सहायक लेखा तथा प्रशासन अधिकृत / प्राविधिक सहजकर्ता
Detailed Job description / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति: २०७९। ११ । २८ गते)
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक)ले हेल्भेटास नेपालको आर्थिक सहयोगमा कालिकोट जिल्लाका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका र शुभकालिका गाउंपालिकामा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा आवश्यक सामाजिक तथा प्राविधिक सहयोग गरिरहेको छ । यस कार्यक्रमले आफ्नो कार्यक्षेत्र भएका पालिकाहरुमा जलश्रोतको पहिचान गरि तिनको समुचित उपयोगका लागि जल उपयोग गुरुयोजना तथा खानेपानी सरसफाइ स्वच्छता योजना तर्जुमा गर्न स्थानीय तहलाइ सहजिकरण गर्ने, प्राथमिकतामा परेका केहि खानेपानी सरसफाइ तथा बहुउपयोग योजनाहरुको निमार्णमा सहयोग गर्ने, सरसफाइ र स्वच्छता प्रर्वदनमा समुदाय परिचालन गर्ने तथा स्थानीय समुदाय एवं संघ संस्थाहरुको क्षमता विकासमा सहजिकरण गर्ने कार्य गरिरहेको छ । हाल सो कार्यक्रम कार्यान्वयनका लागि मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) लाई तपसिल बमोजिमका कर्मचारी आवश्यकता भएकोले तपशिलमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।
१. पद: सहायक लेखा तथा प्रशासन अधिकृत १ जना
कार्यक्षेत्रः जिल्ला क्लस्टर कार्यालय वा कार्यक्रमले तोकिएको पालिका कार्यालय
सुपरिवेक्षक: फिल्ड संयोजक
मुख्य कार्यहरू तथा जिम्मेवारीः
- कमर्चारीहरू को व्यक्तिगत विवरण फाइल बिदा,मासिक कार्य योजना र कार्य प्रगतिको अभिलेख राख्ने
- लेखाको सिद्धान्त अनुसार आर्थिक कारोवारहरूको निस्सा तथा प्रमाणहरू चेकजाच गर्ने तथा प्रक्रिया सम्मत खर्चहरूको भुक्तनी गर्ने
- बजेट र खर्चहरूको नियमित अनुगमन सिट तयार गरी पालिका फोकल, फिल्ड संयोजक तथा वास संयोजक । अधिकृतलाई
- जानकारी गराउने र क्रियाकलाप तथा बजेटको आवश्यक समायजन गर्ने
- त्रैमासिक रुपमा कार्यक्रमको आयव्यय वित्तिय प्रतिबेदन तयार गर्ने ए.ज.व्य. कार्यक्रमलाई समयसिमा भित्र पठाउने
- पालिका क्लस्टर कार्यालयको दैनिक प्रशासिनक तथा वन्दोवस्ती सम्बन्धी कार्यहरू गर्ने
- कार्यक्रमको जिल्लामा रहेका जिन्सी सामग्रीहरूको अभिलेखिकरण तथा संरक्षण गर्ने
- कार्यक्रम सञ्चालनका लागि आगामी त त्रैमासिकमा आवश्यक पर्ने बजेट फिल्ड संयोजकको सहयोगमा तयार गर हेल्भेटास समयमै अनुरोध गर्ने ।
- कार्यक्रम सञ्चालनको लागि कमर्चारीले लिएको पेश्की रकम समयमा नै परछौट गर्ने गराउने । क्रियाकलापहरू कायर्न्वयन खर्चमा कार्यक्रमको नम्र्स तथा कार्यविधिको पालना गर्ने गराउने र खर्चको पारदर्शिदा, एकरुपता कायम गर्दै सुशासनमा प्रतिबद्ध रहने
- वार्षिक रुपमा गरिने लेखा परिक्षणका लागि आवश्यक कागजात तयार गरि हेल्भेटास नेपालमा पठाउने उपभोक्ता समितिसँग सम्बन्धित कार्यहरू
- उपभोक्ता समितिहरूलाई वाह्य निमार्ण सामाग्री खरिद प्रकृयामा सहयोग गर्ने
- उपभोक्ता समितिहरूको आम्दानी खर्च खाता, बैंक नगदी खाता , जिन्सी खाताहरू नियमानुसार राख्न सहजीकरण गर्ने । साथै यस सम्बन्धि थप जानकारी तथा अभिमुखिकरण फिल्डका अरु कर्मचारीलाई समेत गराउने
- योजनाको कायार्न्वयन चरणमा सार्वजनिक सुनुवाई, सिमा तथा लेखा परिक्षण सञ्चालनमा फिल्ड संयोजक, सामुदायिक सहजकर्ता
- लाई सहिजकरणमा सहयोग गर्ने ।
- लेखा व्यवस्थापन तालिम र वाह्रय निर्माण सामग्री खरिद तालिममा सहिजकरण गर्ने
- कायर्क्रमको निति अनुसार पालिका, वडा तथा योजनास्तरमा संचालन हुने तालिम तथा गोष्ठीहरुमा हुने खचर्को विल , भरपार्इ तयारी तथा संकलन लेखाव्यवस्थापनको जीम्मेवार वहन गर्न । पालिकाबाट योजनाहलाइ दिनु पर्ने म्याचिङ्ग रकमको लागि पालिका आर्थिक प्रशासन साखासंग समन्वय गरी आवश्यक कागजात तयारीमा उपभोक्ता समितिहरुलाई सहजिकारण गर्ने
- कायर्क्रमको नितजा हासिल गनर्को लागि आफ्नो सुपरिवेक्षकले तोकेको अन्य कार्य गर्ने,
- आवश्यक शैक्षिक योग्यता, अनुभव तथा सम्वन्धित कार्यमा दक्षता
- मान्यता प्राप्त संस्थावाट वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरि कम्तिमा २ वर्षको कार्य अनुभव हुनुपर्नेछ ।
- आधारभुत कम्प्युटर संवन्धि ज्ञान भइ word तथा Excel मा अलि दख्खल भएको हुनुपर्ने ।
- अन्यसमुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिक तथा समावेशीका सवालमा सचेत भएको ।
२. पद: प्राविधिक सहजकर्ता
कार्यक्षेत्र: पालिका क्लस्टर कार्यालय वा कार्यक्रमले तोकिएको पालिका कार्यालय
सुपरिवेक्षक: प्राविधिक निरिक्षक
मुख्य कार्यहरु र जिम्मेवारी:
- पालिकामा सन्चालन हुने विभिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना, वहुउपयोग,लघु सिंचाइ योजना, स्वच्छता तथा पूर्ण सरसफाइ संग सम्वन्धित योजनाहरुका डिजाइन स्टिमेट अनुसार योजना कार्यान्वयन गराइ सोको नियमित सुपरिवेक्षण गर्ने र निर्माण कार्यको गुणस्तर कायम गर्ने ।
- कार्यक्रमको मार्गदर्शन अनुसार समुदाय स्तरमा संचालन गरिने उपभोक्ता समितिका तालिमहरुमा सहजीकरण गर्ने र आवश्यकता अनुसार समुदाय परिचालन गर्ने ।
- कार्य प्रगतीअनुसारको नाँपजाँच (MB) तयार गरी आवश्यक विल तयार गर्न उपभोक्ता समितिलाइ सहजिकरण गर्ने ।
- स्थानीय तह, उपभोक्ता समिति, उपभोक्ता तथा दातृ संस्था सँग समन्वय गरि कार्यक्रम संचालनमा सहजीकरण गर्ने ।
- निर्माण चरणमा नगर तथा गाउँपालिकामा गठित संवद्ध समिति तथा उपभोक्ता समितिहरुलाइ आवश्यकता अनुसार सहयोग गर्ने ।
- पालिकावाट विनीयोजित समपूरक कोष निकासाका लागि आवश्यक सहजिकरण गर्ने ।
- कार्यक्रमको निति अनुसार खानेपानी तथा सरसफाई योजनाहरुको सार्वजनिक सुनुवाइ, समिक्षा तथा लेखापरिक्षण र विभिन्न चरणका अनुगमनमा सहयोग गर्ने ।
- पुराना योजनाहरुको सुचारुपनका लागि नियमित अनुगमन गर्ने ।
- कार्यक्रम संयोजकवा फिल्ड निरिक्षकले आवश्यक ठानेका कार्यक्रमसंग सम्वन्धित अन्य कार्यहरु गर्ने ।
- वाह्य निर्माण सामाग्री खरिदमा सामाग्रीहरुको गुणस्तर कायम गर्न उपभोक्ता समितिहरुलाई सहयोग तथा सहजीकरण गर्ने ।
आवश्यक शैक्षिक योग्यता, अनुभव तथा सम्वन्धित कार्यमा दक्षता
- मान्यता प्राप्त प्राविधिक शिक्षालयवाट सिभिल ईञ्जिनियरिङ विषयमा डिप्लोमा पास गरी कम्तिमा १ वर्ष खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्य अनुभव भएको वा सव-ओभरसियर पास गरी कम्तिमा ३ वर्ष खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्य अनुभव भएको वा खा.पा.स.टे.को तालिम लिई कम्तीमा ७ वर्ष खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्य अनुभव भएको
- सर्भे उपकरणहरु (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने ।
अन्य
- समुदाय , उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिताप्रदर्शन गर्न सक्षम र लैंङ्गिग तथा समावेशीका सवालमा सचेत भएको ।
दरखास्त दिने विधि:
आवेदन र ब्यक्तिगत बिवरण सहित vacancy.hurendec@gmail.com ईमेल ठेगानामा यो सुचना प्रकाशित भएको मितिले ९ दिन भित्र (२०७९ चैत्र ६ गते सोमवार सांझ ५:०० बजेसम्म) दरखास्त दिन सकिनेछ । यसरी दरखास्त दिदा बायोडाटामा सन्दर्भ व्यक्तिहरुको (Reference) नाम, सम्पर्क नम्बर, आफ्नो इमेल र सम्पर्क नं. समावेश गर्नुपर्नेछ । म्याद नाघी आएका निवेदनहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन्र भर्ना समितिले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । कार्यक्रमले सकारात्मक बिभेदिकरण नीति अवलम्बन गर्ने भएकोले महिला, दलित, जनजाति, सीमान्तकृत तथा स्थानीयलाई प्राथमिकता दिईनेछ ।
Job Overview
Category | Accounting and Finance, Development and Project |
Openings | 2 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 12 Mar, 2023 |
Apply Before | 20 Mar, 2023 |
City |