निर्माण कार्यको लागि टेण्डर (शिलबन्दी दरभाउ पत्र) आह्वान सम्बन्धि सूचना

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

Hilly Region Development Campaign (HRDC) Jajarkot 

Est. 2055, DAO Reg. No. 35/054/055, SWC- 9549, PAN 301735647

निर्माण कार्यको लागि टेण्डर (शिलबन्दी दरभाउ पत्र) आह्वान सम्बन्धि सूचना

(पहिलो पटक प्रकाशित मिति: २०८२/०९/२३)

यस पहाडी क्षेत्र विकास अभियान (एच.आर.डि.सी.) र केयर नेपालबिचको साझेदारीमा सञ्चालित साक्षरता परियोजना अन्तर्गत कर्णाली प्रदेश, जाजरकोट जिल्लामा तपशिलमा उल्लेखित सामुदायीक भबन निर्माण कार्य गर्नुपर्ने भएकोले अनुभवी एवं इच्छुक इजाजत प्राप्त फर्म/कम्पनीहरूबाट फर्म दर्ता प्रमाण पत्र (नवीकरण सहित), भ्याट दर्ता प्रमाण पत्र, पछिल्लो कर चुक्ता प्रमाणपत्र, अनुभवको प्रमाण पत्र, फर्म/कम्पनीको अन्तिम पाँच बर्षको वित्तिय अवस्था आदिको प्रतिलिपि संलग्न राखी मिति २०८२ माघ ०७ गते दिउँसो १२:०० बजे भित्र रितपूर्वकको शिलबन्दी दरभाउपत्र (टेण्डर) आह्वान गरिन्छ । टेण्डर फाराम प्रति सम्झौताको रु.३,०००।– (फिर्ता नहुने गरी) यस पहाडी क्षेत्र बिकास अभियान को नाममा रहेको नेपाल बैंक लिमिटेड जाजरकोट शाखाको खाता नं. ०७५००१०११८८६९४०००००१ मा जम्मा गरेको सक्कलै बैंक भौचर सहित फर्म/कम्पनीबाट आधिकारीक व्यक्तिको अख्तियारी पत्र भएमा मात्र प्राप्त गर्न सकिने छ । Website https://carenepal.org/notice मा २०८२ पौष २३ गते बाट टेण्डर डकुमेण्ट डाउनलोड गरेमा माथि उल्लेखित बैंक खातामा प्रति सम्झौताको रू ३०००।– (फिर्ता नहुने गरी) टेण्डर डकुमेण्ट बुझाउन आउँदा उक्त सक्कल बैंक भौचर पेश गर्नुपर्ने छ ।

क) गर्नुपर्ने काम र स्थान

Z

ख) टेण्डर डकुमेण्ट लिन र बुझाउन सकिने स्थान:

2Q==

ग) टेण्डर बिक्रि गर्न सकिने मिति: २०८२/०९/२३ देखि २०८२/१०/०६ दिउँसो ४:०० बजे सम्म (सार्वजनिक बिदा बाहेक) ।

घ) टेण्डर सम्बन्धी पूर्वजानकारी बैठक  (pre-bid meeting) मिति र स्थान: २०८२/१०/०४, बिहान १२:३० बजे, पहाडी क्षेत्र विकास अभियान केन्द्रिय कार्यालय, भेरी नगरपालिका वडा नं. ४, जाजरकोट वा सोही दिन अनलाइन बैठकमा आउन चाहेमा यस संघको इमेल ठेगानाः hrdcprocument@gmail.com मा मिति २०८२/१०/०३ गते भित्र अनुरोध गर्नुपर्नेछ ।

ङ ) टेण्डर डकुमेण्ट बझुाउने अन्तिम मिति: २०८२/१०/०७ दिउँसो १२:०० बजेसम्म ।

च) टेण्डर डकुमेण्ट खोल्ने मिति: २०८२/१०/०७, दिउँसो २:०० बजे । पहाडी क्षेत्र विकास अभियान ,गैरीखाली ,जाजरकोट।

टेण्डर बुझाउने सम्बन्धि आवश्यक जानकारीको लागि सम्पर्क नं.: ०८९–४३००८९/९८४८१३५९२८

छ) बालसंरक्षण नितिको पुर्ण रूपमा पालना गर्नुपर्ने छ ।

नोट: टेण्डर स्वीकृति तथा अस्वीकृति सम्बन्धी सम्पूर्ण अधिकार पहाडी क्षेत्र बिकास अभियान,जाजरकोटमा निहित हुनेछ ।

Link:

BID Document-Community Building