कृषि प्राविधिक / लेखापाल
Details / requirements:
ग्रामीण आपसी विकास, निलकण्ठ–३, धादिङ
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
सूचना प्रकाशन मिति २०८३/०७/३०
धादिङ जिल्लामा ऊर्जा, जिविकोपार्जन सुधार, कृषि, खाद्य सुरक्षा, पोषण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, वातावरण, विपद् व्यवस्थापनका क्षेत्रमा विगत १९ वर्ष देखि काम गर्दै आइरहेको छ । हाल यस संस्थाले उत्तरगया गाउँपालिका रसुवा, किस्पाङ गाउँपालिका नुवाकोट र खनियाबास गाउँपालिका धादिङ र हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालको साझेदारीमा “आपुर्ति श्रृँखला परियोजना” सञ्चालनका लागि तल उल्लेखित पदहरूमा कर्मचारी आवश्यकता परेको हुनाले योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण तथा शैक्षिक योग्यता र अनुभवका प्रमाण पत्रको प्रतिलिपी सहित सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र निवेदन पेश गर्न यो सुचना प्रकाशित गरिएको छ ।
क. पद :– कृषि प्राविधिक
ख. आवश्यक संख्या :– २ जना
ग. न्युनतम योग्यता र कार्यानुभव :
- मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि संकायमा प्रवीणता प्रमाणपत्र तह (Isc Ag) उत्तीर्ण गरी सामुदायिक विकास कार्यक्रम तथा बाख्रा, दूध र तरकारीको मूल्य शृङ्खलामा कम्तीमा ३ वर्षको कार्य अनुभव भएको वा कृषि संकायमा स्नातक (Bsc Ag) उत्तीर्ण गरी कम्तीमा १ वर्षको कार्य अनुभव भएको ।
- कृषि उत्पादन, बाली संरक्षण, माटो व्यवस्थापन, मलखाद व्यवस्थापन, सिँचाइ तथा आधुनिक कृषि प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान भएको।
- तरकारी, मसला बाली तथा अन्य कृषि उपजको उत्पादन, उत्पादकत्व वृद्धि र व्यावसायिक खेती प्रवद्र्धनसम्बन्धी अनुभव भएको।
- कृषक समूह, सहकारी तथा समुदायस्तरमा कृषि तालिम, अभिमुखीकरण र प्राविधिक सेवा प्रदान गर्न सक्ने क्षमता भएको।
- कृषि मूल्य शृङ्खला विकास, बजार सम्बन्ध, कृषि उपजको संकलन, भण्डारण, प्रशोधन तथा बजारीकरण सम्बन्धी ज्ञान भएको।
- कृषकहरूको आवश्यकता पहिचान, कृषि व्यवसाय योजना निर्माण तथा कृषि उद्यमशीलता प्रवद्र्धनसम्बन्धी ज्ञान र सीप भएको।
- कृषि तथ्याङ्क संकलन, अभिलेख व्यवस्थापन, प्रतिवेदन तयारी तथा अनुगमन र मूल्याङ्कन सम्बन्धी आधारभूत ज्ञान भएको।
- स्थानीय तह, कृषि ज्ञान केन्द्र, कृषि सेवा केन्द्र, सहकारी तथा अन्य सरोकारवालाहरूसँग समन्वय गरी कार्य गर्न सक्ने क्षमता भएको।
- समुदायमा आधारित कार्यक्रम सञ्चालन, कृषक परिचालन तथा सहभागितामूलक योजना निर्माणसम्बन्धी अनुभव भएको।
- कम्प्युटरको आधारभूत ज्ञान (MS Word, Excel, PowerPoint, Email) भएको।
- फिल्डमा नियमित रूपमा खटिन, दुर्गम क्षेत्रमा यात्रा गर्न तथा आवश्यकता अनुसार कार्यस्थलमा रही काम गर्न इच्छुक भएको।
- सवारी चालक अनुमतिपत्र (दुई पाङ्ग्रे सवारी) भएकोलाई प्राथमिकता दिइनेछ।
क. पद :– लेखापाल
ख. आवश्यक संख्या :– १ जना
ग. न्युनतम योग्यता र कार्यानुभव :
- वाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा २ वर्षको कार्यानुभव भएको ।
- लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्ष ।
- कम्प्युटर (Micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको । लेखा सफ्टवेर सम्वन्धी अनुभवी ।
- लेखा प्रतिवेदन तयारी, तथ्याङ्क विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
- स्थानीय सरकारको लेखा प्रणाली सम्बन्धि अनुभव र ज्ञान सीप भएको ।
- बजेट निकासा तथा फछ्यौटका लागि स्थानीय सरकारको लेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको ।
- नियमित तथा आवश्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण तथा पालिकासँग समन्वय र सम्पर्क राख्न सक्ने ।
२. सेवा सुविधा : संस्था वा परियोजनाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तिम मिति : सूचना प्रकासन भएको मितिले ७ दिन सम्म (अन्तीम दिन सार्बजनीक बिदा परेमा त्यसको भोलिपल्ट) कार्यालय समय भित्र ।
४. परियोजनाको अवधी : मार्च २०२७ सम्म ।
५. परीक्षाको किसिम : अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
६. आवश्यक कागजातहरू : कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, हालसालैको व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धित विषयको कार्यानुभव पत्र, हालसालैको पासपोर्ट साईजको फोटो दुई प्रति र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी स्क्यान गरी वा फोटोकपी गरेर ग्रामीण आपसी विकास धादिङको ईमेलः info@rmd.org.np वा संस्थाको कार्यालय नीलकण्ठ ३, बिचबजार, धादिङमा दरखास्त बुझाउनु पर्नेछ ।
नोट : छनौट सूचि (Short list) मा परेका उम्मेद्वारहरुलाई मात्र अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
Overview
| Category | Agriculture, Development Project, Finance & Administration |
| Openings | 3 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 16 Nov, 2026 |
| Apply Before | 22 Nov, 2026 |
| City | Dhading |