लिलाम बिक्रीको म्यादथप सम्वन्धि सूचना

AMDA Nepal

Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.

Details / requirements:

लिलाम बिक्रीको म्यादथप सम्वन्धि सूचना 

गोकर्णेश्वर न.पा ६, जोरपाटी काठमाण्डौं स्थित आम्दा नेपालको केन्द्रीय कार्यालयमा रहेका पुराना सवारी साधनहरू (मोटरसाईकल) लिलाम बिक्री गर्न वि.सं. २०७९ माघ १० र १६ गते प्रकाशित सूचना ९००८९३५/००८९५४० बमोजिम मिति २०७९ माघ १९ गते सम्म प्राप्त हुन आएका प्रस्तावहरुलाई यथावत राखि पुनः मिति २०७९ माघ २६ गते सम्मका लागि म्याद थप गरी यो सूचना प्रकाशन गरिएको छ । सूचनामा उल्लेखित सवारी साधनहरु हाल जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम विक्रि गरिने भएकाले ईच्छुक व्यक्ति, संस्था वा फर्महरूले यो सूचना सार्वजनिक भएको मितिले ७ दिन भित्र तपशिलमा उल्लेखित शर्तहरुको अधिनामा रहि  खामवन्दी प्रस्ताव पेश गर्न आव्ह्रान गरिएको छ । यस सूचना सम्वन्धि थप जानकारीका लागी आम्दा नेपालको वेबसाईट www.amda.org.np मा वा तलको ठेगानामा सम्पर्क राख्नुहुन सुचित गरिन्छ ।

क्र.ससवारी साधनसवारी साधनको विवरणन्यूनतम मुल्य
1Motorcycle (Spender Pro)
Spl Pro-2011, 97.2 CC
15,000.00 
2Motorcycle (Glamour)
Glamour-2010, 124.6
7,000.00 
3Motorcycle (XTreme)
Xtrime Sports-2019, 149.2
100,380.00 
4Motorcycle (Pulsar DTSI 150)
Pulsar 150 DTSI-2019, 149.5
99,080.00 

खामबन्दी प्रस्ताव फारम सम्बन्धी शर्तहरुः

१.  खामबन्दी प्रस्ताव पेश गर्ने प्राकृतिक व्यक्तिको हकमा नेपाली नागरिकता र सवारी चालक अनुमति पत्रको प्रतिलिपि तथा फर्म/कम्पनी/संघ/संस्थाको हकमा संस्था दर्ता, मु.अ.क. दर्ता र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ ।

२.  आम्दा नेपालले उपलव्ध गराएको फारममा आफुले बोलकबोल गरेको प्रस्ताव रकम अङ्क र अक्षरमा खुल्ने गरी स्पष्ट रुपमा उल्लेख गर्नु पर्ने छ । प्रस्तावमा केरमेट गरेको स्थानमा दस्तखत गर्नु पर्ने छ साथै अङ्क र अक्षरमा फरक परेको हकमा अक्षरलाई मान्यता दिईनेछ ।

३.  सवारी साधन भौतिक रुपमा हेर्न चाहेमा दिनको ११ देखि दिऊसो ४ः०० बजे भित्र कार्यालय समयमा सम्पर्क गरि हेर्न सकिने छ । 

४.  खामबन्दी प्रस्ताव ईजाजत प्राप्त व्यक्ति/फर्म/कम्पनी/संघ/संस्थाले मिति २०७९।१०।२६ गते दिऊसो २ः०० बजे भित्र पेश गरि सक्नु पर्ने छ । रितपुर्वक प्राप्त हुन आएका खामबन्दी प्रस्तावहरु मिति २०७९।१०।२६ गते दिऊसो ३ः०० बजे खोलिने छ ।

५.  लिलामबाट सकार गरेको सवारी साधनको प्रचलित ऐन अनुसार दर्ता/नामसारी गराउने कार्य नीज लिलाम सकारकर्ताको नै हुने छ ।

६.  रित पुर्वक प्राप्त प्रस्ताव स्विकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार आम्दा नेपालमा निहित रहने छ।

आम्दा नेपाल

गोकर्णेश्वर नगरपालिका, वडा नं। ६, काठमाण्डौं

फोन नं. ०१४९१०२३५ र ४९१११४०

ईमेलः procurement.co.ktm@amda.org.np

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 03 Feb, 2023
Apply Before 09 Feb, 2023
City Kathmandu