खानेपानी तथा सरसफाइ योजनाको निर्माण सामाग्री खरिदका लागि शिलबन्दी बोलपत्र आह्वान

SOSEC Nepal

Details / requirements:

सोसेक नेपाल

खानेपानी तथा सरसफाइ योजनाको निर्माण सामाग्री खरिदका लागि

शिलबन्दी बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित सूचना मिति: २०८३/०१/१५ गते

सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तुहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता विरुद्ध (सामाजिक न्याय), (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) जिवन उपयोगि तथा समावेशी शिक्षा र (च) बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

खानेपानी सरसफाई तथा स्वच्छता पूर्णलाभ कार्यक्रम, ईस्लामीक रिलिफ नेपालको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था सोसेक नेपाल, दैलेखको सहजीकरणमा नलगाड नगरपालिका जाजरकोट खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले सिलवन्दी बोलपत्रमा उल्लेख गरिएको शर्तहरू र सामाग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरू सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिबाट बोलपत्र (Sealed Tender) पेश गर्नको लागि सूचित  गरिन्छ । यो सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिन (मिति २०८३ बैशाख ३० गते दिउँसो १ बजेभित्र सोसेक नेपाल, केन्द्रिय कार्यालय, नारायण नगरपालिका १, दैलेख, शिलबन्दी बोलपत्र सहित निबेदन साथ आफ्नो फर्म वा कम्पनीको दर्ता तथा नबिकरण प्रमाणपत्र सहित सम्पूर्ण आवश्यक कागजात बुझाउनु हुन अनुरोध गरिन्छ । शिलबन्दी बोलपत्र को कागजात (Tender Document), सोसेक नेपालको बालसंरक्षण नीति, सुरक्षा नीति तथा स्व:घोषणाको कागजात यो लिंक (Tender Submission Document) बाट डाउनलोड गर्न सकिनेछ ।

संयोजक

सोसेक नेपाल 

खरिद समिति

फोन: ०८९ ४१०१८७/४१००९६

Website: www.sosec.org.np