मामला व्यवस्थापक (Case Manager)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रकाशित मिति: २०८१/०४/२०
नेपाल सरकार, संयुक्त राष्ट्र संघ र युरोपेली संघको संयुक्त साझेदारीमा महिला र किशोरीको सशक्तिकरण मार्फत नेपालमा लैङ्गिक समानतामा योगदान गर्न ‘शसक्त महिला र सम्बृद्ध नेपाल’ नामक परियोजना सञ्चालन भैरहेको छ । मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशको क्रमश धनुषा, पर्सा, सिरहा, सप्तरी, रौतहट, सुर्खेत, दैलेख, कालिकोट, कञ्चनपुर र डोटी जिल्लामा सञ्चालन हुने यस परियोजनामा राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) को लैगिक हिंसा रोकथाम र प्रतिकार्यमा प्रत्यक्ष सहयोग रहनेछ।
यूएनएफपीएको सहयोग र सहकार्यमा सीएमसी–नेपालले यस परियोजना कार्यान्वयनको लागि कालिकोटको खाँडाचक्र नगरपालिका र जिल्ला अस्पताल, कालिकोटसँग सहकार्य गरि लैङ्गिक हिंसा प्रभावित ब्यक्तिहरुलाई अस्पतालमा आधारित एकद्धार संकट ब्यवस्थापन केन्द्र र समुदायमानै गई स्वास्थ्य र मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने काममा प्राविधिक सहयोग पुर्याउँदछ । खाडाचक्र नगरपालिकामा मे २०२४ देखि जुन २०२७ सम्म सञ्चालन हुने यस परियोजनामा खाडाचक्र नगरपालिका, कालिकोट रहेर काम गर्ने तपसील बमोजिमको कर्मचारी आवश्यक परेकोले योग्यता पुगेका ईच्छुक नागरिकबाट निवेदन आह्रान गरिएको छ ।
पदःमामला व्यवस्थापक (१) जना, महिला
मूख्य जिम्मेवारीः
- लैङ्गिक हिंसा प्रभावित ब्यक्तिहरुलाई जिल्ला अस्पतालमा रहेको एकद्धार संकट ब्यवस्थापन केन्द्र मार्फत स्वास्थ्य उपचार, कानुनी सहयोग, सुरक्षित आवास, मनोपरामर्श सेवा लगायत अन्य आवश्यकीय सेवा प्रदान गर्ने काममा सम्वन्धित निकायहरुसँग आवश्यक समन्वय गरी सहयोग गर्ने ।
- लैङ्गिक हिंसाको कारणले मनोसामाजिक समस्या भएका व्यक्ति तथा परिवारका सदस्यलाई एकद्धार संकट व्यवस्थापन केन्द्र तथा आवश्यकता अनुसार समुदायस्तरमानै गएर मनोपरामर्श सेवा उपलब्ध गराउने ।
- सी.एम.सी- नेपालले सञ्चालन गर्ने तालिम तथा मनोसामाजिक विज्ञद्धारा जिल्लामा गरिने सुपरभिजन कार्यक्रममा अनिवार्य सहभागी भई मनोसामाजिक सहयोग तथा मनोपरामर्शको वारेमा ज्ञान, सीप सिकी लैङ्गिक
- हिंसा पीडित तथा प्रभावितहरुमा देखा पर्न सक्ने मनोसामाजिक समस्याहरुमा प्रभावकारी मनोपरामर्श सेवा दिने ।
- लैङ्गिक हिंसावाट पीडितमा देखिएको मनोसामाजिक तथा मानसिक समस्या एकद्धार संकट व्यवस्थापन केन्द्रवाट मात्रै सम्भव नभएमा जिल्ला अस्पतालमा उपलब्ध हुने तालिम प्राप्त डाक्टर वा मानसिक रोग विशेषज्ञको सेवाको लागि पीडित तथा प्रभावित व्यक्तिहरुलाई सम्प्रेशण गर्ने ।
- पहिचान गरिएको केशको बिस्तृत मनोसामाजिक आयामहरु समेटी पूर्ण केश विश्लेषण तयार गर्ने र विस्तृत केश फाईल वनाएर उक्त अभिलेख एकद्धार संकट व्यवस्थापन केन्द्रमा सुरक्षित ढँगले राख्ने । यस्तो
- केन्द्रबाट उपलब्ध गराईएको सवै खालको सेवा र मनोपरामर्श सेवाको विवरण नियमित रुपमा सी.एम.सी. नेपाल र यू.एन.एफ.पी.ए. को अन्य साझेदार संस्थालाई आवश्यकता अनुसार उपलब्ध गराउने ।
योग्यता :
- मनोविज्ञान वा समाजशास्त्र वा जनस्वास्थ्य वा सामाजिक कार्य वा स्वास्थ्य शिक्षामा स्नातक तह वा नर्सिङ्ग विषय वा सामान्य चिकित्सा विषयमा प्रविणता प्रमाणपत्र तह (हेल्थ असिष्टेन्ट) उत्तीर्ण गरी कम्तीमा पनि लैंगिक हिंसाको क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको ।
- समुदायमा लैङ्गिक तथा घरेलु हिंसा प्रभावित महिलाहरुलाई मनोसामाजिक सहयोग तथा परामर्श गरि प्रभावकारी रुपमा केस व्यवस्थापन गर्न सक्ने सिप भएको ।
- प्रतिवेदन लेखन, तथ्याकं जानकारी संकलन, संचार, संयोजनको आवश्यक सीप भएको ।
- कम्प्यूटर सम्बन्धि राम्रो ज्ञान भएको ।
- आफुले मनोपरामर्श सेवा दिएका सेवाग्राहीहरुको केस फाईल, सेसन नोट लगायत अन्य सम्पूर्ण जानकारीहरु संकलन गरी ती विवरणहरु गोपनियताका साथ राख्ने सीप भएको ।
- स्थानीय सरकार, एकद्धार संकट ब्यवस्थापन केन्द्र, सुरक्षित आवास गृह सञ्चालन गरेका संस्था तथा अन्य सहयोगी संघसस्थाहरुसँग समवन्य तथा कार्यगत सम्वन्ध राख्न सक्ने हुनुपर्ने ।
- सामाजिक परिचालक वा समुदायमा मनोसामाजिक सहयोगको काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने छ ।
- स्थानीय र विवाहित उम्मेदवारलाई प्राथमिकता दिईनेछ ।
पेश गर्नुपर्ने आवश्यक प्रमाणपत्रहरू
- व्यक्तिगत विवरण (बायोडाटा)
- नेपाली नागरिकताको प्रतिलिपि एक थान
- न्यूनतम शैक्षिक योग्यताको प्रतिलिपि १ थान ।
- वाञ्छनीय तालिम प्रमाणपत्र, योग्यता तथा अनुभवका प्रतिलिपि १ थान ।
योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र उपयुक्त कागजात तथा व्यक्तिगत विवरण (बायोडाटा) सहित निम्न ठेगानामा बुझाउन यो सुचना जारी गरिएको छ । पुनश्चः छनौटको सम्पुर्ण अधिकार संस्थाको पदपूर्ति समितिमा निहित रहने छ र सो को निर्णय नै अन्तिम हुनेछ ।
कार्यकारी निर्देशक, सी.एम.सी.– नेपाल
ईमेलःvacancy.cmcnepal@gmail.com
Overview
Category | Counseling / PsychoSocial |
Openings | 01 |
Position Type | Full Time |
Position Level | Mid Level |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 04 Aug, 2024 |
Apply Before | 11 Aug, 2024 |
City | Kalikot |