प्रबन्धक (Manager)
Details / requirements:
कर्मचारी आबश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८१/०३/०९ गते)
राजपुर नगरपालिका भित्रका खानेपानी आयोजनाहरुको दीगो व्यवस्थापन गर्ने गराउने प्रयोजनका लागि नगरपालिकामा राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड ऐन २०७९ अन्तर्गत राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड गठन भएको छ । उक्त बोर्डका कार्यक्रमहरु संचालन तथा कार्यान्वयनका लागि देहाय बमोजिमको कर्मचारी करारमा भर्ना गर्न आवश्यक रहेकाले नेपाली नागरिकहरुलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रीत पूर्वकको दरखास्त आह्वान गरिन्छ ।
तपसिल
विज्ञापन नं. | ०३/२०८०/२०८१ |
पद: | प्रबन्धक |
आवश्यक संख्या: | १ (एक) |
योग्यता: | मान्यता प्राप्त शैक्षिक संस्था बाट व्यवस्थापन, बाणिज्य शास्त्र, मानवीकी वा सिभिल इन्जिीनियरिङ संकायमा स्नातकतह उत्तीर्ण । |
सेवा सुविधा: | नेपाल सरकारको (अधिकृत छैठौं तह) प्रचलित स्केल रहने गरी ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले निर्धारण गरी तोकिदिए बमोजिम हुनेछ । |
कार्य अवधि: | ६ महिना परिक्षणकाल रहने छ । कार्य मुल्यांकनको आधारमा कार्य अवधी थप हुन सक्ने छ । |
आवेदन दिने अन्तिम मिति: | २०८१/०३/१५ गते, साँझ ५:०० बजेसम्म । (आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदाको दिन पर्न गए, त्यस दिनको भोलिपल्ट कार्यालय समयभित्र आवेदन दिन सकिनेछ । ) |
आवेदन दिने विधि: | खित निवेदन, दस्तुर जम्मा गरेको भाउचर, बायोडाटा (कम्तिमा २ जना च्भाभचभलअभ सहित), नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको कागाजातको प्रतिलिपि सहित राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डको कार्यालय राजपुर–५, फतुवा, रौतहटमा उपस्थित भइ आवेदन पेश गर्न सकिनेछ । |
आवेदन दस्तुर: | रु. ५००।– (पाँच सय मात्र), बोर्डको नाममा नेपाल एस.बि.आई बैंकको राजपुर शाखामा रहेको च.खा.नं. ४३६२५२४०२००१५८ मा जम्मा गर्नु पर्नेछ । |
परीक्षाको किसिम: | लिखित र अन्तर्वार्ता । (छोटो सूची (Short List) मा छनौट भएका उम्मेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्तामा सामेल गराइनेछ । |
प्राथमिकता: | संस्थाले साकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग तथा स्थानियलाई प्राथमिकता दिइने छ । |
अनुभव तथा सीप:
- खानेपानी सरसफाई र स्वच्छता (WASH), खानेपानी व्यवस्थापन र शुशासन सम्बन्धी प्राविधिक ज्ञान भएको र उक्त क्षेत्रमा कम्तीमा ५ बर्षको कार्यानुभव भएको ।
- खानेपानी आयोजना तथा सहकारी वा समुदायमा आधारीत संस्थाहरुको व्यवसायिक योजना तर्जुमा तथा कार्यान्वयनमा अनुभव भएको ।
- खानेपानी योजनाको महशुल निर्धारण प्रकृयाको अनुभव भएको ।
- सरकारी, गैर सरकारी संस्था तथा निजी क्षेत्र संग समन्वय र साझेदारी को अनुभव भएको ।
- कुशल नेतृत्व तथा कुशल व्यवस्थापकिय क्षमता भएको र आफ्नै पहलमा कार्यहरु सम्पादन गर्ने क्षमताभएको ।
- योजना तयारी, समन्वय, कार्यान्वयन र प्रतिवेदन लेखनमा राम्रो दख्खल भएको ।
- नेपाली र अंग्रेजी दुवैमा राम्रो संचार कौशलभएको ।
- कम्प्यूटर अफिस प्याकेज (वर्ड, एक्सेल, पावरप्वइन्ट, इमेल, इन्टरनेट आदि) मा निपुण भएको ।
- लैङ्गिक र सामाजिक समावेशिकरणका साथै लैङ्गिक संवेदन शील कार्यमा प्रतिवद्ध ।
- हालकुनै पनि राजनैतिक पार्टीको पद धारण नगरेको ।
व्यवस्थापकको जिम्मेवारी/कार्य बिवरण (JD):
ऐनको दफा १५ मा लेखिएका काम कर्तव्य र अधिकारका अतिरिक्त व्यवस्थापकको काम कर्तव्य र अधिकारहरु देहाय बमोजिम रहनेछन् ।
- बोर्डको प्रशासकीय प्रमुखको रुपमा बोर्डको सामान्य प्रशासन तथा बोर्डका कर्मचारीहरुको प्रशासनिक तथा नियमित कार्य सम्पादन मुल्यांकन गरि कार्यसमिति समक्ष अर्धबार्षिक रुपमा पेश गर्ने ।
- बोर्डमा कार्यरत आफु मातहतका कर्मचारिहरुको आवश्यकता अनुसार क्षमताअभिबृद्धि गर्ने गराउने ।
- समितिको निर्णय तथा निर्देशनका र्यान्वयन गर्ने गराउने ।
- बोर्डको लागि आवश्यक कर्मचारी नियुक्तिको लागि कार्यकारी समिति समक्ष सिफारिस गर्ने ।
- बोर्डको अल्पकालीन तथा दीर्घका लीन योजना, वार्षिक कार्यक्रम र बजेट तयार गर्ने गराउने तथा कार्य समिति बाट स्वीकृत गराई सोहि अनुसारको कार्यक्रम कार्यान्वयन गर्ने गराउने ।
- बोर्डले सञ्चालन गरेका कार्यक्रमहरुको नियमित अनुगमन गर्ने ।
- अनुगमनबाट प्राप्त विवरणको आधारमा प्रतिवेदन तयार गरी कार्यकारी समिति समक्ष पेश गर्ने।
- बोर्डको अध्यक्षको निर्देशनमा बैठक आह्वान गर्ने, बैठकको एजेण्डा तय गर्ने ।
- कार्यकारी समितिबाट स्वीकृत हुनु पर्ने प्रस्तावहरु समितिसमक्ष पेश गर्ने
- बोर्डको स्वीकृत बजेट तथा कार्यक्रमको अधीनमा रहीआवश्यक रकमखर्च गर्ने र अपुग बजेट विभिन्नश्रोतहरुबाट खोजी तथा पहिचान गरि आवश्यक समन्वय गर्ने ।
- आर्थिक क्रियाकलाप/कारोबारको लेखा अनलाइनमा व्यवस्थित ढंगले राख्न सुनिश्चित गर्ने ।
- बोर्डको कोषको आन्तरिक नियञ्त्रणको उचितप्रवन्ध गर्ने ।
- बोर्डको कोष सञ्चालन कार्य विधि तयार गरी स्वीकृतिका लागि समिति समक्ष पेश गर्ने ।
- बोर्डको वार्षिक प्रतिवेदन (प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन) तयार गरी कार्य समिति समक्ष पेश गर्ने ।
- बोर्डको बर्षिक साधारण सभा आयोजना तथा संचालनमा नेतृत्वलिने ।
- ऐन वा नियमावलीको अधीनमा रही बोर्डको कर्मचारीहरुको सेवा काशर्त सम्वन्धी निर्देशिका तयार गरी स्वीकृतिका लागि कार्य समिति समक्ष पेश गर्ने ।
- बोर्डले संचालन गरेका कार्यक्रमहरु त्था आर्थिक कारोबारहरुको बार्षिक लेखा परिक्षण गराउने ।
- विद्यमान खानेपानी उपभोक्ता समितिलाई बोर्ड मोडलमा आवद्ध भई केन्द्रिकृत रुपमा खानेपानी व्यवस्थापनका लागि अभिप्रेरित गर्ने गराउने ।
- खानेपानी सेवा प्रणाली प्राप्त, निर्माण, विस्तार, सुधार तथा पुन स्र्थापना गर्ने गराउने ।
- खानेपानीको स्रोतको पहिचान, वितरण तथा सरसफाई सम्वन्धमा आवश्यक कार्य गर्ने गराउने ।
- बोर्ड मोडल (व्यवसायिक मोडल) मार्फत गाउँपालिकाका उपभोक्ताहरुलाई स्वच्छ खानेपानीमा पहुँचका लागि गुणस्तरिय र प्रभावकारी रुपमा खानेपानी तथा सरसफाई सेवा र मर्मत सम्भार सेवाउपलब्ध गराउने र सेवावापतको महशुल संकलन गर्ने गराउने ।
- खानेपानी सेवातथा मर्मत सम्भार सेवाको बैज्ञानीक पद्दती (व्यवसायिक योजनातर्जुमा) बाट मूल्य निर्धारण गरि प्रचलित कानुन बमोजिम सेवाको महशुल दर निर्धारण गर्ने गराउने ।
- कुनै संघ संस्था तथा निकायसँग सह लगानीमा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी क्रियाकलाप गर्ने गराउने ।
- सरकारी, गैर सरकारी, दातृ निकाय तथा निजि क्षेत्र संग खानेपानीको सेवा निर्माण, मर्मत सुधार तथा संचालनका लागि समन्वय र साझेदारी गर्ने ।
- बोर्डले अनुमोदन तथा स्विकृत गरेका निति नियम तथा कार्य बिधीहरु कायान्वयन गर्ने गराउने ।
- खानेपानी आयोजनाको दिगोपना संग सम्बन्धित अध्ययन र अनुसंधानका कार्यहरुको नेतृत्वलिने ।
- अनलाइन प्लेटफर्ममा खानेपानीका उपभोक्ताहरुको विवरण तथा: क्ष्क् अध्यावधिक राख्ने वा राख्नलगाउने ।
- बोर्डको कार्य समितिले तोके बमोजिमका अन्य कार्यहरु गर्ने ।
विस्तृत जानकारीको लागि
राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड
राजपुर–६, फतुवा, रौतहट
सम्पर्क: ९८६२२९००८३, ९८४५३८०६२०
ईमेल: rdsmb2079@gmail.com
Overview
Category | Administrative / Management, Development and Project, Development / NGO |
Openings | 1 |
Position Type | Full Time, Contract |
Position Level | Senior Level |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 23 Jun, 2024 |
Apply Before | 29 Jun, 2024 |
City | Rautahat |