नियर पियर (Near Peer) आवश्यकता सम्बन्धि सूचना
Details / requirements:
दिब्य विकास स्रोत केन्द्र, पर्सा
नियर पियर (Near Peer) आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशित मितिः २०८०/०६/२२
आवेदन दिने अन्तिम मितिः २०८०/०७/०६ गते बेलुका ५ बजे सम्म
दिब्य बिकास स्रोत केन्द (DDRC), पर्सा बि.स २०५० सालमा पर्सा जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । संस्थाले महिला पुरुष, किशोर किशोरी तथा बालबालिकालाई संगठित गरी उनीहरूलाई सम्मान र्पूवक बाँच्न पाउन वातावरणको सृजना गर्ने, सिमान्तकृत विपन्न र सामाजिक रुपमा पिछडिएका महिला, किशोरी र युवालाई आर्थिक रुपमा सवल बनाउने, समाजमा रहेका सबै वर्ग र जातजातिलाई शान्तिर्पूवक जिउनको लागी समाजमा रहेका विभेदलाई न्यूनिकरण गर्नको लागी वकालत गर्ने, संस्थागत तथा व्यतिगत विकास गरी सुशासन कार्यन्वयनका लागि पहल गर्दै सुशासनको क्षेत्रमा नेतृत्व प्रदान गर्ने र विद्यालय बाहिर रहेका सिमान्तकृत तथा अपाङ्गता भएका किशोरिहरूको सशक्तिकरण गर्ने आदि जस्ता कार्यहरू आफ्नो स्थापना काल देखि नै विभिन्न सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा काम गर्दै आईरहेको छ ।
USAID Adolescent Reproductive Health परियोजना CARE NEPAL को Association of Youth Organizations Nepal (AYON), Howard Delafield International HDI, Jhpiego, and Nepal CRS Company सँगको सयुक्त साझेदारीमा दिब्य विकास स्रोत केन्द्र (DDRC), पर्साद्वारा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशारीहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उदेश्य भनेको किशोर किशारीहरूलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरूलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।
यसै अनुरुप दिब्य बिकास स्रोत केन्द पर्साले केयर नेपालसँगको साझेदारीमा पर्सा जिल्लाको ४ वटा पालिकाहरू पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र जगरनाथपुर गाउँपालिकामा USAID किशोर किशोरी प्रजनन् स्वास्थ्य ARH परियोजना सञ्चालन गरिरहेको छ । यस कार्यक्रमका लागि तपसिलमा उल्लेखित युवा स्वयंसेवकको पदपुर्ति गर्नुपर्ने भएकोले तोकिएको मापदण्ड अनुसार नेपाली नागरिकहरूले आवेदन पेश गर्नुहुन आह्वान गरिन्छ ।
आवश्यकः नियर पिअर (युवा स्वयंसेवक)
१. विज्ञापन नंबरः १/२०८०/२०८१
पद | नियर पियर (Near Peer) |
रिर्पोट गर्ने | ARH and GESI Officer |
समन्वय तथा सहकार्य | ARH Facilitators / Resource Person सँग समन्वय तथा सहकार्य गर्नु पर्ने । |
कार्यक्षत्र | पर्सा जिल्लाको ४ वटा पालिकाहरू पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र जगरनाथपुर गाउँपालिका |
आवश्यक संख्या | ४ जना ( प्रत्येक पालिकामा १-१ जना) |
संस्थाको नाम | दिब्य बिकास स्रोत केन्द पर्सा |
यस पदको मुख्य उदेश्य | नियर पियरको मुख्य भुमिका भनेका विद्यालयमा र समुदायमा रहेको किशोर किशोरी समुहमा सामाजिक विश्लेषण तथा कार्य सम्बन्धि सत्र सञ्चालन गर्ने तथा आवश्यक अभिलेखिकरण गरी रिर्पोटिङ गर्ने रहेको छ । विद्यालयमा र समुदायमा रहेको किशोर किशोरी समुहमा सञ्चालित सामाजिक विश्लेषण तथा कार्य सम्बन्धि सफलताको कथा तयार पार्ने रहेको छ । नियर पियरले ARH and GESI Officer, ARH facilitator, Resource Person सँगको समन्वय तथा सहकार्यमा काम गर्नु पर्नेछ । |
JD LINK: https://drive.google.com/uc?export=download&id=17p3CdzTGBoS7xlsyer7HzMuBiyluyTP-
आवश्यक कागजात
१.अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा
२.आवेदन पत्र
३.नेपाली नागरिकताको प्रमाण पत्र
४.शैक्षिक प्रमाण पत्र र कार्य अनुभवका प्रतिलिपीहरू
आवेदन गर्ने प्रकृया
सन्दर्भ व्यक्तिहरुको (References) नाम, सम्पर्क नम्बर र इमेल, र आफ्नो इमेल र सम्पर्क नम्बर सहितको अध्यावधिक गरेको व्यक्तिगत विवरण वायोडाटा, निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी लिई कार्यालयमा स्वयम् वा अन्य व्यक्ति उपस्थित भई वा हुलाक वा ईमेल vacancydycparsa@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा नियर पियर (Near Peer) पदको लागि आवेदन भनेर खुलाउनुहोला ।
यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय आवेदकहरूलाई प्राथमिकता दिईनेछ ।
दरखास्त दिने अन्तिम मितिः इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको biodata सहित १५ दिन भित्र (२०८०/०७/०६ (२३ अक्टुवर २०२३) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजे सम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।
दरखास्त पेश गर्ने स्थान
दिब्य विकास स्रोत केन्द्र, पर्सा
वीरगंज–११, फुलवारी टोल, वीरगंज, पर्सा, नेपाल
सम्पर्क टेलिफोन ०९७७-०५१-५३४०५० / ९८६३८१४१६३
Email: vacancydycparsa@gmail.com
Overview
| Category | Public Health, Development Project |
| Openings | 4 |
| Position Type | Full Time |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 09 Oct, 2023 |
| Apply Before | 23 Oct, 2023 |
| City | Parsa |