शिलबन्दी बोलपत्र आव्हान/स्वास्थ्य सेवा सम्बन्धी उपकरण, औजार र सामग्रीहरु
Detailed Job description / requirements:
शिलबन्दी बोलपत्र आव्हान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०७९/११/३०)
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयको सहयोगमा कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका र दैलेख जिल्लाको भगवतीमाई गाँउपालिकामा संचालित सामुदायिक स्वास्थ्यकालागि एकिकृत पहल कार्यक्रम (EACH) अन्र्तगत केही स्वास्थ्य संस्थाहरुकालागि स्वास्थ्य सेवा सम्बन्धी उपकरण, औजारहरु र सामग्रीहरु खरीद गरी उपलब्ध गराउनु पर्ने भएकोले इच्छुक उत्पादक, अधिकृत विक्रेता तथा वितरकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तपसिलको शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी कोटेशन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरु
१. बोलपत्र फारम नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयबाट नगद रु. २,०००।– (फिर्ता नहुने गरी) प्राप्त गर्न सकिनेछ र जम्मा गरेको रकमको नगदी रसिदको प्रति बोलपत्र साथ पेश गर्नु पर्नेछ ।
२. बोलपत्र फारमका साथ उद्योग÷फर्म दर्ताको प्रमाणपत्र, आयकर प्रमाणपत्र (नवीकृत) तथा आ.व. ०७८/०७९ को कर चुक्ता प्रमाणपत्र आदिको प्रमाणित प्रतिलिपी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्र खाम वाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ ।
३. बोलपत्र फारम खाम बन्द गरी लाहा छापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा कार्यालयले उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।
४. बोलपत्र फारममा उल्लेखित प्रत्येक सामानको दररेट (भ्याट सहित) अंक र अक्षर दुवैमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेकोे अकं वा अक्षर मान्य हुने छैन ।
५. बोलपत्र फारममा उल्लेख भएका सबै सामाग्रीहरुको दरभाउ पेश गर्नुपर्नेछ, आँशिक रुपमा भरिएका बोलपत्र फारम रद्द हुनेछ ।
६. बोलपत्र फारम दर्ता गर्ने अन्तिम मितिको दोस्रो दिन १:३० बजे (सार्वजनकि विदा परेमा सो को भोलिपल्ट) बोलपत्रदाता स्वंय वा निजको प्रतिनिधीको उपस्थितीमा यस प्रदेश कार्यालयमा बोलपत्र खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थितमा पनि शिलबन्दी बोलपत्र खोल्न बाधा पर्नेछैन ।
७. बोलपत्रमा आफूले कबोल गरेको रकमको २.५ प्रतिशतले हुने रकम बराबर धरौटी स्वरुप नेपाल सरकारबाट मान्यता प्राप्त बाणिज्य बैंकबाट बोलपत्र पेश गरेको अन्तिम मितिबाट कम्तिमा ९० दिन मान्य अवधी भएको बैंक ग्यारेण्टी (BID BOND) वा सुर्खेत स्थित सिद्धार्थ बैंकमा रहेको नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रोभिन्स अफिस इच खाता नं ५५५०१३७८९४९ मा जम्मा गरी सक्कल बैंक भौचर संलग्न गर्नु पर्नेछ ।
८. बोलपत्र स्वीकृत भएपछि बोलपत्र अंङ्कको १० प्रतिशत रकममा नघट्ने गरी कार्यसम्पादन जमानी जम्मा गर्नुपर्नेछ ।
९. बोलपत्र सम्बन्धी शर्तहरु नेपाल रेडक्रस सोसाइटीको आर्थिक तथा खरिद नियमावलीमा उल्लेख भए बमोजिम हुनेछ । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
१०. यस बाहेक थप जानकारी आवश्यक परेमा यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।
११. फाराम बुझाउने अन्तिम मिति २०७९/१२/१४ गते कार्यालय समय ५.०० बजे सम्म हुनेछ ।
शिलबन्दी कोटेशन पेश गर्ने ठेगाना/स्थानः
· नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालय, विरेन्द्रनगर सुर्खेत फोन नं. ०८३५९०२५५
· नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखा सम्पर्क नं. ९८५११०७७३६
· भगवतीमाई गांउपालिका, बेस्ताडा दैलेख, सम्पर्क नं. ९८५८०२०७९९
· नेपाल रेडक्रस सोसाइटी कालीकोट जिल्ला शाखा सम्पर्क नं. ९८५११३२०२०
· सान्नीत्रिवेणी गांउपालिका, कालीकोट, सम्पर्क नं. ९८५८३२०२९०
Job Overview
Category | Expression of Interest |
Posted Date | 14 Mar, 2023 |
Apply Before | 28 Mar, 2023 |
City |