परियोजना संयोजक/लेखा तथा प्रशासन अधिकृत/सामाजिक परिचालक

Nepal Magar Society Service and Information Centre (MIC Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना!

मगर समाजसेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमले विगत लामो समय देखि रुकुम पूर्व र पश्चिमका गाउँपालिका तथा नगरपालिकाहरुमा सामुदायिक विकासका परियोजनाहरु संचालन गर्दै आएको छ ।  यस संस्था र यूनाईटेड मिसन टु नेपाल (यू.एम.एन.) रुकुम क्लष्टरको साझेदारीमा पुथाउत्तरगंगा गाँउपालिकामा सञ्चालन हुन गई  रहेको ३ वर्षे “सक्षम”(प्रत्यक बालबालिका तथा किशोरकिशोरीको उत्तमजीवन छनौट) परियोजनाका लागि तपशिल अनुसारका कर्मचारीहरु आवश्यक भएकाले योग्यता पुगेको ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित मितिले ७ दिनभित्र आवेदन दिन यो दरखास्त आव्हान गरिएको छ ।

प्रथम पटक सूचना प्रकाशित मिति: २०७६/०९/२२

विज्ञापन नं. ००१/२०७६/०७७

१. पदः परियोजना संयोजक

संख्याः १ (एक)

कार्य स्थल तथा क्षेत्रः पुथाउत्तरगंगा गाउँपालिका, रुकुम पूर्व

न्यूनतम योग्यताः

  • मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा कम्तिमा स्नातकतह उत्तिर्ण गरी सामुदायिक विकासको क्षेत्रमा कम्तिमा दुई वर्ष अनुभव भएको साथै निम्नानुसार योग्यता भएकोः
    • प्रस्तावना र प्रतिवेदन लेखन, बजेट निर्माण, कार्यान्वयन, योजना निर्माण, अनुगमन तथा मूल्यांकन सम्बन्धी सीप भएको साथै परियोजना/कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष अनुभव भएको ।
    • जिल्ला तथा स्थानीय तहका सम्पूर्ण सरोकारवालाहरुसँग सम्पर्क, समन्वय तथा सहकार्य गर्न सक्ने ।
    • बाल संरक्षणसँग सम्बन्धीत परियोजनामा कार्य गरेको अनुभव भएको साथै विभिन्नसमूहहरु (बालक्लब, आमा समुह, किशोरकिशोरी समूह, बालसञ्जाल) परिचालन सम्बन्धी विषेश ज्ञान सीपभएको ।
    • परियोजनासँग सम्बन्धीत योजना तथा प्रतिवेदनअंग्रेजी भाषामा तयार गर्न सक्ने ।
    • MS Office र Internet प्रयोगको अनुभवहुनुका साथै सहजीकरण, प्रस्तुतिकरण तथा प्रभावकारी सञ्चारको राम्रो सीपभएको ।
    • आफु मातहतका कर्मचारीहरुलाई व्यवस्थापन, परिचालन र नेतृत्व गर्न सक्ने क्षमता भएको ।
    • सामाजिक जवाफदेहिता सम्बन्धी ज्ञान तथा सहजिकरणको अनुभव भएको ।

२. पदः लेखा तथा प्रशासन अधिकृत

संख्याः १ (एक)

कार्य स्थल तथा क्षेत्रः पुथाउत्तरगँगा गाउँपालिका, रुकुम पूर्व

न्यूनतम योग्यताः

  • मान्यताप्राप्त शिक्षण संस्थाबाट विविएस, विविए (स्नातक) तह उत्तिर्ण गरी वित्त तथा प्रशासनको क्षेत्रमा कम्तिमा एक वर्ष अनुभव भएको वा आईकम (व्यवस्थापन विषयमा प्रविणता प्रमाणपत्र तह) उत्तिर्ण गरी सम्वन्धित क्षेत्रमा कम्तिमा दुई वर्षको अनुभव भएको साथै निम्नानुसार योग्यता भएकोः
    • लेखा तथा प्रशासन सम्बन्धी ज्ञान र अनुभव भएको ।
    • खरिद प्रक्रीयाबारे जानकारी भएको ।
    • एकाउन्ट सफ्टवेवर प्रयोग सम्बन्धि अनुभव तथा सीप भएको ।
    • MS Excel प्रयोग गर्न जानेको वा अनुभवभएको । 
    • डकुमेन्टेसन सम्बन्धी ज्ञान भएको ।
    • नेपाल सरकारको कर, कर तीर्ने तरिकाहरु तथा सामाजिक सुरक्षा कोष सम्बन्धी जानकारी भएको ।

३. पदः सामाजिक परिचालक

संख्याः ३ (तीन)

कार्य स्थल तथा क्षेत्रः पुथाउत्तरगँगा गाउँपालिका, रुकुम पूर्व

न्यूनतम योग्यताः

  • मान्यताप्राप्त शिक्षण संस्थाबाट जुनसुकै विषयबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तिमा दुई वर्ष अनुभव भएको साथै निम्न योग्यता भएको,
  • सामजिक परिचालन सम्बन्धी ज्ञान भएको ।
  • समूह गठन, व्यवस्थापन, नियमित बैठक सञ्चालन तथा परिचालन सम्बन्धि अनुभव भएको । 
  • प्रभावकारी सञ्चार, समन्वयतथा सहकार्य सम्बन्धी ज्ञान सीप भएको ।
  • बैठक सहजीकरण गर्ने, योजना बनाउने सम्बन्धी राम्रो सीप भएको ।
  • खर्च ब्यबस्थापन (पेश्की तथा फर्छयौट)  सम्बन्धी ज्ञान भएको ।
  • प्रतीवेदन तयार गर्न सक्ने ।
  • कार्य क्षेत्रको स्थानीय समुदाय, भाषा संस्कृति सम्बन्धि राम्रो ज्ञान भएको । 

छनौटको किसिमः लिखित परीक्षा, अन्तरवार्ता तथा समुह प्रस्तुतिकरण (आवश्यकता हेरि)

दरखास्त दिने अन्तिम मिति र समयः २०७६।०९।२९

दरखास्त दिने स्थानः मिक नेपालको कार्यलय, मुसिकोट नगरपालीका १, खलंगा, रुकुमपश्चिम

ईमेलः micnepal60@gmail.com

or

dhanmgr28@gmail.com

आवश्यक पर्ने कागजातहरुः

  • लिखित निवेदन, बायोडाटा, शैक्षिक योग्यताका प्रमाण पत्रकाप्रतीलिपिहरु, नेपाली नागरिकताको प्रतिलिपि, तालिम तथा कार्य अनुभवको प्रमाण पत्रको प्रतिलिपी

तलब सुविधाः संस्था र परियोजनाको नियमानुसार

प्राथमिकताः स्थानीय भाषा र संस्कृति सम्बन्धी ज्ञान भएको, दलित,जनजाति, महिला तथा स्थानीय उम्मेद्वारलाई प्राथमिकता दिईनेछ ।

नोटः

  • छोटो सुचिमा छनौट भएकाहरुलाई मात्र लिखित, अन्तरवार्तार प्रयोगात्मक परिक्षामा समावेश गराइनेछ ।
  • कर्मचारी छनौट सम्बन्धी सम्पुर्ण निर्यण अधिकार संस्थामा निहित रहने छ ।
  • विस्तृत जानकारीको लागि संस्थाको सम्पर्क कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ। कुनै पनि राजनैतीक दवावसाथै कुनै प्रकारको टेलिफोन सिफारिसलाई निरुत्साहित गर्दछौ ।

Overview

Category Development and Project
Openings 5
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 08 Jan, 2020
Apply Before 14 Jan, 2020
City Mid-Western Region