कार्यक्रम संयोजक/सहायक लेखापाल/यूवा उद्यमशिल सहजकर्ता

SODEC Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रकाशन मितिः २०७८।०३।२९

समाज विकास जनचेतना केन्द्र (सोडेक) नेपाल २०६१।०३।२१ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा दर्ता भई स्थापना काल देखि नै सामाजिक विकासका कार्यक्रमहरु (आय आर्जन,गुणस्तरिय शिक्षा, कृषि तथा पशु उत्पादन,सहकारी मार्फत बजारीकरण) संचालन गर्दे आईरहेको छ । चन्द्रपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा समाज विकास जनचेतना केन्द्र (सोडेक) नेपाल द्वारा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा “कृषि तथा पशु वस्तु उत्पादन र बजारीकरण साझेदारी परियोजना” अन्तर्गत यूवा उद्यमशिल सहजकर्ता(Youth Enterprise Facilitator) पद संख्या १ (एक) र हेफर ईन्टरनेशनल नेपालको सहयोगमा र सोडेक नेपालको आयोजनामा संचालन भईरहेको पशु वस्तुको मूल्य श्रृँखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना “SLVC-2 ” अन्तर्गत कार्यक्रम संयोजक पद संख्याः १ (एक) र सहायक–लेखापाल पद संख्याः १ (एक)  तपसिलमा उल्लेखित कर्मचारी आवश्यकता परेको हुनाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले १० दिन भित्र दरखास्त आवहान गरिएको छ । 

१.   पदः    कार्यक्रम संयोजक

पद संख्याः  १ (एक) 

न्युनतम योग्यता र कार्यानुभवः

  • कृषि/भेटेरीनरी, समाजशास्त्र, ग्रामिण विकास विषय वा सो सरह विषयमा स्नातक तह उतिर्ण गरी ३ वर्ष सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्यश्रंखलामा काम गरेको अनुभव भएको ।
  • योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा प्रतिवेदन, मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको । 
  • सहकारीको चार खाता सम्वन्धी ज्ञान भएको
  • साना किसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको  
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्वन्धी ज्ञान, सीप भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय,बजारीकरण तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet, Software)  सम्वन्धी दक्षता भएको ।
  • समुदाय स्तरमा  र दुर्गम क्षेत्रमा भ्रमण तथा काम गर्न रुचि भएको ।
  • कार्यक्रम संयोजक कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा बस्नुु पर्नेछ ।

२.    पद:  सहायक लेखापाल

पद संख्या: १ (एक) 

न्युनतम योग्यता र कार्यानुभव:

  • व्यवस्थापन विषयमा प्रविणता प्रमाण–पत्र तह उतिर्ण गरी कम्तीमा १ वर्षको कार्य अनुभव भएको ।
  • लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्ष ।
  • कम्प्युटर सम्वन्धी दक्षता भएको । लेखा सफ्टवेर सम्वन्धी अनुभवी ।
  • लेखा प्रतिवेदन तयारी, तथ्याङ्क विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञान सीप भएको । 
  • बजेट निकासा तथा फर्छौट स्थानीय सरकारको लेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको । 
  • समुदाय स्तरमा  र दुर्गम क्षेत्रमा भ्रमण तथा काम गर्न रुचि भएको ।
  • नियमित तथा आवश्यक्ता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण तथा पालिकासँग समन्वय र सम्पर्क राख्न सक्ने

३.    पद:  यूवा उद्यमशिल सहजकर्ता (Youth Enterprise Facilitator)

पद संख्या: १ (एक) 

न्युनतम योग्यता र कार्यानुभव:

  • स्नातक तह उतिर्ण गरेको र युवा उद्यमशिलता परिचालनमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको
  • सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्यश्रंखलामा काम गरेको अनुभव भएको ।
  • कृषि र पशुमा आधारीत व्यवसायीक तालिम तथा व्यवसायीक योजना निर्माण सम्वन्धि अनुभव ज्ञान सीप भएको । 
  • कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet)  सम्वन्धीत दक्षता भएको ।
  • समुदाय स्तरमा  र दुर्गम क्षेत्रमा भ्रमण तथा काम गर्न रुचि भएको ।
  • यूवा उद्यमशिल सहजकर्ता परियोजना क्षेत्रमा (field based) बस्नु पर्नेछ ।

सेवा सुविधा: संसथाको नियमानुसार हुनेछ ।

दरखास्त दिने अन्तिम मिति: २०७८।०४।०७ गते कार्यालय समय ५.०० बजे भित्र ।

परिक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

माथि उल्लेखित पदमा आधारभुत योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले फोटो सहतिको आवेदन पत्र साथै बायोडाटा मिति २०७८/०३/२९  देखि २०७८/४/०७ गते अपरान्ह ५.०० बजे सम्म संस्थाको कार्यालयमा वा sodecnepal2066@gmail.com मार्फत कार्यालयमा दर्ता गर्न सक्नु हुनेछ । 

प्रारम्भिक छनोटमा सफल भएका आधारभुत योग्यता पुगेका आवेदकहरुलाई थप छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ । निर्धारित समय भन्दा पछि प्राप्त भएका र प्रक्रिया नपुगेका आवेदन स्वीकार गरिने छैन । 

दरखास्त दिने स्थानः– समाज विकास जन चेतना केन्द्र (सोडेक) नेपाल रौतहट चन्द्रनिगाहपुर न.पा.४ (देउराली

चौक भन्दा उतरपट्टी), सम्पर्क नं. ०५५–५४०७२३, ९८२४२१२०००

Overview

Category Administrative / Management, Development and Project, Development / Administrative
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 13 Jul, 2021
Apply Before 22 Jul, 2021
City Terai Region