कृषि यन्त्र तथा उपकरणहरू खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना
Details / requirements:
महिला साना किसान कृषि सहकारी संस्था लि.
औरही गा.पा.५ चक्कर, धनुषा
कृषि यन्त्र तथा उपकरणहरू खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना
शिलबनदी दरभाउँपत्र नं. ०१–२०८२/२०८३
प्रथम पटक सुचना प्रकाशित भएको मिती : २०८२/०५/१२
महिला साना किसान कृषि सहकारी संस्था लि. औरही गा.पा.–५ चक्कर ,धनुषाले GGGI द्धारा संचालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागि Agriculture Custom Hiring Center सुरुवात तथा स्तरोन्नती गर्नको लागि आवश्यक कृषि मेसिनरी तथा उपकरणहरू खरिद गर्नु पर्ने छ ।
उल्लेखित परियोजना अन्तर्गत Agriculture Custom Hiring Center को लागि तपसिल अनुसारका कृषि मेसिनरी तथा उपकरणहरू आपुर्तिको लागि शिलबन्दी दरभाउ पत्र आह्वान गरिन्छ । साथै देशैभरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता,आपुर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितीले ३० दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रहीकार्यलय समय भित्रगोप्य शिलबन्दी दरभाउपेश गर्नु हुन वा ईमेल ठेगाना mahilasanakisanchakkar734@gmail.com मर्फत पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
आपुर्ति गरिने सामग्रिहरुको बिवरणः–
लिङ्कः–https://drive.google.com/drive/folders/1PlRj_8DRBuVRyUCiRdk0tZx6gtZ92b-O?usp=sharing
तपसिलः–
१. माथि उल्लेखित मेसिनरी तथा उपकरणहरू एकमुष्ट वा छुट्टाछुट्टै खरिद गर्न सकिनेछ । ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले आफु सँग उपलब्ध मेसिनरी तथा उपकरणहरू मात्रको लागि पनि शिलबन्दी दरभाउ पेशगर्न सकिनेछ । गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्च प्राथमिकता दिईनेछ ।
२. विक्रेतालाई भुक्तानीगर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ ।
३. उपरोक्त कारोबार भदौ १२ देखि मंसिर १५, २०८२ सम्म संचालन गरिनेछ ।
४. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वाबितरकले संस्थाको कार्यलयमा उपस्थितभई वा( माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्तगर्न सकिने छ । यो सुचना प्रकाशन भएको मितीले ३० दिनभित्र यस सहकारी संस्थाको कार्यलयमा दरभाउ उल्लेखित गरि पेशगर्न सकिने छ –अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा पेशगर्न सकिनेछ)।
५. शिलबन्दी दरभाउपत्र पेश गर्दा नविकरण भएको ईजाजतपत्र,आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र करचुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि(आ.व. २०८१/२०८२ वाम्यादथपको पत्र सहित २०८०/२०८१ को करचुक्ता ) पेश गर्नु पर्ने छ ।
६. शिलबन्दी दरभाउ पेशगर्ने सप्लायर्स/कम्पनी/फर्महरुले दर्ता शुल्कवापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मा गरि,जम्मा गरेको भौचर शिलबन्दी दरभाउसँग पेशगर्नु पर्नेछ ।
७. बोलपत्र फारममा उल्लेखित प्रत्येक मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ ।अंकअक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
८. कार्यालयमा प्राप्त हुने बोलपत्र फाराम खामबन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनुपर्नेछ, अन्यथा उक्त बोलपत्रदर्ता गर्न बाध्यहुने छैन ।
९. पेश गरिएका बोलपत्रहरू मिती २०८२ असोज १० गते १ बजे सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्रदाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ । तोकिएको दिनमा बोलपत्र दाता वा प्रतिनिधी अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्नकुनै बाधापर्ने छैन । तर सो दिन सार्वजानिकबिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन शिलबन्दी दरभाउ खोलिने छ ।
१०. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कार बाहीहुने छैन ।
११. अन्यशर्तहरु महिला साना किसान कृषि सहकारी संस्था लि.औरही गा.पा.५ चक्कर, धनुषाको खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलीत कानुन बमोजिम हुनेछ । निर्णयको सर्वाधिकार महिला साना किसान कृषि सहकारी संस्था लि.औरही गा.पा.५ चक्कर मानिहित रहनेछ ।
१२.बोलपत्रदाताले जम्मा प्रस्तावितक बोल रकमको २.५ प्रतिशत एकमुष्ट रकम BID सुरक्षण वापत Bank Guarantee यस कार्यलयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाम महिला साना किसान कृषि सहकारी संस्था लि.मा रहेको Laxmi Sunrise Bank खाता नं. ०११११०२४११४ मादाखिला गरि जम्मा गरेको बैक भौचर वा सुरक्षण वापतको Bank Guarantee पत्र शिलबन्दी बोलपत्र सँगै पेश गर्नु पर्ने छ।
१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्तगर्न सकिने छ ।
बोलपत्र पेश गर्ने र खोलिने ठेगाना
महिला साना किसान कृषि सहकारी संस्था लि.,
औरही गा.पा.–५ चक्कर,धनुषा मधेश प्रदेश
ईमेलः mahilasanakisanchakkar734@gmail.com
सम्पर्क: ९८२४८४१०६०
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 28 Aug, 2025 |
Apply Before | 26 Sep, 2025 |
City | Janakpur |