निर्माण कार्यको लागि टेण्डर (शिलबन्दी दरभाउ पत्र) आह्वान सम्बन्धि सूचना

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

निर्माण कार्यको लागि टेण्डर (शिलबन्दी दरभाउ पत्र) आह्वान सम्बन्धि सूचना 

(प्रथम पटक प्रकाशित मिति: २०८०/०६/१२)

यस पहाडी क्षेत्र विकास अभियान (एच.आर.डि.सी.)केयर नेपालविचको साझेदारीमा सञ्चालन भइरहेको दुर्गम समुदायमा मातृ स्वास्थ्य सेवाको पहुँचमा अभिबृद्धि परियोजना अन्तरगत कर्णाली प्रदेश, जाजरकोट जिल्लामा तपशिलमा उल्लेखित ब्रथिङ सेन्टर निर्माण कार्य गर्नुपर्ने भएकोले अनुभवी एवं इच्छुक इजाजत प्राप्त फर्म/कम्पनीहरुबाट फर्म दर्ता प्रमाण पत्र (नवीकरण सहित), भ्याट दर्ता प्रमाण पत्र, पछिल्लो कर चुक्ता प्रमाणपत्र, अनुभवको प्रमाण पत्र, फर्म/कम्पनीको अन्तिम पाँच बर्षको वित्तिय अवस्था आदिको प्रतिलिपि संलग्न राखी निम्न स्थान मध्ये कुनै एक स्थानमा मिति २०८० साल असोज २६ गते दिउँसो १२:०० बजे भित्र रितपूर्वकको शिलबन्दी दरभाउपत्र (टेण्डर) आह्वान गरिन्छ । टेण्डर फाराम सोही स्थानबाट प्रति सम्झौताको रु.३,०००।– (फिर्ता नहुने गरी) यस पहाडी क्षेत्र बिकास अभियान को नाममा रहेको नेपाल बैंक लिमिटेड जाजरकोट शाखाको खाता नं. ०७५००१०११८८६९४०००००१ मा जम्मा गरेको सक्कलै बैङ्क भौचर सहित फर्म/कम्पनीबाट आधिकारीक व्यतिmको अख्तियारी पत्र भएमा मात्र प्राप्त गर्न सकिने छ । Website: https://carenepal.org/notice बाट टेण्डर डकुमेण्ट डाउनलोड गरेमा माथि उल्लेखित बैक खातामा प्रति सम्झौताको रु ३०००।– (फिर्ता नहुने गरी) टेण्डर डकुमेण्ट बुझाउन आउँदा उक्त सक्कल बैक भौचर पेश गर्नुपर्ने छ । 

क) गर्नुपर्ने काम र स्थान

SN

Contract No.

Work description and locations

Bid security (NRs)

1

01/IAMR/2023

Birthing center Construction including visitor toilet at Bhargau Basic  Health Post, Nalgaad Municipality-06 Bhargau , Jajarkot

1,80,000/-

2

02/IAMR/2023

Birthing center construction including visitor toilet at Rawatgau  Basic Health , Nalgaad Municipality-10 Rawatgau , Jajarkot

1,80,000/-

ख) टेण्डर डकुमेण्ट लिन र बुझाउन सकिने स्थान:

सि.नं.

कार्यालय/स्थान

ठेगाना

पहाडी क्षेत्र बिकास अभियान (HRDC) केन्द्रीय कार्यालय

भेरी नगरपालिका वडा नं.४, गैरीखाली सम्पर्क नं ०८९-४३००८९

Website: https://carenepal.org/notice बाट टेण्डर डकुमेण्ट हेर्न र डाउन लोड गर्न सकिने छ ।

Website: https://carenepal.org/notice  बाट प्राप्त टेण्डर डकुमेण्ट डाउनलोड गरी रितपूर्वक शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्ने छ ।

ख) टेण्डर बिक्रि गर्न सकिने मिति: २०८०/०६/१२ देखि २०८०/०६/२५ दिउँसो ५:०० बजे सम्म (सार्वजनिक बिदा बाहेक) ।

ग) टेण्डर सम्बन्धी पूर्व जानकारी बैठक (pre-bid meeting) मिति र स्थान: २०८०/०६/२२ बिहान १२:३० बजे, पहाडी क्षेत्र विकास अभियान केन्द्रिय कार्यालय, भेरी नगरपालिका  वडा नं. ४, जाजरकोट वा सोही दिन अनलाइन बैठकमा आउन चाहेमा यस संघको इमेल ठेगाना: hrdcprocument@gmail.com मा मिति २०८०/०६/२१ गते भित्र अनुरोध गर्नुपर्नेछ ।

घ) टेण्डर डकुमेण्ट बुझाउने अन्तिम मिति: २०८०/०६/२६, दिउँसो १२:०० बजे सम्म ।

ङ) टेण्डर डकुमेण्ट खोल्ने मिति: २०८०/०६/२६, दिउँसो २:०० बजे । पहाडी क्षेत्र विकास अभियान ,गैरीखाली ,जाजरकोट। 

टेण्डर बुझाउने सम्बन्धि आवश्यक जानकारीको लागि सम्पर्क नं.: ०८९-४३००८९/९८४८१३५९२८

च) बालसंरक्षण नितिको पुर्णरुपमा पालना गर्नुपर्नेछ ।

नोट: टेण्डर स्वीकृति तथा अस्वीकृति सम्बन्धी सम्पूर्ण अधिकार पहाडी क्षेत्र बिकास अभियान,जाजरकोटमा निहित हुनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 29 Sep, 2023
Apply Before 13 Oct, 2023
City Jajarkot