मा: २६ लिफ ( दुवै साइड प्रिन्ट)
मूल्य सम्बन्धि विवरण:
१०० सेट र २०० सेटको फरक फरक मूल्य विवरण खुलाउनु पर्ने
जम्मा: १०० सेटको मुल्य भ्याट सहितको मूल्य स्पष्ट खुलाउने प्रति पिसको मुल्य समेत खुलाउने डिजाइन महासंघले प्रदान गर्न | जम्मा: २०० सेटको मुल्य भ्याट सहितको मूल्य स्पष्ट खुलाउने प्रति पिसको मुल्य समेत खुलाउने डिजाइन महासंघले प्रदान गर्न |
मुख्य जिम्मेवारी:
- बहिरा महासंघको शब्दको डिजाइ समेतको प्रदान गर्ने
- बहिरा महासंघले दिएको ढाँचा र स्वीकृति अनुसार डिजाइन र प्रिन्ट गर्नुपर्ने
- कामको उत्कृष्ट गुणस्तर सुनिश्चित गर्न महासंघको कार्य टोलीसँग परामर्श गर्नुपर्नेछ
- अन्तमा पुस्तक मुद्रणगरि महांसंघलाई हस्तान्तरण गर्नुपर्नेछ
सम्झौताको अवधि:
यो सम्झौता कुनै व्यक्ति वा संस्था संगको सम्झौतामा हस्ताक्षर गरेको मितिदेखि १ महिना सम्मको हुनेछ । सो सम्झौत मुद्रित सामग्री यस महासंघको कार्यालयमा डेलिभर गरेपछि मात्र पूरा हुनेछ । कम्पनी/व्यक्तिले सबै कार्य पूरा गरी अन्तमा निर्माण गरिएका मुद्रित सामग्रीहरू यस कार्यालयमा बुझाउनु पर्नेछ ।
बहिरा महासंघको टोलीले निम्न सहयोग प्रदान
- प्रिन्टको लागि नमुना देखाउने
- आवश्यक भएमा थप सुझावहरू
सुचना तथा तथ्यांङ्क संरक्षण:
काम गर्ने संस्थाले प्राप्त गरेका सुचना जानकारी फोटो भिडियो तथा अन्य सबै डाटा यस महासंघ (NDFN) को सम्पत्ति हुनेछ । यसमा मुद्रण गर्ने सस्थासँग कुनै अधिकार हुनेछैन र यस महासंघको पूर्व स्वीकृति बिना प्रयोग र खुलासा गर्नेपाइने छैन । यस डाटाको उल्लङ्घनलाई कडाइका साथ निषेध गरिएको छ ।
भुक्तानी:
- राष्ट्रिय बहिरा महासंघ (NDFN) ले सम्पूर्ण कार्य सम्पन्न गरी NDFN कार्यालयमा पेश गरी नेपाल सरकारको नियमबमोजिम लागु हुने सबै कर सहित प्रस्तावित कुल रकम (100%) जारी गर्नेछ ।
- नेपाल सरकारको नियम बमोजिमको कर कट्टा गरिनेछ ।
सम्झौताको अन्त्य:
सम्झौता मिति समाप्त भएपछि सम्झौता स्वतः समाप्त हुनेछ। टीओआरमा उल्लेख नभएको कुरा आपसी छलफल र सहमतिबाट समाधान गरिनेछ ।
सम्पूर्ण कागजात हरु इमेल मार्फत - Email: vacancy@deafnepal.org.np वा भौतिक उपस्थितिमा कार्यालयमा बुझाउन सकिनेछ |
राष्ट्रिय बहिरा महासंघ नेपाल, केन्द्रीय कार्यालय
सामखुसी , रानीबारी, काठमाण्डौ
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 09 May, 2025 |
Apply Before | 15 May, 2025 |
City | Kathmandu |