Monitoring, Evaluation, and Documentation Officer

Aasaman Nepal

Aasaman Nepal (ASN) ‘A pioneer organization for education and nutrition’, is one of the leading Terai based NGOs led and managed by social activists since its establishment in Dhanusha, Janakpur in 1999. ASN has been engaged in developing and implementing programs aimed at protection, promotion and fulfillment of child rights in Nepal. Currently ASN has been working in 17 districts under 6 Thematic Areas as: Education/Child Protection, Women Empowerment, Livelihood/ Natural Resource Management, Disaster Risk Reduction, Health/ Nutrition and Good Governance.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

विज्ञापन प्रकाशित मिति: २०७९/१०/१०

आवेदन दिने अन्तिम मिति: २०७९/१०/१७

आसमान नेपाल अभियानकर्ता युवाहरुको अगुवाइमा जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता तथा समाज कल्याण परिषदमा आवद्ध भइ समुदायको जीवनमा गुणात्मक सुधारको लागि अधिकारमा आधारित भएर समुदाय परिचालनको माध्यमबाट काम गर्ने एक राष्ट्रिय गैरसरकारी संस्था हो । यसले बालबालिका तथा सिमान्तकृत समुदायप्रती समर्पित भई विगत २३ बर्ष देखी विभिन्न सरकारी तथा अंरगैरसरकारी संस्थाहरुसंगको साझेदारी र सहकार्यमा मधेश प्रदेश लगायत देशका १८ वटा जिल्लाहरुमा महिला, किशोरकिशोरी तथा बालबालिकाहरुको आधारभूत स्वास्थ तथा पोषण, आधारभूत गुणस्तरिय शिक्षा तथा बालसंरक्षण, खाद्य सुरक्षा तथा जीविकोपार्जन, महिला सशक्तिकरण, सुशासन, विपद् व्यस्थापनलगायतको क्षेत्रमा समुदायको जीवनमा गुणात्मक सुधारको लागि समुदाय परिचालनको माध्यमबाट अनवरत सहयोग गर्दै आइरहेको छ ।

CARE NEPAL को नेतृत्वमा Associations of Youth Organizations Nepal (AYON), Howard Delafield International, Jhpiego and CRS Company तथा आसमान नेपाल को संयुक्त साझेदारीमा संचालित “USAID Adolescent Reproductive Health” परियोजना १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गराउन सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोरकिशोरीहरुलाई प्रजनन् स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा स्वस्थ निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पूर्ण क्षमताको विकास गर्नु रहेको छ ।

यो कार्यक्रम धनुषा जिल्लाको आठ वाटा पालिकाहरु: (१) शहिद नगर, (२) गणेशमान चारनाथ, (३) कमला, (४) हंसपुर, (५) मिथिला बिहारी, (६) सबैला, (७) धनुषाधाम, र (८) छिरेश्वरनाथ पालिकामा संचालन हुनेछ । यस कार्यक्रमका लागि तपसिलमा उल्लेखित कर्मचारीको पदपुर्ति गर्नुपर्ने भएकोले तोकिएको मापदण्ड पुगेका नेपाली नागरिकहरुले आवेदन पेश गर्नुहुन आह्वान गरिन्छ ।

1. Monitoring, Evaluation, and Documentation Officer- 1 Nos. based in Janakpur.

न्यूनतम योग्यता, अनुभव तथा सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (जनस्वास्थ्य, ज्ञान व्यवस्थापन, जनसंख्या, विकास अध्ययन, अनुसन्धान, सामाजिक विज्ञान तथा विश्लेषण) मा स्नातक गरि सम्बन्धित क्षेत्रमा ३ वर्षको कार्य अनुभव भएको, संख्यात्मक र गुणात्मक तथ्यांक संकलन तथा विश्लेषण एवम् स्वास्थ्य सक्बन्धी कार्यक्रम कार्यान्वयन गरेको अनुभव भएको ।

मुख्य भूमिका र जिम्मेवारीहरु: ARH MEL योजना अनुसार अनुगमन गर्ने, राम्रा अभ्यासहरुको अभिलेखिकरण गर्ने र परियोजना परिणाम ढाँचाको आवधिक डेटा संकलन गर्ने । परियोजनाको टिमलाई प्राविधिक सहयोग प्रदानगरि प्रभावकारी रुपमा परियोजना डेटा संकलन गर्ने ।

विस्तृत कार्य विवरण  http://bit.ly/3Wrbk8Q

इच्छुक उम्मेदवारहरूले पेश गर्नुपर्ने आवश्यक कागजातहरु:

१. व्यक्तिगत विवरण (Biodata) र बायोडाटामा एक प्रति पासपोर्ट फोटो राखेको हूनुपर्ने । विवरणमा पहिले काम गरेको निकायबाट २ जना सन्दर्भ व्यक्तिहरुको (References)  नाम, सम्पर्क नं., ईमेल, कार्यालय र पद उल्लेख गर्नुपर्ने ।

२. शैक्षिक योग्यताका प्रमाणपत्र, तालिमका प्रमाणपत्रहरु, अनुभवको पत्र र नेपाली नागरिकताको प्रमाणपत्र १/१ थान।

३. प्रतिलिपिहरुलाई सम्बन्धित आवेदकले स्वयं प्रमाणित गरिएको हूनुपर्ने छ ।

४. निवेदन र उल्लेखित कागजातहरु फाईलमा राखेर कार्यालयमा उपस्थित भई पेश गर्नुपर्नेछ वा अनलाईन आवेदन फर्म मार्फत पेश गर्न चाहने आवेदकहरुले सबै प्रमाण पत्रहरुलाई एउटा पिडिएफ फाईल बनाई अपलोड पठाउनुपर्ने छ । अनलाईन आवेदन पेश गर्न लिंकमा https://forms.gle/M6QrDht498XcLKXx5 जानुहोस।

छनौट प्रक्रिया: छोटो सूचि प्रकाशन, लिखि र अन्तवार्ता गरिनेछ ।

उमेर सीमा: २१ वर्ष देखि ४५ वर्ष बिचका उम्मेदवारहरु मात्र माथिको पदका लागि आवेदन दिन योग्यछन् । उमेर सीमा उनीहरुले गर्ने जिम्मेवारी सँग सम्बन्धित छ ।

आसमान नेपाल कुनैपनि प्रकारको दुव्र्यवहार र शोषणमा शुन्य सहनशिलता अपनाउँदछ । हामी हाम्रा सबै कर्मचारी र स्वयंसेवकहरूले बालबालिका, युवाहरू र जोखिममा परेका वयस्कहरूलाई हानिबाट जोगाउन र हाम्रो सुरक्षा नीतिको पालना गर्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गर्दछौं ।

सबै उम्मेद्वारहरूले परियोजना सम्झौतामा समेटिएका व्यक्तिको प्रावधानहरूमा बाल सुरक्षाको पालना गर्नुपर्छ।

कर्मचारी र साझेदारहरूको अनुगमन गर्नुहोस् र आसमान  नेपालका नीतिहरू र आन्तरिक प्रक्रियाहरू, प्रोटोकलहरू, आसमान  नेपालको आचार संहिताको सुरक्षा मापदण्ड र प्रक्रिया, केस ह्यान्डलिंग फ्रेमवर्क, बाल संरक्षण र नो हार्म नीतिहरूमा विशेष ध्यान दिएर पालना सुनिश्चित गर्नुहोस् । साथै गुनासो र समस्याहरूको गम्भीरतामा हेरी तत्काल सम्बोधन गरिन्छ ।

परियोजना जिल्लाका बासिन्दाहरू तथा विपन्न समूहका योग्य उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ ।

इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको Biodata सहित ७ दिन भित्र (३१ जनवरी २०२३० बेलुका ०५:०० बजे सम्म पेश गर्न अनुरोध गरिन्छ ।

नोट: महिला, दलित, जनजाति र समाजमाा पछाडि पारिएका समुदाय, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग, बञ्चितिकरणमा परेको वर्ग तथा स्थानियलाई आवेदन दिनको लागि विशेष प्रोत्साहित गरिन्छ । प्रारिम्भक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौट प्रकृयामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । संस्थाले कुनै पनि कारण बिना कुनै पनि आवेदनलाई योग्यरअयोग्य ठहराउने अधिकार सुरक्षित राख्छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख गरि स्वघोषणा गर्नुहून समेत जानकारी गराईन्छ । आवेदन दिने अन्तिम मिति २०७९/१०/१७ गते दिनको ५:०० बजेसम्म । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजेसम्म ।

आसमान नेपाल

जनकपुरधाम, मधेश प्रदेश, नेपाल

फोन नं. ०४१-५२२४७३

ईमेल: info@aasamannepal.org.np

थप जानकारीको लागि संस्थाको वेवसाईट https://aasamannepal.org.np/ हेर्न सकिन्छ ।

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 24 Jan, 2023
Apply Before 31 Jan, 2023
City Janakpur