खाद्यान्न,तरकारी,फलफुल तथा ट्वाईलेटरिज सम्बन्धि बोलपत्र आह्वान गरिएको सूचना

Maiti Nepal

Maiti Nepal, like any other Non-Government Organization (NGO) in Nepal, operates through a general agreement with Social Welfare Council, Government of Nepal that allows it to implement programs to prevent human trafficking by reaching out to the community, particularly children and women, by raising the awareness level of communities and extending life skills so that children and women are not trafficked into different forms of abuse including exploitation.

Details / requirements:

खाद्यान्न,तरकारी,फलफुल तथा ट्वाईलेटरिज सम्बन्धि बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८३/०२/१८)

यस संस्थालाई आ.व ०८३।०८४को लागि आवश्यक पर्ने खाद्यान्न, तरकारी, फलफुल तथा ट्वाईलेटरिज सामाग्रीहरू उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनिबाट शिलबन्दी बोलपत्रको माध्यमबाट आपूर्ति गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र यस संस्थाको कार्यालयमा रु.१०००/– (फिर्ता नहुने गरि) नगदै बुझाई फारम खरिद गरि २०८३।०।१६ गते दिनको ४:०० बजे भित्र यस संस्थाको कार्यालयमा बुझाउन पर्ने छ । रित पूर्वक प्राप्त हुन आएको शिलबन्दी बोलपत्र प्रकाशित भएको अन्तिम मितिको भोलिपल्ट खोलिने छ ।

निवेदनसाथ पेश गर्नुपर्ने कागजातहरू:

  • फर्म वा कम्पनि दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • स्थायी लेखा न. र मुल्य अभिवृदि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
  • आ.व २०८१।८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

शर्तहरू:

  • बोलपत्रसाथ पेश गर्नुपर्ने र पालना गर्नु कुराहरू बोलपत्र फारममा उल्लेख गरिने छ । सोही अनुसार बोलपत्र फारम पेश गर्नुपर्नेछ ।
  • बोलपत्र पेश गर्दा खामको बाहिर यस संस्थाको नाम सम्बोधन गरि बोलपत्रको विवरण, तथा टेण्डर नं. खुलाई शिलबन्दी गरी पेश गर्नुपर्दछ ।
  • रित नपुगेको र म्याद नाघी पेश हुन आएको निवेदनलाई मान्यता दिइने छैन ।
  • बोलपत्रदाताले आफुले कबुल गरेको प्रत्येक सामाग्रीहरूको मु.अ कर बाहेकको दररेटलाई अंक र अक्षर दुवैमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा लेखेको दररेट फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ ।
  • प्राप्त निवेदनहरू स्वीकार गर्ने वा नगर्ने अधिकार यस संस्थामा निहित रहनेछ ।
  • सम्पर्कको लागि फोन वा फ्याक्स न. अनिवार्यरुपले निवेदनमा उल्लेख गर्नुपर्छ ।
  • पूर्ण बोलपत्रलाई मात्र आधिकारिक मान्यता दिइनेछ ।

थप जानकारीका लागीः admin@maitinepal.org मा पनि email सकिनेछ ।

माइती नेपाल

केन्द्रीय कार्यालय

गौशाला,काठमाण्डौं

फोन नं ४५९४८१६

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 01 Jun, 2026
Apply Before 30 Jun, 2026
City Kathmandu