शिलबन्दी बोलपत्र आह्वान
Detailed Job description / requirements:
दलित समाज उत्थान समिति नेपाल, महोत्तरी
महोत्तरी (४, महोत्तरी
शिलबन्दी बोलपत्र आह्वान
दोश्रो पटक प्रकाशित मिति २०८०/०५/२९ गते शुत्रबार
दलित समाज उत्थान समिति नेपाल (DSWCN), महोत्तरी एक गैर नाफामुखी, गैर धार्मिक र गैर राजनैतिक संस्था हो । ईस्लामिक रिलिफ नेपाल र दलित समाज उत्थान समिति नेपाल, महोत्तरीको साझेदारिमा संचालित उत्थानशिल समुदायको निर्माण परियोजना अन्तर्गत महोत्तरी जिल्लाको बल्वा नगरपालिका वडा नं. १ र ३ र लोहरपट्टी नगरपालिका वडा नं. २ र ७ का गरिब, दलित, सिमान्तकृत र जोखिममा परेको समुदायका अति विपन्न घर परिवारहरुलाई बाख्रा/बोका खरिद गरि वितरण गर्नुपर्ने भएकोले ईच्छुक कृषि सहकारी संस्था, कृषि फार्म तथा आपुर्तिकर्ताबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वान गरिन्छ ।
- ईच्छुक योग्य कृषि सहकारी संस्था, कृषि तथा पशु फार्म तथा आपुर्तिकर्ताहरुले यस ईमेलमा अनुरोध गरी आवश्यक थप जानकारी र शिलबन्दी बोलपत्रको आर्थिक तथा प्राविधिक प्रस्तावना फारम नि:शुल्क प्राप्त गर्न सक्नुहुनेछ वा संस्थाको कार्यालयबाट समेत प्राप्त गर्न सक्नुहुनेछ । (dswcn.procurement@gmail.com)
- शिलबन्दी बोलपत्र पेश गर्दा कृषि सहकारी संस्था, कृषि तथा पशु फार्म तथा आपुर्तिकर्ताको आवश्यक कानुनी कागजातहरु दर्ता प्रमाण पत्र, प्यान/भ्याट दर्ता प्रमाण पत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्तको प्रमाणपत्रको साथमा अनुभवको प्रमाणपत्र समेत पेश गर्नुपर्ने छ ।
- बोलपत्र लाहाछाप सहित शिलबन्दी गरी खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ र फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ ।
- शिलबन्दी बोलपत्र पेश गर्ने अवधि ७ दिनको हुने छ र मिति २०८०/०६/०४ गते दिनको ०५ बजे सम्म पेश गरी सक्नु पर्ने हुन्छ । शिलबन्दी बोलपत्र पत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा समेत कार्यालयले शिलबन्दी बोलपत्र बुझने छ ।
- बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट बिहान ११:०० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वयं वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
- समय नाघि प्राप्त भएको शिलबन्दी बोलपत्रहरु स्वतः अस्विकृत हुनेछन ।
- शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।
- शिलबन्दी आशयपत्रको आर्थिक तथा प्राविधिक प्रस्तावनाको मुल्यांकनको आधारमा पूर्ण रुपमा खारेज वा अस्विकृत गर्ने पुर्ण अधिकार संस्थाको खरिद समितीमा निहीत रहनेछ ।
- ईच्छुक योग्य कृषि सहकारी संस्था, कृषि तथा पशु फार्म तथा आपुर्तिकर्ताहरुले शिलबन्दी बोलपत्र यस संस्थाको कार्यालय जनकपुरधाम उप-महानगरपालिका-४, विश्वकर्मा चोक, धनुषामा सिलबन्दी गरि हार्डकपि बुझाउनु पर्नेछ ।
- शिलबन्दी बोलपत्र सम्बन्धमा केही जानकारी आवश्यक परेमा तल उल्लेखीत फोन नंं वा ईमेल मा सम्पर्क गर्न सक्नुहुनेछ ।
दलित समाज उत्थान समिति नेपाल (DSWCN)
जनकपुरधाम-४, विश्वकर्माचोक, धनुषा
ईमेल: dswcn.procurement@gmail.com
सम्पर्क नं.-९८४४०५१५१९/९८५६०१३४४६
Job Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 15 Sep, 2023 |
Apply Before | 21 Sep, 2023 |
City | Terai Region, Dhanusha |