परामर्शदाता तथा सेवा प्रदायक छनोटसम्बन्धी सूचना

National Environment and Equity Development Society (NEEDS Nepal)

Details / requirements:

परामर्शदाता तथा सेवा प्रदायक छनोटसम्बन्धी सूचना

NEEDS Nepal द्वारा BMZ/AWO International को आर्थिक सहयोगमा “Dignified Youth Migration and Advancing Livelihood for Socio-economic Reintegration in Sudurpaschim Province, Nepal” परियोजना डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा १ जनवरी २०२६ देखि ३१ डिसेम्बर २०२८ सम्म सञ्चालन भइरहेको छ ।

परियोजनाअन्तर्गत स्थानीय तहमा आप्रवासनसम्बन्धी तथ्याङ्कको व्यवस्थित व्यवस्थापन तथा प्रभावकारी उपयोग सुनिश्चित गर्ने उद्देश्यले डिजिटल आप्रवासन तथ्याङ्क व्यवस्थापन प्रणालीको विकास तथा स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित सरोकारवालाहरूका लागि दुईदिने प्रयोगात्मक क्षमता विकास तालिम सञ्चालन गर्नुपर्ने भएको छ ।

उक्त कार्य सम्पन्न गर्न आवश्यक प्राविधिक अनुभव, दक्षता तथा योग्यता भएका इच्छुक परामर्शदाता तथा सेवा प्रदायक संस्थाहरूबाट प्राविधिक तथा आर्थिक प्रस्तावसहित आवेदन आह्वान गरिन्छ ।

इच्छुक तथा योग्य परामर्शदाताले सूचना प्रकाशित भएको मितिले ६ दिनभित्र बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत  TOR यस ToR-Digital Migration Data Management Training & Software Development लिंक बाट प्राप्त गर्न सकिने छ ।

आवेदन बुझाउने अन्तिम मिति: २९ नोभेम्बर २०२६

आवेदन पठाउने इमेल:- procurement@needsnepal.org.np

इमेलको विषय:- “Digital System for Migration Data Management”

खरीद समिती

NEEDS Nepal

भीमदत्त नगरपालिका, वडा नं. १८, जनज्योति टोल, महेन्द्रनगर, कञ्चनपुर 

फोनं.:- ०९९–४१८१५०

इमेल:- procurement@needsnepal.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 24 Nov, 2026
Apply Before 29 Nov, 2026
City Kanchanpur