कोटेशन आह्वानको सूचना !
Details / requirements:
सूचना प्रकाशन मिति २०८३।०६।१६
CARE Nepal संगको सहकार्यमा दलित सामाजिक विकास केन्द्र (DSDC), कपिलवस्तुद्वारा शुद्धोधन गाउँपालिका वडा नं. ४ र ६ मा SAMBRIDDHI Project सञ्चालन भइरहेको छ। परियोजनाअन्तर्गत लक्षित किशोरी तथा महिलाहरूलाई आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा दिगो आयआर्जनका अवसरमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले बाख्रा पालन व्यवसाय प्रवर्द्धन गर्न बाख्रा खरिद गरी लाभग्राहीहरूलाई उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा तोकिएको मापदण्डअनुसार बाख्रा आपूर्ति गर्न इच्छुक योग्य आपूर्तिकर्ता/फर्मबाट प्रस्ताव तथा दररेट माग गरिएको छ।
निवेदन/प्रस्ताव पेश गर्नु पर्ने अवधिः मिति २०८३।०६।१६ गतेदेखि २०८३।०६।२२ गतेसम्म (जम्मा ७ दिन)
कार्य स्थानः दलित सामाजिक विकास केन्द्र क.व.न.पा.५ डँगरी कपिलवस्तु
उद्देश्य :
- परियोजनाका लक्षित किशोरी तथा महिलाहरूलाई आयआर्जन तथा व्यवसायिक उद्यमका रूपमा बाख्रा पालन सुरु गर्न सहयोग पुर्याउने।
- स्थानीय वातावरणमा अनुकूलित, स्वस्थ, उत्पादनशील तथा गुणस्तरीय बाख्रा खरिद गरी लाभग्राहीलाई उपलब्ध गराउने।
- बाख्रा पालनमार्फत लक्षित परिवारको आयआर्जन तथा आर्थिक सशक्तीकरणमा सहयोग पुर्याउने।
पेश गर्नु पर्ने विवरण र कागजातहरुः
- इच्छुक आपूर्तिकर्ता/फर्मले निम्न कागजातहरू प्रस्तावसाथ पेश गर्नुपर्नेछ।
- फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि।
- PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि।
- कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।
- बाख्रा आपूर्ति सम्बन्धी अनुभव भए सोको प्रमाण/विवरण।
- बाख्राको जात, उमेर, तौल, स्वास्थ्य अवस्था तथा खोपसम्बन्धी विवरण।
- विस्तृत दररेट/Quotation।
- आपूर्ति गर्न सकिने बाख्राको संख्या तथा उपलब्धताको विवरण।
- फर्मको सम्पर्क विवरण।
- बाख्रा आपूर्ति कार्य सम्पन्न गर्न सक्ने क्षमतासहितको संक्षिप्त प्रस्तावना।
- संस्थाले आवश्यक ठानेका अन्य सम्बन्धित कागजातहरू।
- स्थानीय वातावरणमा अनुकूलित प्रर्ति के.जी वापत लाग्ने खर्चको विस्तृत विवरण उल्लेख गर्नु पर्ने ।
LINK: Goat Purchese TOR.pdf
निवेदन पेश गर्नु पर्ने स्थानः दलित सामाजिक विकास केन्द्र क.व.न.पा.५ डँगरी कपिलवस्तु वा प्रस्ताव/दररेट तथा आवश्यक सम्पूर्ण कागजातहरू दलित सामाजिक विकास केन्द्र (DSDC), कपिलवस्तुको कार्यालयमा वा इमेलमार्फत पेश गर्न सकिनेछ।
इमेल: purchase.dsdc@gmail.com
विस्तृत TOR/जानकारी: dsdc2061@gmail.com
वेबसाइट: dsdc.org.np
सम्पर्क नं.: ९८५७०५११५८, ९८०१९४२६६२
नोटः सम्पूर्ण खरिद तथा छनोटसम्बन्धी निर्णय प्रक्रिया संस्थामा निहित हुनेछ। संस्थाले आवश्यकताअनुसार कुनै वा सबै प्रस्ताव स्वीकृत/अस्वीकृत गर्न सक्नेछ।
खरिद तथा व्यवस्थापन उपसमिति
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 04 Oct, 2026 |
| Apply Before | 08 Oct, 2026 |
| City | Kapilvastu |