कार्यकारी निर्देशक

Benighat Rorang Rural Municipality

Details / requirements:

कार्यकारी निर्देशक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः- २०७९।०४।२९)

बेनिघाट रोराङ गाउँपालिका भित्रका खानेपानी आयोजनाहरुको दिगो व्यवस्थापन गर्ने गराउने प्रयोजनका लागि गाउँपालिकामा ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड ऐन २०७८ अन्तर्गत बेनिघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड गठन  भएको छ। उक्त बोर्डका कार्यक्रमहरु कार्यनवयनका लागि देहाय बमोजिमको कर्मचारी करारमा भर्ना गर्न आवश्यक रहेकाले योग्य नेपाली नागरीकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र रीतपूर्वकको दरखास्त आव्हान गरिन्छ। 

१. विज्ञापन नं. ०४-२०७९।८०

२. पदः कार्यकारी निर्देशक

३. योग्यताः- व्यवश्थापन, मानवीकी वा सिभिल इन्जिनियरिङ संकायमा स्नातक तह उत्तिर्ण।

४. अनुभवः-

  • खानेपानी सरसफाई र स्वच्छता (WASH), खानेपानी व्यवश्थापन र सुशासन सम्बन्धी प्राविधिक ज्ञान भएको।
  • खानेपानी योजना तथा सहकारी वा समुदायमा आधारीत संस्थाहरुको व्यवसायिक योजना तर्जुमा तथा कार्यनवयनमा अनुभव भएको।
  • खानेपानी योजनाको महशुल निर्धारण प्रकृयाको अनुभव भएको।
  • कुशल नेतृत्व तथा कुशल व्यवस्थापकिय क्षमता भएको र आफ्नै पहलमा कार्यहरु सम्पादन गर्ने क्षमता भएको।
  • योजना तयारी समन्वय र प्रतिवेदन लेखनमा राम्रो दख्खल भएको।
  • नेपाली र अंग्रेजी दुवैमा राम्रो संचार कौशल भएको।
  • कम्प्युटर अफिस प्याकेज (वर्ड, एक्सेल, पावरप्वइन्ट, इमेल, इन्टरनेट आदि) मा निपुण भएको।
  • लैङ्गिक र सामजिक समावेशीकरणका साथै लैङ्गिक संवेदनशील कार्यमा प्रतिवद्ध।
  • हाल कुनै पनि राजनैतिक पार्टिको पद धारण नगरेको।
  • महिला तथा स्थानिय उम्मेदवारलाई अवेदन दिन प्रोत्साहित गरिन्छ।
  • दुई पांग्रे सवारी चालक अनुमति पत्र भएको।
  • कुनै पनि खानेपानी व्यवस्थापन बोर्डमा कार्यानुभव भएकोलाई विशेष ग्राह्यता दिइने छ। सम्बन्धित क्षेत्रमा अनुभव वापत प्रतिवर्ष २ अंकका दरले बढिमा १० अंक प्रदान गरिने छ।

५. सेवा सुविधाः-

नेपाल सरकारको प्रदेश तथा स्थानीय तहको (अधिकृत छैठौँ) प्रचलित स्केल रहनेगरी ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले निर्धारण गरी तोकिदिए बमोजिम हुने छ ।

६. दरखास्त पेश गर्ने ठेगानाः- बेनिघाट रोराङ गाउँपालिका, विशालटार, धादिङ।

. दरखास्त दिने अन्तिम मितिः- २०७९।०५।१२ गते ।

८. आवेदनको दस्तुरः- रु. १०००।- (एक हजार मात्र)

९. उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर महिला को हकमा ४० वर्ष ननाघेको ।

नोटः छनौट प्रकृयामा सफल उम्मेदवारहरुलाई शुरुमा ६ महिनाको परिक्षणकालमा राखिनेछ।६ महिनाको परिक्षणकालको कार्यसम्पादन मूल्याङ्कन पश्चात बाँकी अवधिका लागि नियुक्ति गरिने छ।

Phone No.: 010416000, Mail: ito.benighatrorangmun@gmail.comWeb: benighatrorangmun.gov.np

Overview

Category Administrative / Management
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 16 Aug, 2022
Apply Before 28 Aug, 2022
City Other - Specify