मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना

HURENDEC

Details / requirements:

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालिकोट

मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकासित मिति २०८१/०३/११

यस संस्थालाइ चालु आ.ब.२०८१/०८२ का लागी आवश्यक पर्ने तपशिलका वस्तु तथा सेबा कार्यहरु उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त ब्याक्ति, फर्म, कम्पनी, संस्था, आपुर्तीकर्ता, निर्माण, ब्यावसायि/परामर्शदाता/सेवाप्रदायक संस्थाबाट आर्थिक नियमावली को अन्तिम संशोधन २०७४ को दफा १२ अनुसार मौजुदा सूची Stainding list दर्ता गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकासित भएको मितिले १५ दीन भित्र आफुले उपलब्ध गराउने वस्तु तथा/सेवा कार्यहरु अनुसार अलग अलग सूची तयार गरी यस कार्यलयमा रित पुर्वक निबेदन पेश गर्न हुन जानकारी गराईन्छ । मौजुदा सूचिको मान्य अबधि २०८१/०८२ को लागी मात्र रहनेछ भने उक्त सूचिमा समाबेश गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यलयमा शुरक्षित रहने छ । 

तपशिल

१) स्टेशनरी, मसलन्द, कार्यालय सामान, ब्याानर तथा टिसर्ट छपाई, फर्निचर, होडिङ्ग बोर्ड प्रिन्ट, फलेक्स प्रिन्ट सम्बन्धि कार्य । 

२) कम्प्यूटर सप्टवयर निर्माण इन्टरनेट सेवा तथा सूचना प्रबिधि सम्बन्धि आपुर्ति तथा मर्मत सम्बन्धि कार्य ।

३) पत्र पत्रिका, सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धि कार्य ।

४) सबारी साधन (मोटरसाईकल, जिप) का लागी पार्टपुर्जा आपुर्ति तथा मर्मत सम्बन्धी कार्य ।

५) कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेशिन, क्यामरा,फयाक्स मेसिन, सि.सि.टि.भि, UPS, epabx, प्रर्णाली, विभिन्न प्रकारका सोलार ब्याट्री, टिभी प्रोजेक्टर, टेलिफोन, सेट एवं तिनका पार्टपुर्जाहरु खरिद तथा मर्मत सम्बन्धि कार्य साथै यसका लागी आबश्यक पर्ने टोनर,मसिहरु र विद्युतिय सामानहरु खरीद तथा मर्मत कार्य । 

६) रंग रोगन सम्बन्धीका कार्यहरु ।

७) सार्बजनिक निर्माण सामाग्रीहरु खरिद सम्बन्धि कार्य ।

८) अध्ययन, अनुसन्धान, गोष्ठी, सेमिनार, तालिम तथा परामर्श सेवा संचालन सम्बन्धीका कार्य ।

९) श्रब्य दृश्य सामाग्री निर्माण तथा प्रशारण ।

१०) ब्यबसायिक सिपमुलक तालिमहरु सिलाई, कटाइ, सैलुन, व्युटिसियन, वायरिङ्ग लगायत अन्य कार्य

११) औषधी तथा उपकरण सम्बन्धी कार्य ।

१२) विभिन्न प्रकारका कृषिजन्य विउहरु, रसायनिक औषधी तथा कृषि उपकरणहरु ।

१३) विभिन्न प्रकारका पशुजन्य विउहरु,सायनिक औषधी तथा कृषि उपकरणहरु ।

१४) यूवा तथा वालवालिका हरुको लागी खेल सामाग्री, खेलौना तथा अन्य शैक्षिक सामाग्रीहरु ।

१५) प्राविधिक सम्बन्धि उपकरणहरु जस्तै (Total Station, GPS Measuring tape amni level auto leva high level scale ) आदी 

१६) प्रिन्ट तथा फोटोकपी सम्बन्धीका कार्यहरु ।

१७) खाद्यान्न तथा खुद्रा सामानहरुको बिक्रि वितरण सम्बन्धीका कार्याहरु ।

१८) सवारी साधन तथा ढुवानि सम्बन्धीका कार्यहरु ।

१९) नर्सरी जन्य कार्यहरु ।

२०) कानुनी रुपमा मान्यता प्राप्त पशुपन्छी सम्बन्धीका कार्यहरु ।

२१) विभिन्न प्रकारका बिमा सम्बन्धीका कार्यहरु ।

२२) फर्नीचर सम्बन्धीका कार्यहरु ।

२३) खाना, नास्ता, होटल, बास तथा तालिम हल सम्बन्धी कार्य । 

निबेदन साथ पेश गनु पर्ने कागजातहरु 

  • निवेदन
  • निबेदकले उपलब्ध गराउने सेवा/सामाग्री
  • व्यावसाय दर्ता प्रमाण पत्र 
  • स्थाई लेखानम्बर प्यान वा मुल्य अभिवृद्धिकर भ्याट दर्ता प्रमाण पत्र 
  • कर चुक्ता प्रमाण पत्र २०७९/०८०
  • प्रोप्राईटरको नागरिकताको प्रमाण पत्र 
  • कालो सूचीमा नपरेको स्वा घोषणा 

निबेदन पेस गर्ने प्रक्रिया 

१) हार्डकपी मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको मुख्य कार्यालय खाडाचक्र न.पा १ कालीकोट 

इमेल: hurendec@gmail.com/info@hurendec.org.np/hurendec.procurement@gmail.com

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालिकोट

खाँडाचक्र नगरपालिका वडा नं.१ मान्म कालीकोट कर्णाली प्रदेश

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 25 Jun, 2024
Apply Before 09 Jul, 2024
City Kalikot