कृषि यन्त्र तथा उपकरणहरू खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
Details / requirements:
कृषि यन्त्र तथा उपकरणहरू खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
शिलबन्दी दर भाउ पत्र नं. ०१–२०८२/२०८३
प्रथम पटक सूचना प्रकाशित भएको मिती: २०८२/५/११
महिला साना किसान कृषि सहकारी संस्था लि.सबैला न.पा.–९,सत्तोषर,धनुषाले GGGI द्धारा संचालित Climate Smart Agriculture (CSA) परियोजनाअन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागि यस सहकारी संस्था र GGGI कोसंयुक्त लगानिमा Agriculture Custom Hiring Center सुरुवात तथा स्तरोन्नती गर्नको लागि आवश्यक कृषि मेसिनरी तथा उपकरणहरू खरिद गर्नु पर्ने छ ।
उल्लेखित परियोजना अन्तर्गत Agriculture Custom Hiring Center को लागि तपसिल अनुसारका कृषि मेसिनरी तथा उपकरणहरू आपुर्तिको लागि शिलबन्दी दर भाउ पत्र आह्वान गरिन्छ । साथै देशैभरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता, आपुर्तिकर्ता तथा बितरकहरूबाट यो सुचना प्रकाशन भएको मितीले २१ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यलय समय भित्र गोप्य शिलबन्दी दरभाउ पेश गर्नु हुन वा ईमेल ठेगाना sfaclsatoshar123@gmail.com पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
आपुर्ति गरिने सामग्रिहरूको बिवरणः–
लिङ्कः https://drive.google.com/drive/folders/18WUu-1BcH4NspyHO_LSJOqyHRF_rK-r3?usp=sharing
तपसिलः–
१. माथि उल्लेखित मेसिनरी तथा उपकरणहरू एकमुष्टवा छुट्टा छुट्टै खरिद गर्न सकिनेछ। ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले आफुसँग उपलब्धमेसिनरी तथा उपकरणहरू मात्रको लागि पनि शिलबनदी दरभाउ पेश गर्न सकिनेछ ।गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्चप्राथमिकता दिईनेछ ।
२. विक्रेतालाई भुक्तानीगर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्रभुक्तानी गरिने छ ।
३. उपरोक्त कारोबार भदौ ११ देखि मंसिर ३१ गते, २०८२ सम्म संचालन गरिनेछ ।
४. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले संस्थाको कार्यलयमा उपस्थित भई वा( माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्त गर्न सकिने छ । यो सुचना प्रकाशन भएको मितीले २१ दिन भित्र यस सहकारी संस्थाको कार्यलयमा दरभाउ उल्लेखित गरि पेश गर्न सकिनेछ –अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा पेश गर्न सकिनेछ)।
५. शिलबन्दी दरभाउ पत्र पेश गर्दा नविकरण भएको ईजाजत पत्र,आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि( आ.व. २०८१/२०८२ वा म्याद थपको पत्र सहित२०८०/२०८१ को करचुक्ता ) पेश गर्नु पर्ने छ ।
६. शिलबन्दी दर भाउ पेश गर्ने सप्लायर्स/कम्पनी/फर्महरूरुले दर्ता शुल्क वापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मा गरि, जम्मा गरेको भौचर शिलबन्दी दरभाउ सँग पेश गर्नु पर्नेछ ।
७. बोलपत्र फारममा उल्लेखित प्रत्येक मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ ।अंक अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
८. कार्यालयमा प्राप्तहुने बोलपत्र फाराम खामबन्द गरि लाहा छापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोल पत्र दर्ता गर्न बाध्य हुने छैन ।
९. पेश गरिएका बोलपत्रहरु मिती २०८२ असोज १ गते १ बजे सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्र दाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ ।तोकिएको दिनमा बोलपत्र दाता वा प्रतिनिधी अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्न कुनै बाधा पर्नेछैन । तर सो दिन सार्वजानिक बिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन शिलबन्दी दरभाउ खोलिने छ ।
१०. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
११. अन्य शर्तहरू महिला साना किसान कृषि सहकारी संस्था लि.को खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलीत कानुन बमोजिम हुनेछ ।निर्णयको सर्वाधिकार महिला साना किसान कृषि सहकारी संस्था लि.मा निहित रहनेछ ।
१२. बोलपत्र दाताले जम्मा प्रस्तावितक बोल रकमको २.५ प्रतिशत एकमुष्ट रकम BID सुरक्षण वापत Bank Guarantee यस कार्यलयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाममा रहेको खाता नं.१००५४०१९९९०९००२७ को बैंकको नाम कृषि विकास बैंक लि.मा दाखिला गरि जम्मा गरेको बैक भौचर वा सुरक्षण वापतको Bank Guarantee पत्र शिलबन्दी बोलपत्र सँगै पेश गर्नु पर्ने छ ।
१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्त गर्न सकिने छ ।
बोलपत्रपेशगर्ने र खोलिने ठेगाना
महिला साना किसान कृषि सहकारी संस्था लि., मधेशप्रदेश
सबैला न.पा.–९,सत्तोषर,धनुषा
ईमेलः sfaclsatoshar123@gmail.com
अध्यक्ष :– सुनिता देवी शर्मा
संस्था प्रबन्धक :– संतोष कुमार राम
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Posted Date | 27 Aug, 2025 |
Apply Before | 16 Sep, 2025 |
City | Dhanusha |