कार्यकारी निर्देशक (Executive Director)

Protection Nepal

Details / requirements:

कर्मचारी पदपूर्ति सम्बन्धि सुचना

सुचना न: PN/VN/०४ /०८०/०८१

प्रथम पटक सुचना प्रकाशन मिति: २०८०/०८/२० 

संरक्षण नेपाल सन २००२ मा स्थापना भएको एक गैरराजनीतिक, धर्मनिरपेक्ष र गैर नाफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्लाको कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरुको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरु काम गर्दै आएको एक अग्रणी संस्था हो । यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र बालबालिका, युवा, महिला समेतको लागि विभिन्न दातृ निकायहरुको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरुको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ । यसै अनुरुप संरक्षण नेपालले किशोर किशोरी प्रजन्न स्वास्थ्य (ARH) परियोजना, बालश्रम शोषण रोकथाम: स्थानगमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण (PCLE:MT) परियोजना  र बाल हेल्पलाईन सेवा १०९८ नेपाल लगायतका कार्यक्रम बारा जिल्ला तथा मधेश प्रदेशको जिल्लाहरुमा संचालन भईरहेको छ । संस्थाबाट संचालित सबै कार्यक्रमहरुको प्रभावकारी संचालन, व्यवस्थापन र अनुगमनको लागि कार्यकारी निर्देशक पदको लागि दरखास्त आह्वान गरिएको छ ।

क्र.स

पद

संख्या

योग्यता

योग्यता, अनुभव र सिप 

कार्यकारी निर्देशक  (आंशिक समय)

स्नातकोत्तर वा 

सो सरह

परियोजना निर्माण, सञ्चालन, व्यवस्थापन, सञ्जालीकरण, प्रतिवेदन तयारी, दातृ एवं सरकारी निकायसँगको सम्बन्ध निर्माण र व्यवस्थापनका साथै बाल तथा महिला अधिकार, संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासको क्षेत्रमा कम्तिमा ५ वर्षको कार्य अनुभव भएको ।

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु:

  • नेपाली नागरिकताको प्रमाण पत्र
  • शैक्षिक प्रमाण पत्रको प्रतिलिपि
  • यस भन्दा अघि काम गरेको अनुभव (Experience letter)
  • अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (ऋख् ) 
  • आवेदन पत्र सहित हाल सालै खिचेको फोटो 

आवेदन फारम: PN_Job Application Form कार्यालयमा उपस्थित भई वा इमेल vacancy.pnbara@gmail.com मार्फत लिन सकिनेछ ।

आवेदकको उमेर: ३० वर्ष पुरा भई ५० वर्ष ननाघेको हुनु पर्नेछ । स्थानीय उम्मेदवारलाई विशेष ग्राह्यता दिईनेछ ।

आवेदकले गर्नु पर्ने कार्य: बिस्तृत कार्य विवरण JDs of Executive Director मा उल्लेखित कार्य गर्नु पर्ने ।

मासिक तलब: संस्थाको नियमानुसार हुनेछ । 

छनौटको प्रकृया: प्रारम्भिक छनौटमा परेको उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखित छनौट प्रकियामा समावेश गराइनेछ । लिखित तथा मौखिक परिक्षाको लागि परिक्षा हुने मिति, स्थान र समयमा सूचना वा फोन मार्फत जानकारी गराईनेछ ।

आवेदन गर्ने प्रकृया:

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम वा प्रतिनिधि उपस्थित भई/हुलाक/ईमेल vacancy.pnbara@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल  दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ ।

दरखास्त दिने अन्तिम मिति: २०८०/०९/०४ गतेका बेलुका ०५:०० बजे सम्म रहेको छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजेसम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा तल उल्लेखित इमेल वा फोन नं.मा सम्पर्क गर्न सक्नु हुनेछ ।

p7CG6aJHZRgAAAAASUVORK5CYII=

आवेदन दिने ठेगाना:

संरक्षण नेपाल

कलैया, बारा

फोन नः ०५३-५५०६०५/ ५९०३१८

Overview

Category Administrative / Management, Development and Project, Development / Administrative, Development / NGO
Openings 1
Position Type Full Time
Experience 5+ years
Education Post Graduate / Masters in related field.
Posted Date 06 Dec, 2023
Apply Before 20 Dec, 2023
City Bara