मनोसामाजिक परामर्शदाता (Psychosocial Counselor)
Details / requirements:
महिला पुनर्स्थापना केन्द्र (ओरेक)
कार्य विवरण:
पद: मनोसामाजिक परामर्शदाता
प्रतिवेदन बुझाउनु पर्ने: जिल्ला संयोजक र कार्यक्रम संयोजक
कार्य स्थल: कैलाली
पदको संक्षिप्त विवरण:
मनोसामाजिक परामर्शदाता जिल्ला संयोजकसँगको सहजीकरण र निगरानीमा काम गर्नुहुनेछ । उहाँले लैङ्गिक हिंसा प्रभावितहरूलाई मनोसामाजिक सेवा निर्देशिका अनुसार व्यक्तिगत परामर्श, समूह उपचार, र समुदाय–आधारित मनोसामाजिक सहयोग कार्यक्रमहरू प्रदान गर्नुपर्नेछ । यसले प्रभावितहरूको मानसिक स्वास्थ्य र समग्र सशक्तिकरणमा टेवा पुऱ्याउनेछ ।
विशेष जिम्मेवारीहरू:
- लैङ्गिक हिंसा प्रभावितहरूसँग व्यक्तिगत परामर्श सत्र सञ्चालन गर्ने, जसबाट उनीहरूलाई मनोसामाजिक समस्या (आघात) व्यवस्थापन, मनोसामाजिक समस्या सामना गर्ने सीप विकास, र मानसिक स्वास्थ्य सुधारमा सहयोग पुग्नेछ ।
- लैङ्गिक हिंसा प्रभावितहरूको लागि समूह उपचार सत्रहरू सञ्चालन गर्ने, जसबाट उनीहरूले अनुभव साटासाट, समर्थन सञ्जाल निर्माण, र सामूहिक उपचारको अनुभव प्राप्त गर्न सकुन् ।
- महिला र किशोरीहरूलाई लैङ्गिक हिंसा सम्बोधन र रोकथामका लागि तालिम र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने ।
- सम्बन्धित सेवा प्रदायकहरूसँग समन्वय गरी घटना सम्प्रेषण प्रणाली विकास गर्ने र प्रभावितहरूलाई न्यायमा पहुँच दिलाउन सहयोग गर्ने ।
- जिल्लास्तरीय कार्यक्रम योजना, कार्यान्वयन, प्रतिवेदन तयारीमा सहयोग गर्ने र मानसिक स्वास्थ्यको क्षेत्रमा अभियान योजना तयार गरी कार्यान्वयन गर्ने ।
- समुदाय (आधारित मनोसामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने, जसले लैङ्गिक हिंसाबारे जनचेतना बढाउने, मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने, र समुदायमा सहजता विकास गर्ने ।
- स्थानीय महिला नेताहरू, युवा नेताहरू तथा समुदायका सदस्यहरूलाई मनोसामाजिक सहयोग र लैङ्गिक हिंसा प्रतिक्रिया सम्बन्धी आधारभूत तालिम दिने ।
- प्रत्येक सेवाग्राहीको गोपनीयता कायम राख्दै घटना अभिलेख राख्ने, आवश्यकता अनुसार निरन्तर सेवा प्रदान गर्ने ।
- परियोजनाका अन्य कर्मचारीहरूसँग समन्वय गरी लैङ्गिक हिंसा न्यूनीकरण तथा मानसिक स्वास्थ्य प्रवद्र्धन सम्बन्धी अभियानहरू सञ्चालन गर्ने ।
- स्थानीय स्वास्थ्य संस्था, समुदायिक संस्थाहरू तथा सरकारी निकायहरूसँग सहकार्य गर्दै लैङ्गिक हिंसा प्रभावितहरूलाई समग्र सेवा सहयोग प्रणाली प्रदान गर्ने ।
- मनोसामाजिक सेवाको प्रगति अनुगमन गर्ने र गतिविधि, उपलब्धि तथा चुनौतीहरूको विस्तृत प्रतिवेदन परियोजना संयोजकलाई पेश गर्ने ।
रिपोर्टिङ र अभिलेखीकरण:
- मासिक रूपमा परामर्श सत्रहरूको प्रतिवेदन (सेवा लिनेको संख्या, सेवा प्रकार, परिणाम) तयार पार्ने ।
- समूह परामर्श सत्रहरूको अभिलेख (उपस्थित, छलफल भएका विषयहरू, सहभागीहरूको प्रतिक्रिया) राख्ने ।
- समुह सहजीकरण कार्यक्रम तथा तालिम सत्रहरूको प्रतिवेदन ।
- घटना अध्ययन र सफलताका कथाहरू तयार गर्ने ।
- संस्थाद्धारा सञ्चालित कार्यक्रमको अनुगमन तथा मुल्याङ्कन प्रणालीका लागि आवश्यक तथ्या उपलब्ध गराउने ।
आवश्यक योग्यता:
१) शैक्षिक योग्यता:
- +२ उत्तीर्ण साथै २ वर्षको कार्य अनुभव, वा SLC/SEE उत्तीर्ण साथै ५ वर्षको कार्य अनुभव
२) प्रशिक्षण:
- नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट ६ महिनाको परामर्श (counseling) तालिम प्राप्त गरेको तथा परामर्शकर्ताको रुपमा कार्य गरेको अनुभव
३. अन्य आवश्यकताहरु:
- बायोडाटा (CV)
- आवेदन पत्र
- व्यक्तिगत कगजातहरू (शैक्षिक प्रमाणपत्र, अनुभव पत्र, नागरिकता, प्यान कार्ड, आदि)
आवेदन प्रक्रिया:
इच्छुक उम्मेदवारहरूले आफ्नो बयोडाटा (CV), आवेदन पत्र (Cover Letter), र अन्य आवश्यक प्रमाणपत्रहरू २०८२ साल असार २६ गते (१० जुलाई, २०२५) भित्र vacancy@worecnepal.org मा पठाउन अनुरोध गरिन्छ ।
ओरेकले महिलाहरू तथा दलित/जनजाति र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूहका उम्मेदवारहरूलाई सम्बन्धित जिल्लाबाट आवेदन दिन प्रोत्साहित गर्दछ ।
आवेदन पत्र (Cover Letter) र बायाडाटा (CV) बिना पठाइएका आवेदनहरू मान्य हुने छैन ।
छानिएका उम्मेदवारहरूलाई मात्र लिखित परीक्षा तथा अन्तर्वार्ताका लागि बोलाइनेछ ।
Overview
Category | Counseling / PsychoSocial, Development / NGO |
Openings | 1 |
Salary | As per organization rules / |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | SLC / SEE, Intermediate (10+2) |
Posted Date | 27 Jun, 2025 |
Apply Before | 10 Jul, 2025 |
City | Kailali |