खाद्यान्न सहयोग सामग्री खरिद सम्वन्धि सुचना !!

SOSEC Nepal

Details / requirements:

खाद्यान्न सहयोग सामग्री  खरिद सम्वन्धि  सुचना !!

पहिलो पटक प्रकाशित मिति २०८३ मंसिर महिनाको ९ गते

सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका नागरिकको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले लक्षित समुदायका लागी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।  क) असमानता विरुद्ध वकालत (सामाजिक न्याय), ख) उत्थानशिल जिबिकोपार्जन, ग) सुरक्षा र जिबन रक्षा, घ) स्वच्छता स्वास्थ्य तथा पोषण, ङ) जिवन उपयोगि तथा समावेशी शिक्षा र च) बाल समृद्धि । सोसेक नेपाल महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै आइरहेको छ । 

यस संस्थाको खरिद समितिको मिति २०८३ साल कार्तिक ३० गतेको निर्णय अनुसार यस संस्थाको सहयात्रा तेस्रो परीयोजनको लागी अबश्यक जोखिममा रहेका बालबालिकाहरुलाई आवश्यक तपशिल बमोजिमका  सामाग्रीहरु खरीद गर्नुपर्ने भएकोले तपशिल अनुसार सामाग्रीहरु अपुर्तिका लागी ईच्छुक सप्लायर्सबाट सूचना प्रकाशन भएको मितिले १ दिन (२०८३ मंसिर ९ गते देखी मंसिर  १० गते बेलुकी ५ बजे ) भित्र संस्थामा आवश्यक कागजात र दरभाउ (नमुना सामग्री) सहित संस्थाबाट उपलब्ध फाराम भरि  संस्थाको इमेल procurement@sosec.org.np मा password राखी वा संस्थाबाट उपलब्ध फारमहरु भरि स्वयम वा प्रतिनिधी उपस्थितभई पेश गर्नका लागी यो सुचना प्रकाशन तथा प्रशारण गरिएको छ । 

तपशिल

आवश्यक सामाग्री

१. खाद्यान्न सहयोग सामग्रीहरु

दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरूः

२. फर्म दार्ता नविकरणको प्रतिलिपी 

३. स्थायी लेखा नम्बरको प्रतिलिपी 

४. आ.ब. २०८२/८३ को करचुत्ता प्रमाण पत्रको प्रतिलिपी 

५. नमुना सामग्री

दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरूः 

१. खाममा शिलबन्दी पेश गर्नु पर्ने छ । 

२. तोकिएको समयमा उपलब्ध गराउन सक्ने सप्लायर्सलाई प्राथमिकता दिईने छ । 

३. दरभाउ पत्र खोल्ने समयमा सप्लायर्स आफै अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने छैन । 

४. आवश्यक पर्ने कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन । 

५. केरमेट भएको, दरभाउको मुल्याकन गरिने छैन र कम्पनी तथा ब्रान्डको नाम अनिबार्य उल्लेख गर्नुपर्ने छ l

६. अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ । 

७. दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगानाः  दरभाउ संस्थाको फिल्ड परियोजना कार्यालय जम्बुकाँध दैलेख

८. दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८३ साल मंसिर १० गते बेलुकी ५  बजे सम्म पेश गरि सक्नु पर्नेछ दरभाउपत्र मिति २०८३ मंसिर ११ गते विहान ११ : ३० बजे खोलिने छ । 

९. दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहनेछ ।

Link: Bid Document of Fooding Materials

खरिद समिति, सोसेक, नेपाल

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 24 Nov, 2026
Apply Before 25 Nov, 2026
City Dailekh