परामर्श सेवा तथा कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Sagun Agriculture Cooperative Society Ltd.

Agriculture Cooperative

Details / requirements:

सगुन कृषि सहकारी संस्था लिमिटेड

मुख्य कार्यालय इटहरी – १६, पचरुखी, सुनसरी 

परामर्श सेवा तथा कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रकाशित मिति २०७९/०४/११  गते

१ नं. प्रदेश सरकार कृषि मन्त्रालय र यस सहकारी संस्थाको सहकार्यमा आधुनिक कृषियन्त्रहरु कृषकहरुलाई शुलभ मुल्य (भाडा)मा उपलब्ध गराउने उद्देश्यले इनरुवा, सुनसरीमा स्थापना भएको कष्टम हायरिङ्ग सेन्टर(Custom Hiring Centre)CHC लाई  थप प्रवर्धन र ब्यवस्थापन गर्नु पर्ने भएकोले देहाय बमोजिमको कार्य सम्पादन गर्ने गरी परामर्श सेवा तथा कर्मचारी आवश्यकता भएकोले २०७९ श्रावण २२ गते भित्र इच्छुक व्यक्ति, फर्म, कम्पनि तथा संस्थाहरुबाट आवेदन पेश गर्नहुन यो सूचना प्रकाशीत गरिएको छ ।



१. इच्छुक व्यक्ति, फर्म, कम्पनि तथा संस्थाहरुले २०७९ श्रावण २२ गते भित्र संस्थाको मुख्य कार्यालय इटहरी –१६, पचरुखीमा कार्यालय समय भित्र सिलबन्दी गरिएको निवेदन पेश गर्नुपर्नेछ । यो म्याद पछि प्राप्त कागजातहरू स्वीकार गरिने छैन । इच्छुक व्यक्ति, फर्म, कम्पनि तथा संस्थाहरुले यस संस्थाको आधिकारिक इमेलः sagun.agrimechanization@gmail.com मार्फत आफ्नो आवेदन र कागजातहरू इलेक्ट्रोनिक रूपमा समेत पेश गर्न सक्नेछन् । 

२. इच्छुक व्यक्ति फर्म, कम्पनि तथा संस्थाहरुले ब्यक्तिगत विवरण तथा संस्थागत जानकारी सहित फर्म कम्पनी दर्ता, पान(भ्याट) दर्ता  प्रमाणपत्र, कर चुक्ता प्रमाण, नागरीकता, शैक्षिक योग्यताको प्रमाणपत्र र यस अघि समान प्रकृतिको कार्य सम्पादन गरेको भए सोको विवरण सहितको प्रमाण प्रतिलिपी फोटोकपि साथमा संलग्न गरी निवेदन दिनु पर्नेछ ।

३. इच्छुक फर्म, कम्पनि तथा संस्थाहरुले निवेदन साथ उल्लेखित कार्य सम्पादन गर्न सक्ने संस्थागत मानव स्रोतको ब्यक्तिगत विवरण, तथा शैक्षिक योग्यताको प्रमाण, कार्य अनुभवको विवरण सहित प्रमाण निवेदन साथ पेश गर्नु पर्नेछ ।

४. यस सूचना सम्बन्धि अन्य थप कुरा बुझ्नु परेमा संस्थाको मुख्य कार्यालय इटहरी १६, पचरुखीमा वा फोन नं. ९८५२०५६९३५, ९८५२०४८८२७ कार्यालय समयमा वा sagun.agrimechanization@gmail.com मा इमेल मार्फत सम्पर्क राखी बुझ्न सकिने छ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 27 Jul, 2022
Apply Before 07 Aug, 2022
City Itahari, Sunsari