परामर्शकर्ता आह्वानको सूचना
Details / requirements:
परामर्शकर्ता आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३ साउन २६ गते
विषय: प्रस्तावनाआह्वानको सूचना ।
उपरोक्त सम्बन्धमा Save The Children र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्वारा सञ्चालित Improved Cook Stove परियोजनामा Household Base Line Survey Training and Base Line Kitchen Performance Test का लागि परामर्शकर्ता तथा प्रशिक्षक आवश्यक पर्ने भएकोले नेपाल सरकारबाट परामर्शकर्ता सेवासँग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको अधिनमा रहि कार्य गर्नका लागि इच्छुक परामर्शकर्ता बाट सूचना आह्वान गरिएको छ ।
सूचना प्रकाशन भएको मितिले ७ औँ दिन अर्थात मिति २०८३ भाद्र १ गते ५ बजे सम्म यस संस्थाको कार्यालयमा वा आधिकारीक इमेलमा दर्ता गराई सक्नु पर्ने छ ।
प्रस्तावना पेश गर्ने इमेल: ptysm.procurement@gmail.com
प्रस्तावना पेश गर्ने ठेगाना: छेडागाड नगरपालिका-५ थलह, जाजरकोट
सेवा उपलव्ध गराउनु पर्ने स्थान: छेडागाड नगरपालिका-५ थलह, जाजरकोट
शर्तहरू
- प्रस्तावना सस्थाले उपलब्ध गराएको फारम मा लेखी पेश गर्नु पर्नेछ ।
- प्रस्तावना तोकिएको मिति र समय भित्र सम्बन्धित कार्यालयमा दर्ता गराई सक्नु पर्ने छ ।
- प्रस्तावना पत्र दाता आफुले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्ने छ । अङ्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
- प्रस्तावना पत्र दाताले शिलबन्दी दरभाउ पत्रको खाम बाहिर फर्मको नाम, ठेगाना र शिलबन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नु पर्ने छ ।
- परामर्श सेवा उपलब्ध गराउने सकिने समय स्पष्ट रुपमा उल्लेख भएको हुनुपर्नेछ ।
- प्रस्तावनापत्र पुर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थालाई हुने छ ।
- प्रस्तावनापत्र सम्बन्धि अन्य थप जानकारी लिनु परेमा यस कार्यालयमा सम्पर्क राख्न सकिने छ ।
- रित नपुगी आएका प्रस्तावना उपर कुनै किसिमका कारवाही हुने छैन ।
दर रेटका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:
१. स्थाई लेखा नम्बर र मु.अ. करमा दर्ता भएको हुनुपर्ने ।
२. आ.व. २०८२/२०८३ सम्मको आयकर चुक्ता भएको प्रमाण पत्र लिएको हुनुपर्ने ।
३. व्यवसाय सेवा दर्ता र नविकरणको प्रमाण पत्रहरु हुनुपर्ने ।
४. परामर्शकर्ता सेवा सम्बन्धी कार्य अनुभव भएको हुनुपर्ने ।
तपशिल:
| S.N. | Description of Goods/Services | Unit | Qty. requested |
| 1 | Consultancy Service for Household Base Line Survey Training and Base Line Kitchen Performance Test | Times | 1 |
NOTE: After training to enumerators, finally, the ICS baseline survey will be done by the partner organization.
Links:
ToR_ICS_Baseline_Assessment_PTYSM
Consultancy Proposal Form_PTYSM
थप जानकारीका लागि
पाँचतारा युवा संरक्षक मञ्च
छेडागाड नगरपालिका-५ थलह, जाजरकोट
कार्यालयको सम्पर्क नं. ९८६७२०३४०५ /९८४८०३६९५६ मा फोन गरी जानकारी प्राप्त गर्न सकिन्छ ।
खरिद समिति
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Request for Proposal - RFP |
| Position Type | Contract |
| Posted Date | 11 Aug, 2026 |
| Apply Before | 17 Aug, 2026 |
| City | Jajarkot |