वार्षिक लेखा परिक्षणको लागि आशय पत्र माग सम्बन्धमा सूचना
Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.
Details / requirements:
वार्षिक लेखा परिक्षणको लागि आशय पत्र माग सम्बन्धमा
प्रथम पटक प्रकाशित मिति: २०८२ असार १६ गते
एकीकृत ग्रामीण विकास समाज (IRDS) वि.सं. २०५१ सालमा महोत्तरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भई स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । संस्थाले स्थापना काल देखि नै सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, मुस्लिम, बालबालिका र विपन्न समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत खानेपानी तथा सरसफाई, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको अवस्था सुधार गर्ने कृयाकलापहरू संचालन गर्दै आईरहेको छ ।
एकीकृत ग्रामीण विकास समाज (IRDS) को आ.व. २०८१/०८२ को लागि वार्षिक लेखा परिक्षण गराउनु पर्ने भएको हुनाले तल उल्लेखित योग्यता पुगेका फर्मबाट विस्तृत विवरण सहित आशय पत्र पेश गर्नका लागि आह्वान गरिएको छ ।
थप कागजातहरूको लागि, कृपया तलका लिङ्कहरूमा क्लिक गर्नुहोस्:
Supplier Registration Form-General
आवश्यक कागजातहरू:
१. नेपाल सरकार वा नेपाल चार्टर एकाउन्टेन्स संस्थाबाट सम्बन्धीत कार्यका लागि प्राप्त गरेको इजाजत पत्र प्रतिलिपीहरू
२. स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र प्रतिलिपी
३. कर चुक्ता प्रमाण पत्र प्रतिलिपी (२०८०/०८१)
शर्तहरू:
- लेखा परिक्षण गर्नको लागि संस्थाको कार्यालय, बर्दिबास १, महोत्तरीमा भौतिक रुपमा उपस्थित भई गर्नुपर्नेछ ।
- आशय पत्र यस संस्थाले उपलब्ध गराएको फाराममा भरी कार्यालय समयमा आफ्नो फर्मको लेटर प्याडमा निवेदन लेखी फर्मको डकुमेन्ट सहित इमेल वा हार्डकपी पेश गर्नु पर्नेछ ।
- लेखा परिक्षणको दरभाउ पत्र निजको प्रतिनिधिको उस्थिति वा अनुपस्थितिमा यस संस्थामा खोलिने छ ।
- आशय पत्रमा यातायात खर्च, खाना तथा होटल बास सहित कुल लागत पेश गर्नुपर्ने छ ।
- आशय पत्रमा आफुले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
- आशय पत्र दाताले दरभाउ पत्रको खाम बाहिर कार्यालयको नाम, ठेगाना र शिलबन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नु पर्ने छ । इमेल मार्फत आएका कोटेशनको हकमा खाम आवश्यकता पर्ने छैन ।
- आशय पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा निहित हुनेछ ।
- आशय पत्र दाताले बाल संरक्षण नीतिको पालना गर्नुपर्नेछ ।
दरखास्त दिने अन्तिम मिति: २०८२ असार २२ गते साँझ ५։०० बजे सम्म ।
संस्थाको ठेगाना:
एकीकृत ग्रामीण विकास समाज (IRDS)
बर्दिबास १, महोत्तरी
इमेल: procurement.irds@gmail.com
सम्पर्क फोन ०४४–४४०५०१, ९८०१६६६४१५
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 30 Jun, 2025 |
Apply Before | 06 Jul, 2025 |
City | Mahottari, Bardibas |