शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना (दोस्रो पटक)
Details / requirements:
शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
सामग्री आपूर्ति सम्बन्धमा
(दोस्रो पटक प्रकाशित मिति २०८०/०२/३१)
भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) वि.सं. २०५६ सालमा बाँके जिल्लामा दर्ता भई लुम्बिनी प्रदेशमा मानवअधिकारको संरक्षण र प्रवर्द्दन, वातावरण संरक्षण र सामुदायीक विकासका क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था हो । यस संस्थाले विश्वका चिकित्सकहरु (MdM France)संस्थासँग साझेदारी गरी बाँके जिल्लामा Supporting Occupational and Environmental Health परियोजना बाँके जिल्लामा सञ्चालन गरिरहेको छ । उल्लेखित परियोजना अन्तर्गत तपशिलमा उल्लेखित सामग्री खरिद गर्नुपर्ने भएकाले मूल्य अभिवृद्धि करमा दर्ता भएका सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता, आपुर्तिकर्ता तथा वितरकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र तपशिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र लाहाछाप शिलबन्दी खाममा बोलपत्र पेश गर्न हुनका लागि यो सूचना आह्वान गरिएको छ ।
खरिद गर्नुपर्ने सामग्रीको विवरण
Items and Specification details
क्र.स | सामाग्रीको नाम | विस्तृत विवरण | आवश्यक परिमाण |
१. | Suction Tank | Total Tank Volume : Minimum 4500 L Effective loading volume for sludge: Minimum 4000 L Design Pressure: Between -1 to 2 Bar Test Pressure: 3 Bar Suction Type: Semi-Automatic Tank Material: Mild steel A ( with 5 mm thick for body and 6 mm thick for rear dish ends along with rust free rubberized coating) Surface treated: Both sides spray painted Gasket's material: NBR and Non-Asbestos Tank Rear Bumper: Required Base Structure: Tank mounting on ISMC 125/ISO standard Power Transfer: Through Tractor PTO Tyre: Tyre size: 1000.2 X 12PLY No. of wheel: 2 Tyre make: ISI/ISO certified Safety: Tank Pressure Relieve Vent: Must be available Pump/Pipe: Pump make:ISO certified Vacuum pump free air flow: Minimum 330 m3/hr (5500 lit/min) Suction pipe diameter : Minimum 75 mm Suction pipe length: Minimum 25 m | १ |
२. | Trailer/ Trolley | System: 3 Piston Hydraulic Lifting Capacity: Minimum 25 Ton Trailer size: 6feet x11 feet x 3feet (4 mm on Floor, Boundary 3 mm) SI-Sheet Chassis: Made from 150X65 M.S. Channel section Hubs: 2 Pic Heavy Duty hub Wheel/C-Channel: 8 inch Tyre: min 2PC(9X20) | १ |
शर्तहरुः
१. बोलपत्र फाराम संस्थाको कार्यलयमा उपस्थित भई प्राप्त गर्न सकिने छ वा तपशिलमा उल्लेखित इमेल ठेगानामा अनुरोध गरी प्राप्त गर्न सकिने छ र तोकिएको समयभित्र संस्थाको कार्यालयमा उपस्थित भई बुझाउन सकिनेछ वा तपशिलको इमेल ठेगानामा पठाउन सकिने छ ।
२. उल्लेखित सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता तथा बितरकहरुले बोलपत्र फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण–पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएकोे प्रमाण–पत्र, कर चुक्ता प्रमाण–पत्र, बोलपत्र दाताको नेपाली नागरिकताको प्रमाण–पत्र अनिवार्य पेश गर्नु पर्नेछ । उत्पादक बाहेकको बोलपत्रदाताले Manufacturer authorization letter तथा बिक्री पश्चातका सेवाहरूका लागी सम्झौता (After sales services agreement) पत्र पेश गर्नुपर्नेछ । साथै सामग्रीको विष्तृत विशिष्टिकरण सहितको Catalogue/Brochures अनिवार्य पेश गर्नुपर्नेछ । संस्थाले आवश्यक ठानेमा उत्पादकको कारखानामा गई स्थलगत अनुगमन गर्न सक्नेछ ।
३. बोलपत्र लाहाछाप शिलबन्दी गरेर खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ र फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ । अन्यथा भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन । ईमेलबाट बोलपत्र बुझाउनेहरुको हकमा फोल्डरमा पासवर्ड राखेर तपशिलको इमेल ठेगानामा पठाउन सकिने छ ।
४. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर तथा अन्य सम्भावित कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेकोे अंक मान्य हुने छैन ।
५. छनौट भएका उत्पादक, आपूर्तिकर्ता, अधिकृत विक्रेता तथा बितरकहरुले नै खरिद गरिने सामग्री संस्थाको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलासपुर सम्म ढुवानी गरिदिनु पर्नेछ र त्यस बापत अतिरिक्त रकम भुक्तानी गरिने छैन ।
६. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट १ः३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाकोे कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
७. बोलपत्रमा आफूले कबोल गरेको रकमको २.५ (दुई दशमलब पाँच) प्रतिशतले हुन आउने रकम यस संस्थाको नाममा बैंक ग्यारेन्टि बोलपत्र दर्ता गर्दा शिलबन्दी बोलपत्र फारमका साथ पेश गर्नु पर्नेछ । बैंक ग्यारेन्टिको म्याद कम्तिमा २ महिनाको हुनु पर्नेछ ।
८. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
९. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
१०. फाराम बुझाउने अन्तिम मिति २०८०/०३/०३ गते ४ः०० बजेसम्म हुनेछ ।
११. अन्य सम्पुर्ण कुराहरु यस संस्थाको निति–नियम बमोजिम हुनेछ ।
सर्वाधिकार भेरी वातावरणीय विशिष्टता समूह (BEE Group)बाँकेमा नीहित रहने छ ।
बोलपत्र फाराम प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः
भेरी वातावरणीय विशिष्टता समूह (BEE Group),
नेपालगञ्ज उप-महानगरपालीका वडा नं. १२, बेलासपुर, बाँके
टेलीफोन नं.: ०८१-५५०२९५ मोवाईल नं.:९८५८०५२०६२ र ९८५१२११६७७
बोलपत्र फाराम प्राप्तिका लागि अनुरोध गर्नः afo.soeh@beegroup.org.np
इमेलबाट बोलपत्र पेश गर्नका लागिः beegroup.procurement@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 02 Jun, 2023 |
Apply Before | 18 Jun, 2023 |
City | Banke |