लेखा अधिकृत

Jan Kalyan Yuwa Samittee

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना
प्रथम पटक प्रकाशन मितिः २०८२/०५/१५ गते

हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र जनकल्याण यूवा समिती रौतहटको सहजिकरणमा संचालित  तरकारी मूल्य श्रृखंला कार्यक्रम” को लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ । 
१.पद : लेखा अधिकृत :१ (एक) जना 
न्युनतम योग्यता र कार्यअनुभवः
  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
  • लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्षता भएको ।
  • कम्प्युटरको ज्ञान भएको तथा लेखा सफ्टवेयर सम्वन्धी ज्ञान भएको ।
  • लेखा प्रतिवेदन तयारी, तथ्यांक विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञान सीप भएको । 
  • बजेट निकासा तथा फर्छौट स्थानीय सरकारको लेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको ।
  • नेपाल सरकारको सार्वजनिक खरिद ऐन र नियमावली सम्वन्धी ज्ञान भएको ।  
  • परियोजना क्षेत्रमा (field based) कम्तीमा ५० प्रतिशत समय फिल्डमा काम गर्नुपर्ने ।
  • कम्प्युटर(micro-soft word, excel, power point, internet)सम्वन्धी दक्षता भएको ।
  • मोटर साईकल चलाउन सक्ने तथा लाईसेन्स भएको (मोटरसाईकल वा स्कुटी भएकोलाई ग्राहयता दिईनेछ)
नोटः 
१. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।
२. दरखास्त दिने अन्तीम मिती: सूचना प्रकाशन भएको मितिले ७ दिनले कार्यालय समय भित्र 
३. परिक्षाको किसिम: लिखित,अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
४. आवश्यक कागजातहरु: पदको आवेदन खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा),शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभवपत्र  अन्य कागजातहरुको प्रतिलिपी सहित तपसिलमा उल्लेखित जनकल्यण यूवा समिति, रौतहटको इमेल मार्फत वा सोको कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दरखास्त बुझाउनु सकिनेछ । 
५. परियोजना क्षेत्र –  गुजरा,गढीमाई,वृन्दावन,माधवनारायण नगरपालिका सवै वडाहरु  हुने छ ।
नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित तथा मौखिक परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।  
पदपुर्ति समिति
जनकल्यण यूवा समिति, रौतहट
सम्पर्क नं.:–९८४५१२७९७४,९८२७२९८३०५,९८४२६१२४५०

Overview

Category Accounting and Finance, Development Project
Openings 1
Position Type Full Time
Experience 3+ years
Education Bachelor's degree in a related field
Posted Date 31 Aug, 2025
Apply Before 06 Sep, 2025
City Rautahat