सुचीकृतको लागि आह्वान गरिएको सूचना

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

सुचीकृतको लागि आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७८/०९/२५)

यस भेरी वातावरणीय विशिष्टता समुह (बि–ग्रुप) बाँके वि.सं. २०५६ सालमा बाँके जिल्लामा दर्ता भई लुम्बिनी प्रदेशमा मानवअधिकारको संरक्षण र प्रवद्र्धन, वातावरण संरक्षण र सामुदायीक विकासका क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था हो । संस्थाको आवश्यकता बमोजिम सन् २०२२ का लागि उल्लेखित सामान र सेवा आपूर्ति गर्ने आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताहरु सूचीकृत गर्नुपर्ने भएकाले तपशिलको शर्तहरुको अधिनमा रही सामान र सेवाहरुको आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक बाँके र बर्दिया जिल्लामा अवस्थित फर्म वा कम्पनीहरुलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सूचिकृतका लागि खामबन्दी आवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । 

शर्तहरु 

१.  फर्म दर्ता र प्यान/भ्याट दर्ता प्रमाण–पत्र कर कार्यालयबाट नविकरण भएको हुनु पर्नेछ ।

२.  फर्म वा कम्पनीको नाममा अनिवार्य बैंक खाता हुनु पर्नेछ ।  

३.  तपशिल बमोजिमका कागतपत्रहरु अनिवार्य रुपमा निवेदनका साथ संलग्न गरिएको हुनु पर्नेछ । 

  • फर्म दर्ताको प्रमाण–पत्रको प्रतिलिपी 
  • प्यान/भ्याट दर्ता प्रमाण–पत्रको प्रतिलिपी
  • आ.व. २०७७/०७८ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी
  • सञ्चालकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपी
  • फर्म वा कम्पनीको बैंक खाताको विवरण
  • फर्म वा कम्पनीले आपूर्ति गरिरहेको सामग्री वा सेवाको विवरण 

४.  सामग्री आपूर्तिकर्ताको हकमा पसल वा शोःरुम हुनु पर्नेछ । 

५.  सेवा प्रदायकको हकमा प्रदान गरिएका सेवाको विवरण उल्लेख गरिएको हुनु पर्नेछ 

६.  उपलब्ध गराउन सक्ने सेवा र सामानको प्रति इकाई मूल्यसूची अङ्क र अक्षरमा लेखिएको हुनु पर्नेछ । अङ्क र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईने छ । आपूर्तिकर्ता वा सेवा प्रदायकले संस्थालाई दिन सक्ने सहुलियतको विवरण उल्लेख गर्नु पर्नेछ । 

७.  रित नपुगी आएका निवेदनलाई प्रक्रियामा समावेश गरिने छैन । साथै आपूर्तिकर्ता वा सेवा प्रदायकलाई सूचीकृत गर्ने वा नगर्ने सर्वाधिकार संस्थामा नीहित हुनेछ । 

८.  संस्थाले निर्धारण गरेको मापदण्ड बमोजिम सूचिकृत गरिने छ र निवेदकहरुलाई सूचीकृत हुन नसक्नुको कारण जनाउन संस्था बाध्य हुने छैन ।  

क. आवश्यक सेवाहरु 

१.  फ्लेक्स व्यानर डिजाइन र छपाई  

२.  सवारी साधन (मोटर साईकल, साईकल) मर्मत सम्भार 

३.  सवारी साधन (चार पाङ्ग्रे) भाडामा उपलब्ध गराउने 

४.  कम्प्यूटर मर्मत सम्भार, पार्टपुर्जा 

५.  कम्प्युटर सफ्टवेयर र वेवसाईट डिजाइन

६.  होटल सेवा (AC जडीत सभा हलः ३० जना देखि ४५ जना क्षमता, लज, रेष्टुरेण्ट) 

७.   विज्ञापन छपाई  

८.  फोटोकपी, प्रिन्ट, मर्मत सम्भार

९.  भिडियो डकुमेन्ट्री तथा रेडियो जिङ्गल तथा कार्यक्रम उत्पादन 

१०.  तालीम गोष्ठी सहजीकरण गर्ने सहजकर्ताः जस्तै Life Skills/SRHR/Peer to Peer Education/MHM/COC ToT/ Leadership/Journalism/Child Rights/Comprehensive Sexuality Education/Public-Speech Speaking/Public Audit/Social Audit/Policy formulation & Update/Advocacy

ख. आवश्यक सामानहरु 

१.  स्टेशनरी तथा कार्यालय मसलन्द 

२.  प्रिन्टरको कार्टिज, टोनर

३.  ईलेक्ट्रोनिक्स उपकरणहरु (कम्प्युटर, ल्यापटप, प्रिन्टर, टोनर, कार्टिज, फोटोकपी मेशिन, टेलिफोन सेट आदि ।)  

४.  कार्यालय आपूर्तिहरु जस्तैः खानेपानीको जार तथा बोटल  

नोटः एप्लेकेशन फर्मको लागि तलको लिंक मा क्लिक गर्नुहोस ।

https://Vendor-Roster-Application-Form

आवदेन पेश गर्ने ठेगाना 

भेरी वातावरयणीय विशिष्टता समूह (BEE-Group), 

नेपालगञ्ज उप–महानगरपालीका वडा नं. १८, कारकाँदो, बाँके 

ईमेल ठेगाना: beegroup.procurement@gmail.com 

आवश्यक सहयोगका लागि मोवाईल नं. ९८४८२९८३९९ वा फोन न. ०८१–५५०२९५, ५५१४३८ सम्पर्क गर्न सक्नु हुनेछ 

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 09 Jan, 2022
Apply Before 15 Jan, 2022
City Nepalgunj