शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७८/०५/२८)

भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँके र केएर नेपाल बीच साझेदारी भई बाके र बर्दिया जिल्लामा कोभिड–१९ आपत्कालीन प्रतिकार्य र पूर्नलाभ परियोजना सञ्चालन भइरहेको छ । उल्लेखित परियोजना अन्तरगत तपसिल अनुसारको सामग्री खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका उल्लेखित सामग्री आपूर्ती गर्न इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता तथा बितरकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बोलपत्र खरिद गरि तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

सामग्रीको विवरणः

S.NParticulars
Required Quantity
Descriptions/Specifications
1Ice-lined Refrigerator (300 liters)
1

Vaccine storage capacity- 225 liters

Minimum cold hold over time 48 to 72 hours

2Ice lined Refrigerator 
1

Vaccine storage capacity- 125 to 150 liters

Minimum cold hold over time 24 hours

3Freezer-Chest
3

Frozen icepack storage capacity minimum 160 liters has a net capacity to store 200 pieces of icepack,

Cold life minimum 14 hours Preference will be given to longer hand over time

शर्तहरुः 

१.    बोलपत्र फाराम भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँकेबाट रु. १,०००/– (अक्षरुपी एक हजार मात्र ।) मा खरिद गरी सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस संस्थाको कार्यालयमा दरभाउ उल्लेखित गरी पेश गर्न सकिने छ । यदि इमेलबाट बोलपत्र फाराम माग्ने र पठाउने भएमा संस्थाको नबिल बैंक नेपालगञ्ज शाखामा रहेको च.हि.नं.१४०१०१७५००३७८ फाराम दस्तुर जम्मा गरी भौचरको स्क्याण्ड कपी बोलपत्रका साथमा संलग्न गरी पठाउन सकिने छ ।  

२.    बोलपत्र पेश गर्दा फर्म दर्ताको प्रमाण–पत्र, फर्म भ्याटमा दर्ता भएकोे प्रमाण–पत्र, आयकर प्रमाण–पत्र (कर चुक्ता प्रमाण–पत्र), सञ्चालकको नेपाली नागरिकताको प्रमाण–पत्र र फाराम खरिद गरेको दस्तुर तिरेको रसीद संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ ।

३.    बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (भ्याट बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेकोे अंक मान्य हुने छैन । 

४.    बोलपत्र फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न संस्था बाध्य हुने छैन । यदि इमेलबाट पठाउने भएमा फोल्डरमा पासवर्ड राखेर तपसिलको इमेल ठेगानामा पठाउन सकिने छ । बोलपत्र खोल्ने दिनमा सम्बन्धित अधिकृत विक्रेता, आपुर्तिकर्ता तथा बितरकहरुबाट पासवर्ड मागेर बोलपत्र खोलिने छ ।  

५.    बोलपत्र दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट ११ः३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाकोे कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ । 

६.    बोलपत्रदाताले बोलपत्रमा आफूले कबोल गरेको रकमको २.५ (दुई दशमलव पाँच) प्रतिशतले हुन आउने रकम यस संस्थाको नबिल बैंक नेपालगञ्ज शाखामा रहेको च.हि.नं.१४०१०१७५००३७८ जम्मा गरी रकम दाखिला गरेको सक्कल बैंक भौचर वा बैंक जमानत–पत्र बोलपत्र दर्ता गर्दा शिलबन्दी बोलपत्र फारामका साथ पेश गर्नु पर्नेछ । यदि इमेलबाट पठाउने भएमा भौचर वा जमानत–पत्रको स्क्याण्ड कपी बोलपत्रका साथमा पठाउनु पर्ने छ ।

७.    म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

८.    थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ । 

९.    फाराम बुझाउने अन्तिम मिति २०७८/०६/०३  गते दिउँसो ४ः३० बजेसम्म हुनेछ ।

१०.    अन्य सम्पुर्ण कुराहरु नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँकेमा नीहित रहेको छ । 

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः 

भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप), 

नेपालगञ्ज उप–महानगरपालीका वडा नं. १८, कारकाँदो, बाँके 

फोन न. ०८१–५५०२९५

इमेलबाट बोलपत्र फाराम माग गर्ने भएमाः veddixit07@gmail.com 

इमेलबाट बोलपत्र फाराम पेश गर्ने भएमाः beegroup.procurement@gmail.com

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 13 Sep, 2021
Apply Before 19 Sep, 2021
City Banke